प्रधानमन्त्री िनवासबाहिर पेटी त बनेकोछ तर सडकको बेहाल छ र प्रधान न्यायाधीश निवास बाहिरको पेटी धरापजस्तो लाग्छ । यस अवस्थामा तिनको आँखा पनि सँधै पर्छ होला । पैदल नहिँडे पनि तिनको दिनहुँ आउने जाने बाटो त त्यही हो । जनताको सुविधाको ख्याल भए त कम्तीमा आफ्नै निवास बाहिर यस्तो धराप कायम रहन दिनु नपर्ने हो ।
यी तस्बिरहरू लाजिम्पाटमा शुकबार खिचिएका हुन् । बाटाजति यसरी निर्माण सामग्री थुपारेर थुनेपछि पैदल यात्रुहरू सडकबाट हिँड्न बाध्य छन् । यस्तोमा दुर्घटनाको जोखिम पक्कै बढ्छ तर भत्काउन रमाउनेहरूले बनाउने बेलामा भने खासै चासो देखाएको पाइएन ।
ठेकेदारले यस्ता सामग्री प्रयोग गर्ने बेलामा मात्र ल्याएको भए जनतालाई सास्ती र जोखिम हुने थिएन । ठेकेदारले सडकमै निर्माण सामग्री थुपार्ने गरी ठेक्का लिएको त हैन होला । नाकै सामुन्नेको बेथिति त वास्ता नगर्ने बाबुराम भट्टराईले अन्त के चासो लिन्थे र ? अरू पार्टीका नेताले पनि जनताको मर्कामा चासो राखेको देखिएन । संचार माध्यम पनि उही ड्यांगका मुला हुन पुगे ।
मलाई लाग्छ हाम्रा प्रधानमन्त्री पक्कै पनि यस बारेमा 'गम्भीर' होलान :) । अनि हिजो-अस्ति दोहोर्याएर त्याग गर्न तयार भएको अभिव्यक्ति पनि यसै बारेमा दे'का भन्ने हाम्लाई लागिरा'च।
ReplyDelete"मेरो घ'राँ बाटो नबनाउ । म त्याग गर्छु... जनताको बाटो पहिला बनाउ..." भन्दै हिँड्या होलान बरा ! :)