Sunday, June 7, 2009

जोखिममा ज्यान..

.


गोंगबुबाट रानीबारी, लाजिम्पाट हुँदै लैनचौर पुग्दासम्म पनि सोमबारको बन्द निकै चर्को भएको थाहा पाइसकेको थिएँ । पहिलेका बन्दहरूमा मोटरसाइकल, सफा टेम्पो, साइकल र रिक्सा चल्थे । लाजिम्पाटदेखि उता बन्द समर्थकहरूको झुण्ड देखिन थालेको थियो । लैनचौर चौबाटोमा पुग्दा दुई जना बालक साइकल लिएर आए । बन्दमा काठमाडौंका बालबालिका रमाउँछन् होला । एक त, आफूभन्दा गरुंगो भारी बोकेर विद्यालय जान नपर्ने, अर्को सडकमा ढुक्क भएर खेल्न पाइने । काठमाडौंमा भित्री भागमात्र हैन नयाँ बस्तीहरूमा पनि खेल्ने ठाउँ छैनन् । यसैले सडक नै उनीहरूको खेल मैदान हो । साइकल चलाउँदै आएका बालकलाई बन्द समर्थक किशोरहरूले देखे । रोके र साइकलको हावा खुस्काई दिए । बालकहरू रुनमात्र सकेनन् । एउटा उद्दण्ड किशोरले त साइकलमा एक लात हान्यो पनि । साइकलको पांग्राभित्रका डण्डीहरू बाँगिए । बालकहरू साइकल डोर्‍याएर बाटो लागे । भनुन् पनि कसलाई ? घरमा भने उल्टै किन गएको त बन्दका दिन साइकल लिएर भन्ने गाली खाइन्छ । यस्ता बालक धेरैजसो बदलाको भाव लिएर हुर्कन्छन् रे । ठूलो भएपछि क्रुर र हिंस्रक हुन्छन् रे ।


बालकहरू बाटो लागेपछि क्यामरा नल्याएकोमा थकथक मान्दै म पनि अगाडि बढेँ । ती बालकका ठाउँमा अपांगता भएका हि्वलचेयर प्रयोगकर्ता भएको भए के हुन्थ्यो भन्ने लाग्यो । विचारै नगरी तिनको हि्वलचेयरको हावा खुस्काइदिन बेर थिएन । त्यस अवस्थामा कति सास्ती हुन्थ्यो होला ? अनि मैले आफैलाई त्यस्तो भएको भए के हुन्थ्यो भनेर कल्पना गर्न थालेँ । पहिलो त, म बसेको ठाज़बाट हि्वलचेयर लिएर ठमेल, लाजिम्पाट, कान्ति अस्पताल वा नारायण गोपाल चोक कतै पनि हि्वलचेयरमा निस्कन सकिएला जस्तो लाग्दैन । कारण कुनै पनि बाटो बनाउादा हि्वल चियरमा हिँड्ने पनि हुन्छन् भन्ने सोचिएजस्तो देखिँदैन । अर्को, बन्दको उपद्रोलाई अपवाद मान्ने हो भने पनि सबारी चलाउनेहरू र सडकको हेरचाह गर्नेहरू कोही पनि अपांगता भएकाहरूको आवश्यकताप्रति संवेदनशील छैनन् । यस्तै संवेदनहीनता नीति निर्माता, कार्यक्रम कार्यान्वयनकर्ता, सञ्चारकर्मी र व्यापक जनसमुदायमा छ । यसैले अपांगता हुनेहरूलाई अपांगताले भन्दा समाजको मानसिकता र भौतिक संरचनाले बढी अशक्त बनाएको छ ।


पैदल हिँड्दै जाँदा मैले हि्वलचियरमा हिँड्नेलाई लाजिम्पाटबाट नागरिक दैनिकको कार्यालयसम्म पुग्दा कति अप्ठेरो पर्ने रहेछ भनेर विचार गर्न थालेँ ।- डर देखाएर, विध्वंश गरेर जबर्जस्ती गराइने बन्द जनसमर्थनको हैन राज्यको निरिहताको मापक हो । बन्द आयोजकहरूले पनि नबुझेका हैनन् होला । बुझ पचाएपछि के गर्ने? ) सडकका पेटीहरू हि्वलचियर हिाडाउन मिल्ने गरेर बनाइएका छैनन् । भित्री सहरमा त पेटी नै छैनन् । यसैले मोटरहरूसागै मिसिएर हिँड्नै पर्‍यो । मोटर साइकल र माइक्रोबस चलाउने अधिकांशले सबारी नियम उल्लंघन गरिरहेका हुन्छन् । उछिनापाछिनका क्रममा उनीहरूले सबारी घुइँक्याउदा हि्वलचियरमा हिँड्नेको मन कति डराउँछ होला? भूपिले लेखेजस्तै 'मृत्य' नजिकैबाट घुइँकिएर गयो' उनीहरूले सधैँ भोग्छन् ।


( यस्तो अनुभूति मैले पनि एक पटक गरेको छु । जापान अध्ययन कार्यक्रममा गएका बेला आओमोरी प्रान्तको सानो सहर किजुकुरीमा हि्वलचेयर मेलामा भाग लिएको थिएँ । म पाहुनाका रूपमा सहभागी भएको थिएँ भने सहरमा मेयर, प्रशासक, सहकारीका अध्यक्षलायत स्थानीय गण्यमान्यले पनि भाग लिएका थिए । हि्वलचियर प्रयोगकर्ताका समस्या र सास्तीका बारेमा संवेदना जगाउन मेला आयोजना गरिएको थियो । व्यस्त सहरको मध्य भागसम्म हि्वलचेयरमा जानुपथ्र्यो । मोटरहरू आइरहेका छन् । हुनत, हर्न कसैले बजाउँदैन थियो तैपनि डर लागिरहने । कतै पछाडिको गाडीले ठक्कर दिने पो हो कि? अनि बाटो सजिलो थियो । सडक पार गर्ने सजिला ठाउा बनाइएको थियो । चौबाटाहरूमा सडक पार गर्न ध्वनि र प्रकाश दुवै प्रकारका संकेत थिए । कान नसुन्नेका लागि बत्तीले जनाउ दिन्थ्यो भने आँखा नदेख्नेले एक प्रकारको संगीत सुनेर बाटो काट्न हुने थाहा पाउँथे । करिब एक घन्टा लामो त्यो यात्रा निकै रोमाञ्चक, भयावह र शिक्षाप्रद रÞयो । जापानीहरू ट्राफिक नियम राम्रै पालन गर्छन् भन्ने थाहा पाउँदा पाउँदै पनि मलाई लाग्नु अत्यास लागेको थियो । काठमाडौंका सडकमा हि्वलचियरमा हिँड्नेलाई कति डर लाग्दो हो ? र कति सास्ती हुँदो हो ?)


लाजिम्पाटबाट कान्तिपथ हुँदै पैदल हिँड्दा केशरमहलको चौबाटोमा बाहेक हि्वलचियरमा हिँडेनेले बाटो काट्ने ठाउँ रहेनछ । जमलबाट मोटरजस्तै घन्टाघरतिर लाग्ने कि सोझै भोटाहिटी तिर लाग्ने ? जता जान खोजे पनि हि्वलचियर सजिलै लैजाने ठाउँ छैन । सबारी चालकको सुविधा र पैदल यात्रीको सुरक्षाका लागि आकासे पुल बनाइएको छ बाटो काट्नका लागि । आकासेपुलमुनि जेब्रा क्रसिङ हुने कुरा पनि भएन । टुँडिखेलको दायाँ बायाँ सडक एकतर्फी छ । कति मुस्किल हुन्छ होला उनीहरूलाई ? केशरमहलपछि त एकैचोटी थापाथलीमा मात्रै पेटी र सडकमा हि्वलचियर ल्याउन सकिने बाटो छ । अर्थात् बीचमा मान्छेले ज्यानको माया मारेर र ट्राफिक नियम मिचेर जहाँबाट मन लाग्यो वा मिल्यो उहीँबाट बाटो काट्नु पर्‍यो । यस्तै विचार गर्दै नागरिक दैनिकको कार्यालय रहेको जेडीए कम्प्लेक्स पुगेँ । त्यहाँ पनि लिफ्ट बन्द थियो । हि्वलचियरमा गएको भए जागिर खान घस्रेर वा अरूको बुइमा जानुपर्थ्र्यो ।


(अपांगता भएका नागरिकका लागि पनि मर्यादित जीवन यापनका लागि सुविधा जुटाउने दायित्व राज्यको हो । यहाँ त, सुविधा थप्नु त परै जाओस् नयाँ भौतिक संरचना निर्माण गर्दा अपांगता हुनेको समस्यालाई उपेक्षा गरिन्छ र उनीहरूको पहुँच कम गरिन्छ । राज्यले गर्ने यही पक्षपात र अन्यायले अपांगता हुनेहरूको अशक्तता बढ्छ । सरकारी संयन्त्रमा रहेका अधिकांश जिम्मेवार व्यक्तिहरू स्रोतको अभाव भएको रेडिमेड उत्तर दोहोर्‍याउँछन् । संवेदनशील हुने हो भने राज्यले धान्नै नसक्ने खर्च लाग्दैन । भत्ता दिएर परनिर्भर बनाउन तयार हुने तर अवरोध हटाएर आत्मनिर्भर हुन नसघाउने अचम्मको सामन्ती मानसिकता छ राज्यका हर्ताकर्तामा ।)


यसो त, पैदल हिँड्ने अरूका लागि पनि राजधानीका सडक सुविधाजनक र सुरक्षित छैनन् पेटीमा पसल हुन्छ । पैदल यात्री सडकमा नहिँडी सुखै पाउँदैनन् । सबारी चालकले नियम र मर्यादा ख्याल राख्दैनन् । हर्नको आवाज सुनिसक्नु हुन्न । सडकमा कुन बेला कता के हुने हो सधैा त्राहीमाम हुनुपर्छ । ट्राफिक प्रहरीले पैदल यात्रुको पीरमर्काको ख्याल गरेको बिरलै भेटिन्छ । जेब्रा क्रसिङको सेतो धर्को धेरैजसो ठाउँमा देखिँदैन । अन्दाज गरेर काट्नुपर्छ । यसैले पैदल यात्रुले मन लागेका ठाउँबाट बाटो काट्छन् र सबारी चालकले जेब्रा क्रसिङ नजिक आइपुगेपछि सबारीको गति बढाउँछन् । विशेषगरी माइक्रोबसको उछिनपाछिन र मोटरसाइकलको हतारले पैदल यात्रुको ज्यान सधैँ जोखिममा हुन्छ । पाका र अशक्तहरूका लागि त बाटो काट्दा ज्यानकै बाजी राख्नुपर्छ । एकाध भलाद्मी सबारी चालकले पैदल हिँड्नेलाई बाटो दिन गाडी रोके भने पछाडिबाट आउनेले सिध्याउला कि भन्ने डर हुन्छ । अधिकांश चालकहरू जेब्रा क्रसिङमा अगाडिको सबारी किन रोकियो भन्ने विचारै नगरी उछिन्न हतार गर्छन् ।
पैदल हिँड्नेको सुविधा र सुरक्षा पनि ट्राफिक प्रहरीको कर्तव्य हो । उनीहरूको तालिममा नै सिकाइँदैन कि कुन्नि अत्यन्त कम मात्र अपांगता भएका र अरू पैदल यात्रुप्रति संवेदनशील भएको देखिन्छ ।


पैदल हिँड्नेलाई तुच्छ जीव ठान्ने सामन्ती मानसिकता राज्यका हर्ताकर्तामा रहुन्जेल स्थिति बदलिने आशा पनि त गर्न सकिन्न । यसैले काठमाडौंका पैदल यात्रुले ज्यान जोखिममा राखेरै हिँड्नु विकल्प छैन । भाग्य बलियो भए गन्तव्यमा अवश्य सकुशल पुगिएला ।

जोखिममा ज्यान...


गोंगबुबाट रानीबारी, लाजिम्पाट हुँदै लैनचौर पुग्दासम्म पनि सोमबारको बन्द निकै चर्को भएको थाहा पाइसकेको थिएँ । पहिलेका बन्दहरूमा मोटरसाइकल, सफा टेम्पो, साइकल र रिक्सा चल्थे । लाजिम्पाटदेखि उता बन्द समर्थकहरूको झुण्ड देखिन थालेको थियो । लैनचौर चौबाटोमा पुग्दा दुई जना बालक साइकल लिएर आए । बन्दमा काठमाडौंका बालबालिका रमाउँछन् होला । एक त, आफूभन्दा गरुंगो भारी बोकेर विद्यालय जान नपर्ने, अर्को सडकमा ढुक्क भएर खेल्न पाइने । काठमाडौंमा भित्री भागमात्र हैन नयाँ बस्तीहरूमा पनि खेल्ने ठाउँ छैनन् । यसैले सडक नै उनीहरूको खेल मैदान हो । साइकल चलाउँदै आएका बालकलाई बन्द समर्थक किशोरहरूले देखे । रोके र साइकलको हावा खुस्काई दिए । बालकहरू रुनमात्र सकेनन् । एउटा उद्दण्ड किशोरले त साइकलमा एक लात हान्यो पनि । साइकलको पांग्राभित्रका डण्डीहरू बाागिए । बालकहरू साइकल डोर्‍याएर बाटो लागे । भनुन् पनि कसलाई ? घरमा भने उल्टै किन गएको त बन्दका दिन साइकल लिएर भन्ने गाली खाइन्छ । यस्ता बालक धेरैजसो बदलाको भाव लिएर हुर्कन्छन् रे । ठूलो भएपछि क्रुर र हिंस्रक हुन्छन् रे ।


बालकहरू बाटो लागेपछि क्यामरा नल्याएकोमा थकथक मान्दै म पनि अगाडि बढेा । ती बालकका ठाउामा अपांगता भएका हि्वलचेयर प्रयोगकर्ता भएको भए के हुन्थ्यो भन्ने लाग्यो । विचारै नगरी तिनको हि्वलचेयरको हावा खुस्काइदिन बेर थिएन । त्यस अवस्थामा कति सास्ती हुन्थ्यो होला ? अनि मैले आपैFmलाई त्यस्तो भएको भए के हुन्थ्यो भनेर कल्पना गर्न थालेा । पहिलो त, म बसेको ठाउाबाट हि्वलचेयर लिएर ठमेल, लाजिम्पाट, कान्ति अस्पताल वा नारायण गोपाल चोक कतै पनि हि्वलचेयरमा निस्कन सकिएला जस्तो लाग्दैन । कारण कुनै पनि बाटो बनाउादा हि्वल चियरमा हिाड्ने पनि हुन्छन् भन्ने सोचिएजस्तो देखिादैन । अर्को, बन्दको उपद्रोलाई अपवाद मान्ने हो भने पनि सबारी चलाउनेहरू र सडकको हेरचाह गर्नेहरू कोही पनि अपांगता भएकाहरूको आवश्यकताप्रति संवेदनशील छैनन् । यस्तै संवेदनहीनता नीति निर्माता, कार्यक्रम कार्यान्वयनकर्ता, सञ्चारकर्मी र व्यापक जनसमुदायमा छ । यसैले अपांगता हुनेहरूलाई अपांगताले भन्दा समाजको मानसिकता र भौतिक संरचनाले बढी अशक्त बनाएको छ ।


पैदल हिाड्दै जाँदा मैले हि्वलचियरमा हिँड्नेलाई लाजिम्पाटबाट नागरिक दैनिकको कार्यालयसम्म पुग्दा कति अप्ठेरो पर्ने रहेछ भनेर विचार गर्न थालेा ।- डर देखाएर, विध्वंश गरेर जबर्जस्ती गराइने बन्द जनसमर्थनको हैन राज्यको निरिहताको मापक हो । बन्द आयोजकहरूले पनि नबुझेका हैनन् होला । बुझ पचाएपछि के गर्ने? ) सडकका पेटीहरू हि्वलचियर हिाडाउन मिल्ने गरेर बनाइएका छैनन् । भित्री सहरमा त पेटी नै छैनन् । यसैले मोटरहरूसागै मिसिएर हिाड्नै पर्‍यो । मोटर साइकल र माइक्रोबस चलाउने अधिकांशले सबारी नियम उल्लंघन गरिरहेका हुन्छन् । उछिनापाछिनका क्रममा उनीहरूले सबारी घुइाक्याउदा हि्वलचियरमा हिाड्नेको मन कति डराउाछ होला? भूपिले लेखेजस्तै 'मृत्य' नजिकैबाट घुइाकिएर गयो' उनीहरूले सधैा भोग्छन् ।


- यस्तो अनुभूति मैले पनि एक पटक गरेको छु । जापान अध्ययन कार्यक्रममा गएका बेला आओमोरी प्रान्तको सानो सहर किजुकुरीमा हि्वलचेयर मेलामा भाग लिएको थिएा । म पाहुनाका रूपमा सहभागी भएको थिएा भने सहरमा मेयर, प्रशासक, सहकारीका अध्यक्षलायत स्थानीय गण्यमान्यले पनि भाग लिएका थिए । हि्वलचियर प्रयोगकर्ताका समस्या र सास्तीका बारेमा संवेदना जगाउन मेला आयोजना गरिएको थियो । व्यस्त सहरको मध्य भागसम्म हि्वलचेयरमा जानुपथ्र्यो । मोटरहरू आइरहेका छन् । हुनत, हर्न कसैले बजाउादैन थियो तैपनि डर लागिरहने । कतै पछाडिको गाडीले ठक्कर दिने पो हो कि? अनि बाटो सजिलो थियो । सडक पार गर्ने सजिला ठाउा बनाइएको थियो । चौबाटाहरूमा सडक पार गर्न ध्वनि र प्रकाश दुवै प्रकारका संकेत थिए । कान नसुन्नेका लागि बत्तीले जनाउ दिन्थ्यो भने आाखा नदेख्नेले एक प्रकारको संगीत सुनेर बाटो काट्न हुने थाहा पाउाथे । करिब एक घन्टा लामो त्यो यात्रा निकै रोमाञ्चक, भयावह र शिक्षाप्रद रÞयो । जापानीहरू ट्राफिक नियम राम्रै पालन गर्छन् भन्ने थाहा पाउादा पाउादै पनि मलाई लाग्नु अत्यास लागेको थियो । काठमाडौंका सडकमा हि्वलचियरमा हिाड्नेलाई कति डर लाग्दो हो ? र कति सास्ती हुँदो हो ?)


लाजिम्पाटबाट कान्तिपथ हुादै पैदल हिाड्दा केशरमहलको चौबाटोमा बाहेक हि्वलचियरमा हिाडेनेले बाटो काट्ने ठाउा रहेनछ । जमलबाट मोटरजस्तै घन्टाघरतिर लाग्ने कि सोझै भोटाहिटी तिर लाग्ने ? जता जान खोजे पनि हि्वलचियर सजिलै लैजाने ठाउा छैन । सबारी चालकको सुविधा र पैदल यात्रीको सुरक्षाका लागि आकासे पुल बनाइएको छ बाटो काट्नका लागि । आकासेपुलमुनि जेब्रा क्रसिङ हुने कुरा पनि भएन । टुाडिखेलको दायाँ बायाँ सडक एकतर्फी छ । कति मुस्किल हुन्छ होला उनीहरूलाई ? केशरमहलपछि त एकैचोटी थापाथलीमा मात्रै पेटी र सडकमा हि्वलचियर ल्याउन सकिने बाटो छ । अर्थात् बीचमा मान्छेले ज्यानको माया मारेर र ट्राफिक नियम मिचेर जहाँबाट मन लाग्यो वा मिल्यो उहीाबाट बाटो काट्नु पर्‍यो । यस्तै विचार गर्दै नागरिक दैनिकको कार्यालय रहेको जेडीए कम्प्लेक्स पुगेा । त्यहाा पनि लिप\mट बन्द थियो । हि्वलचियरमा गएको भए जागिर खान घस्रेर वा अरूको बुइमा जानुपथ्र्यो ।


-अपांगता भएका नागरिकका लागि पनि मर्यादित जीवन यापनका लागि सुविधा जुटाउने दायित्व राज्यको हो । यहाँ त, सुविधा थप्नु त परै जाओस् नयाा भौतिक संरचना निर्माण गर्दा अपांगता हुनेको समस्यालाई उपेक्षा गरिन्छ र उनीहरूको पहुाच कम गरिन्छ । राज्यले गर्ने यही पक्षपात र अन्यायले अपांगता हुनेहरूको अशक्तता बढ्छ । सरकारी संयन्त्रमा रहेका अधिकांश जिम्मेवार व्यक्तिहरू स्रोतको अभाव भएको रेडिमेड उत्तर दोहोर्‍याउाछन् । संवेदनशील हुने हो भने राज्यले धान्नै नसक्ने खर्च लाग्दैन । भत्ता दिएर परनिर्भर बनाउन तयार हुने तर अवरोध हटाएर आत्मनिर्भर हुन नसघाउने अचम्मको सामन्ती मानसिकता छ राज्यका हर्ताकर्तामा ।)


यसो त, पैदल हिाड्ने अरूका लागि पनि राजधानीका सडक सुविधाजनक र सुरक्षित छैनन् पेटीमा पसल हुन्छ । पैदल यात्री सडकमा नहिँडी सुखै पाउादैनन् । सबारी चालकले नियम र मर्यादा ख्याल राख्दैनन् । हर्नको आवाज सुनिसक्नु हुन्न । सडकमा कुन बेला कता के हुने हो सधैा त्राहीमाम हुनुपर्छ । ट्राफिक प्रहरीले पैदल यात्रुको पीरमर्काको ख्याल गरेको बिरलै भेटिन्छ । जेब्रा क्रसिङको सेतो धर्को धेरैजसो ठाउामा देखिादैन । अन्दाज गरेर काट्नुपर्छ । यसैले पैदल यात्रुले मन लागेका ठाउाबाट बाटो काट्छन् र सबारी चालकले जेब्रा क्रसिङ नजिक आइपुगेपछि सबारीको गति बढाउाछन् । विशेषगरी माइक्रोबसको उछिनपाछिन र मोटरसाइकलको हतारले पैदल यात्रुको ज्यान सधैा जोखिममा हुन्छ । पाका र अशक्तहरूका लागि त बाटो काट्दा ज्यानकै बाजी राख्नुपर्छ । एकाध भलाद्मी सबारी चालकले पैदल हिाड्नेलाई बाटो दिन गाडी रोके भने पछाडिबाट आउनेले सिध्याउला कि भन्ने डर हुन्छ । अधिकांश चालकहरू जेब्रा क्रसिङमा अगाडिको सबारी किन रोकियो भन्ने विचारै नगरी उछिन्न हतार गर्छन् ।
पैदल हिाड्नेको सुविधा र सुरक्षा पनि ट्राफिक प्रहरीको कर्तव्य हो । उनीहरूको तालिममा नै सिकाइादैन कि कुन्नि अत्यन्त कम मात्र अपांगता भएका र अरू पैदल यात्रुप्रति संवेदनशील भएको देखिन्छ ।


पैदल हिाड्नेलाई तुच्छ जीव ठान्ने सामन्ती मानसिकता राज्यका हर्ताकर्तामा रहुन्जेल स्थिति बदलिने आशा पनि त गर्न सकिन्न । यसैले काठमाडौंका पैदल यात्रुले ज्यान जोखिममा राखेरै हिाड्नु विकल्प छैन । भाग्य बलियो भए गन्तव्यमा अवश्य सकुशल पुगिएला ।

Wednesday, June 3, 2009

सुजाताई हालको बकस

… भन्दिभइन् कैकयी
रामलाई वनवास भरत कन त राज माग्छु म चाँडो गई ।’

'भानुभक्तकृत भाषा रामायण’अनुसार रामको राज्याभिषेक हुनै लागेका बेला मन्थराद्वारा उक्साइएकी कैकेयीले दशरथसँग छोरालाई राज्य मागिन् । दशरथले 'सत्यवादी’ हुन राममाथि अन्याय गरे । राजकाज यस्तै रहेछ क्यारे । राष्ट्रिय सहमति र सहकार्यको नारा लगाएर नथाक्ने गिरिजाप्रसाद कोइरालाले पनि पार्टीका पानीमरुवा नेताहरुको रुन्चे अनुनय पन्छाएर अन्ततः छोरीलाई राज मागे । रामलाई वनवास पठाउँदा दशरथको देहावसान भएको थियो। छोरी सुजाता मन्त्री होलिन् न होलिन् पिता गिरिजाप्रसाद कोइरालाको नाक र उनको पार्टी नेपाली कांग्रेसको साख चाहिँ यही निर्णयले समाप्त भएको छ । अर्को अर्थमा कांग्रेस र कोइरालाको आत्माको अवसान भएको छ । जीवनका सुख सुविधा र सम्भावना सबै छाडेर कांग्रेसको आदर्श र विश्वेश्वरप्रसाद कोइरालाको आकर्षणमा राजनीतिमा होमिएका साथीहरुको अवस्था कस्तो भयो होला भन्ने सम्झँदा मन गरुंगो हुन्छ । यद्यपि, बेलैमा राजनीति छाडेर अहिले त्यो पीडा खप्न नपरेकोमा आनन्द पनि लागेको छ ।
नेपाली कांग्रेसको विनिर्माण हुनसक्छ भन्ने लागेको थियो । यसका सभापति गिरिजाप्रसाद कोइरालाको पछिल्ला निर्णयहरु र वरिष्ठ नेताहरुको लोभ पाप र लाछी स्वभाव हेर्दा अब कांग्रेसको विघटनबाहेक अरु विकल्प देखिँदैन । कांग्रेस अहिलेको नेतृत्व र नीतिका भरमा अगाडि बढ्न सक्तैन । नयाँ नेतृत्व स्थापित हुने ढोका पनि लगभग बन्द छ । सबैभन्दा निराशाजनक त दोस्रो तेस्रो वा चौथो पंक्तिसम्म एकाधबाहेक आशा लाग्दो नेतृत्व देखिएकै छैन ।
यथार्थमा दोस्रो जनआन्दोलनपछि कांग्रेस निरन्तर ओरालो लागेको छ । आधा दशकबढी मुलुकको राजनीतिको केन्द्रमा रहेको आन्दोलनको सफल नेतृत्व गरेपछि झन् ओरालो लाग्नु सामान्य र सहज भने होइन । तर यसका सभापति कोइराला र केही नेताका व्यक्तिगत स्वार्थ एवं महत्वाकांक्षाले गर्दा नेपाली जनताले धेरै पटक पत्याएको र नेतृत्व स्वीकार गरेको मध्यमार्गी पार्टी अवसानको संघारमा पुग्यो । केही वर्ष जसोतसो सत्तामा टाँसिन सके पनि कांग्रेसको मौलिक पहिचान र मान्यता समाप्त भइसकेको छ । अब कांग्रेससँग हिङ छैन, टालोको बास्ना धेरै टिक्दैन ।
कांग्रेस ओरालो लाग्ने कारण केलाउने हो भने मूलतः उसको माओवादी तुष्टीकरणको नीति जिम्मेवार देखिन्छ । भन्न त यसलाई मुलुकमा शान्ति कायम गर्न लिएको नीति भनेर ढाकछोप गर्न खोजिएला तर यो कोइराला र उनका चाटुकारको स्वार्थमा लिइएको नीति थियो । माओवादी तुष्टीकरणले मुलुकलाई निकै जटिल अवस्थामा पुर् याएको छ । अहिलेका धेरै समस्या माओवादीलाई कानुन मिच्न दिइएका अनुचित छुटका परिणाम हुन् । कोइरालालाई एमाले तहलगाउने सजिलो उपाय माओवादी उक्साउनु लाग्यो । अनि माओवादीलाई उचाल्न थालियो । फलस्वरुप निर्वाचनमा मध्यमार्गी र लोकतन्त्रका पक्षधर शक्ति तथा व्यक्ति अधिकांश पराजित भए । त्यसको परिणाम के भयो यहाँ लेखिरहनु पर्दैन ।
त्यसपछि कोइराला पार्टी राजनीतिबाट पन्छिएर पहरेदार बनेका भए पनि आजको अवस्था आउने थिएन । तर उनलाई त राष्ट्रपति हुने मोह जाग्यो । त्यसैको मोलतोल गर्दागर्दै संविधानसभाको निर्वाचन र गणतन्त्रको घोषणा गराएको इतिहास र इज्जत मेटिएको पनि कोइरालाले चेत पाएनन् । माओवादीले मात्र हैन नियतिले पनि उनलाई गणतन्त्र नेपालको प्रथम राष्ट्रपति हुन दिएन । उनैका नाममा रामवरण यादव राष्ट्रपति भए । यति भएपछि उनले विश्राम लिएको भए पनि उनको साख केही जोगिन्थ्यो । इतिहासले दिएको सबै जस खोस्ने निर्णय नियतिले गरेको थियो सायद । उनले सक्रिय राजनीति छाडेनन् । उनमा बार्धक्यसँगै धृतराष्ट्र प्रवृत्ति थपिँदै गयो । पोखरा महाधिवेशनमा सुजाताको उम्मेदवारी खारेज गराउने कोइराला अन्ततः अहिलेको जटिल घडीमा उनलाई कांग्रेसको नेतृत्वमा स्थापित गराउन लोकलाज त्यागेर लागे ।
सरकारमा कांग्रेस सुजाताको नेतृत्वमा जाने र उनलाई परराष्ट्र मन्त्री बनाउने काम भयो भने सम्भवतः नेपाली कांग्रेस र गिरिजाप्रसाद कोइरालाकै पनि इतिहासमा सबैभन्दा गलत र दुर्नाम कमाउने निर्णय साबित हुनेछ । सुजातालाई नेतृत्व दिने र त्यसमा पनि परराष्ट्र मन्त्री बनाउने निर्णय अव्यवहारिक असैद्धान्तिक अनुपयोगी छ । (यद्यपि, सुशील कोइरालाले सुजातालाई कांग्रेसको नेतृत्त्व गराई छाड्ने हो भने राजीनामा गर्ने घुर्की लगाएका छन्। पर्खौँ ।)
सुजाता पछिल्ला दिनमा माओवादीकै सरकारमा जाने तरखरमा थिइन् । अर्थात् नयाँ समीकरणका पक्षमा थिइनन् । गठबन्धनको प्रमुख घटककै नेतृत्व समीकरण विरोधीले गर्दा सुरुदेखि नै विश्वासको संकट उत्पन्न हुन्छ । सरकारले राम्ररी काम गर्न सक्तैन । सुजातालाई सरकारमा नेतृत्वदायी भूमिकामा पठाउनु गठबन्धनको आयु छोट्याउनु हो । यसैले यो व्यावहारिक छैन ।
सुजाता जर्मन नागरिककी पत्नी हुन् । उनका पति र सन्तान विदेशी हुन् । यसैले कतै न कतै विदेश नीति र कामकाजमा उनको स्वार्थ मिसिन सक्छ । त्यस्तो स्वार्थ राष्ट्र हितविपरीत पनि हुनसक्छ । यसैले उनलाई परराष्ट्र मन्त्रालयको जिम्मा दिनु प्रशासनिक दृष्टिबाट खतरनाक मात्र हैन नैतिक दृष्टिबाट अनुचित पनि हुन्छ ।
नेपाली कांग्रेसको मूलधार उदार मध्यमार्गी हो । सुजाता सधैँजसो अतिवादी देखिएकी छिन् । यसैले उनले कांग्रेसको सैद्धान्तिक प्रतिनिधित्व पनि गर्न सक्तिनन् । कोइराला वंशी हुँदैमा पुग्थ्यो भने त प्रकाश कोइराला नै सबैभन्दा ठूला नेता हुने थिए नि।
यस आत्मघाती निर्णयका लागि गिरिजाबाबु र सुजाता त मूल दोषी हुँदैहुन् सुशील कोइराला र रामचन्द्र पौडेल पनि कम दोषी छैनन् । केन्द्रीय समिति वा संसदीय समितिबाटै निर्णय गरेको भए गिरिजाबाबुले निर्णय गर्नै पाउने थिएनन् । केन्द्रीय समितिलाई पन्छाएर सभापतिबाट आफूले खोजेजस्तो निर्णय गराउन उनीहरुले चलेको चाल 'बुमर् याङ’ भएपछि पानीमाथि ओभानो हुन खोज्नुको अर्थ छैन । रहे शेरबहादुर देउवा । देउवा आफ्ना गुरु गिरिजा कोइरालाका पक्का चेला हुन् । लोकतन्त्र उनका लागि आएको हो । कांग्रेस सकिए पनि आफूलाई नाफा भए हुन्छ भनेर नै उनले पार्टी फुटाएका थिए भन्ने धेरैले बिर्से होलान् तर सबैले बिर्सेका छैनन् ।
कांग्रेसका समितिहरु निकम्माहरुको क्लब साबित भए । निर्णय गर्न पाउनुपर्छ भन्छन् तर निर्णय गर्न सक्तैनन् । सबै लोभी र पापी भएपछि यस्तै हुन्छ । यस्तो क्लबको सदस्य भइरहन नरहरि आचार्य, गगन थापालगायतलाई लाज लाग्नुपर्ने हो ।
कांग्रेस र नयाँ सरकार बचाउने हो भने कोइरालालाई उनको गलत निर्णय फिर्ता गर्न प्रधानमन्त्री माधवकुमार नेपाललगायतले सल्लाह दिनुपर्छ । कांग्रेसका अरु नेताले दबाव दिनुपर्छ । र, उनले पनि सच्याउनुपर्छ । सबैभन्दा राम्रो त यति भएपछि सुजाताले नै हठ छाड्नुपर्छ । नत्र सरकार चल्ने छैन, अराजकता अन्त्य हुने छैन ।  अस्थिरता र अराजकता झन् बढ्नेछ । र, इतिहास नेपाली कांग्रेसको आत्मघातको साक्षी बस्नेछ ।