Thursday, May 27, 2010

कांग्रेसले के गर्ने?

प्रतिक्रिया र पदको राजनीतिले नेपाली कांग्रेस बिस्तारै भूमिकाविहीन हुँदै गएको छ । अहिले सत्ताका लागि कम्युनिस्टहरू तानातान गरिरहेका बेला कांग्रेसले मार्ग निर्देश गर्न सक्नुपर्थ्यो । लोकतान्त्रिक संविधान बनाउने सर्तमा माधव नेपालको राजीनामाको जिम्मा कांग्रेसले लिनुपर्थ्यो । गिरिजाबाबु भएको भए सम्भवतः त्यसै गर्नुहुन्थ्यो । अझै बेला छ - प्रधानमन्त्रीले राजीनामा नगरे कांग्रेसले समर्थन फिर्ता लिने घोषणा गरेर नेपाली कांग्रेसले संविधान सभाको अवधि थप गराउन ग्यारेन्टी बस्ने जानकारी सार्वजनिकरूपमा गर्नुपर्छ ।
सकेसम्म संकटकाल लगाउनु हुन्न तर संविधान सभा जोगाउन त्यही उपाय अपनाउन परे पनि सरकार हिचिकचाउनु हुन्न । संकटकालका नाममा मानव अधिकार हनन गर्नु भने हुँदैन । बन्दुकेका हातमा सत्ता नपुग्ने गरी सन्तुलन कायम गर्न कठिन छ तर असम्भव छैन । नेताहरूलाई चेतना भए ।

No comments:

Post a Comment