Saturday, June 27, 2015

विपत्तिका व्यापारीको वन मास्ने दाउ

नेपाललाइ हाइटी बनाउन खोज्नेहरू जताततै छन् । अनेकौं अनुहारमा छन् । तिनलाइ मैले विपत्तिका व्यापारी भन्ने गरेकाे छु । भुइँचालाले अत्याएको मौका छोपेर चुरेको वन मास्न खोज्नेहरू पनि यिनै विपत्तिका व्यापारीमध्येका हुन् ।
 घर बनाउने काठको व्यवस्था गर्न पीडितहरूलाई नै जिम्मा दिए भत्केका घरका काठले नै पुग्छ । चुरेको त परै जाओस् आफ्नै सामुदायिक वनमा पनि पस्न नपर्ला । चाहियो नै भने र गाउँलेले नै हुर्काएका सामुदायिक वनको काठले पुगेन भने  जंगलमा पहिले नै थुपारिएका काठ प्रयोग गरे हुन्छ ।
काठैको महल बनाउनेहरू बिरलै होलान् । महलै बनाउन त राज्यले सुविधा दिनु पनि पर्दैन ।
यस्तो अवस्थामा वन मन्त्रालयले चुरेकाे वन फाँड्न दिएन भनेर कोहोलो मच्चाउनुको अर्थ विपत्तिकाे व्यापार गर्न खोज्नु त हो । नानाथरी नाम र बहानामा चुरे दोहनमा लागेकाहरू अहिले सक्रिय भएका छन् । चुरेको वन तराइको जीवन हो । प्रकारान्तरले समग्र नेपालकै जीवनरेखा हो । यसैले यसकाे दोहन हुन दिनुहुँदैन ।

No comments:

Post a Comment