Friday, November 7, 2008

क्या मज्जा हुन्थ्यो
जिन्दगी
नातिको होमवर्क भइदिएको भए
क्या मज्जा हुन्थ्यो
लेख्दैमेट्‍दै, लेख्दैमेट्‍दै
नमिलेको मिलाउँदै सच्याउँदै
‘भेरी गुड’ जिउन पाइन्थ्यो ।
क्या मज्जा हुन्थ्यो
नजानेको पाठ
नसुल्भिmएको गुथ्थी
घरभरका सबै मिलेर मिलाइदिन्थे
आपूm साखुल्ले बनेर मिसलार्इ देखाउन पाइन्थ्यो ।
स्याब्बासी खाइन्थ्यो
क्या मज्जा हुन्थ्यो
इरेजरले मेटेर नमिलेका जति
पेmरि लेख्नु हुन्थ्यो ।
इरेजर खोज्दा नभेटे थुकैले मेटे पनि हुन्थ्यो ।
राम्रो भएन भने पानै च्यातेर लुकाए पनि हुन्थ्यो ।
गल्ती भए नै पनि सबै हाँस्थे
आपूm बाबालार्इ दोष्ा दिएरसाखुल्ले हुन पाइन्थ्यो ।
क्या मज्जा हुन्थ्यो
जिन्दगी नातिको होमवर्क भइदिएको भए
क्या मज्जा हुन्थ्यो

2 comments:

  1. Yes, very perfect. Though it is a poem but i got lot of sense from it, specially for the present situation of our country. you privately speak to the public voice.
    Well done.

    ReplyDelete
  2. गोविन्दजी, तपाँई भित्रको कवी यो ब्लग मार्फत भेट्न पाउँदा "क्या मज्जा" लाग्यो । अनि तपाँईले दैनिकी मार्फत फेरि आफ्नो कलम दौडाउन लागेको खबरले पनि साह्रै खुशी छु । चौतर्फी बधाई छ !

    ReplyDelete