Saturday, August 18, 2012

हु जीहरूको खोजी


आजको दिन सफल भयो । डाक्टर गोविन्द केसीको अनशन सार्थक भयो । खुसी लाग्यो । धेरैपछि सत्यको जित भएको छ । आशा गरौँ यसकाे सकारात्मक प्रभाव नेपालको राजनीति र समाजमा पनि पर्नेछ । सलाम डा. केसी !

यसैगरी पत्रकार मित्र कनक दीक्षितको िनम्तोमा िसतिमिति देख्न नपाइने चिनियाँ डकुमेन्ट्री हेर्ने मौका पाइयाे । नाति अभिज्ञले पनि रहर गरेकाले सँगै गएका िथयौँ । हु जेद्वारा निर्मित ' Searching for Lin Zhao's soul ' शीर्षकको डकुमेन्ट्री हेरेपछि अभिज्ञले भन्यो - त्यो सिपाही कति तुच्छ ( उसले mean भनेको िथयो) ?

डकुमेन्ट्रीमा एक जना विद्रोही महिलाको स्वतन्त्रता चेत र चिनिया शासनमा त्यसबापत चुकाउनु परेको मूल्यको वर्णन गरिएको िथयो ।  लिन झाओ नामकी पेकिङ विश्वविद्यालयकी मेधावी छात्रा चीनको कम्युनिस्ट शासनको विरोध गरेबापत कैदमा परिन् । झ्यालखानामा लिनले आफ्नै रगतले लेखेर शासनको विरोध कायमै राखिन् । सरकारले गोली हानेर उनलाई मारेपछि गोलीको पैसा उनकी आमासँग असुल गर्न सिपाही पठाएको प्रसंगमा अभिज्ञले माथिको प्रश्न गरेको थियो ।  
डकुमेन्ट्रीमा लिनको विद्रोह कथामात्र छैन । उति बेलाको र कतिपय सन्दर्भमा अहिलेको पनि चीनको समाज र शासनको िचत्रण यसमा भएको रहेछ ।  
निर्देशक नेपाल आउन पाएनन् । उनीमाथि आधिकारिक प्रतिबन्ध लगाइएको त छैन तर अघोषित प्रशासनिक झमेला खड़ा गरियो । नेपालमा पनि पंचायत कालमा यस्तै हुन्थ्यो । सम्झेँ । अनि धेरै घटना सम्झेँ । नख्खु हत्या भन्दा अहिले कतिले ठम्याउन सक्लान् ? योगेन्द्रमान शेरचन, दिवानसिंह राई, तेजबहादुर अमा़त्य, सरोज कोइरालाको हत्याराको रहस्य खुल्ने त परै जाओस् घटना थाहा पाउनेहरू नै अब कति होलान् ? होमनाथ ढकाललाई गोरखामा प्रहरीले कुटेर मारेको थियो । उनलाई यातना दिने लालबहादुर नामका प्रहरी इन्सपेक्टर भागेर गए । लालध्वज गुरुङहरूलाई मार्नुभन्दा पहिले लास गाड्ने खाल्टो खन्न लगाइएको थियो रे ! शमशेरबहादुर खत्रीको टाउको काटेर बजारमा प्रदर्शन गरिएको थियो रे !
डकुमेन्ट्री हेर्दाहेर्दै र पछि सम्झेका यस्ता काम गर्ने हु जीहरू नेपालमा पनि कतै होलान् ? 

No comments:

Post a Comment