Saturday, February 27, 2016

कांग्रेसको सकस

संस्थापनतर्फ धेरै जनाले सभापतिको दाबी गरेपछि धेरैले नेपाली कांग्रेस सकसमा परेको ठानेका छन् । केही बुझक्कड त संस्थापनकै पक्षधर र कांग्रेसको हितैषीजस्तो देखिएर कार्यवाहक सभापति रामचन्द्र पौडेल बलियो उमेदवार नभएकाले सभापतिको निर्वाचन संस्थापनले हार्ने अनुमान प्रक्षेपण गर्नसमेत थालेका छन्-महाभारतमा शल्यको भूमिका बिर्साउने गरी । कांग्रेसका केही शुभेच्छुक र कार्यकर्ता सञ्चार माध्यममा आएका भ्रामक टिप्पणीबाट बढी नै तर्सिएका पनि देखिन्छन् । कांग्रेस राम्ररी नबुझ्ने सुशील कोइरालाको निधनले शेरबहादुर देउवाको पक्ष स्वतः बलियो भएको ठान्नु अस्वाभाविक होइन । उमेर र राजनीतिमा रामचन्द्र पौडेलभन्दा कान्छै भए पनि देउवा ३ पटक प्रधानमन्त्री भइसकेका नेता हुन् । संस्थापनका उमेदवार विरुद्ध उनले २ पटक सभापति पदमा उमेदवारी दिइसकेका छन् । सभापति हुन पार्टी नै फुटाउने आँट गर्ने देउवाले आफ्नो समूहलाई एकत्रित बनाएर पनि राखेका छन् । यता संस्थापन पक्षसँग योग्य उमेदवारको कमी नभए पनि कोइराला परिवारबाट यसपटक सभापति हुने चाहना सुजाताबाहेक अरूले प्रकट गरेका छैनन् । सुशील कोइराला छँदासम्म त रामचन्द्र पौडेलकै दाबीलाई समेत गम्भीरतापूर्वक लिइएको थिएन । दाबी त महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि सभापति पदमै गरेको समाचार सार्वजनिक भएको छ । तर, उनको दाबीलाई पनि खासै गम्भीरतापूर्वक लिइएको देखिँदैन । सिटौला हदै भए कैँची उमेदवार हुनेहुन् भन्ने एकथरीको टिप्पणी छ भने अर्काथरी उनको आँखा संसदीय दलको नेतामा लागेकाले यो दाबी ‘कहीँ पे निगाहेँ कहीँ पे निसाना’ हो भन्छन् । यसै पिन सिटौलाजस्ता माहिर खेलाडीले संस्थापन पक्षलाई हराउने गरी ‘आत्मघाती’ गोल कसरी गर्लान् र !
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बाह्रखरीसँग भनेका छन्–कोइराला परिवार पार्टी जोगाउन आवश्यक परे त्याग गर्न (पदाधिकारी नहुन) पनि तयार छ । यहाँ पार्टी जोगाउन भन्नुको तात्पर्य नेतृत्व संस्थापनबाट बाहिर जान नदिनु हो । त्यसका लागि सभापतिमा संस्थापन पक्षको उमेदवार विजयी हुनुपर्छ भन्ने मानिएको देखिन्छ ।
प्रकाशमान सिंहले आफूलाई सभापतिको उमेदवारका रूपमा प्रस्तुत गरेका छन् । साथै उनले कान्तिपुरसँग कुराकानी गर्ने क्रममा रामचन्द्र पौडेलले ‘सक्षम र प्रभावकारी टिम’ बनाएमा सहमति हुन्छ पनि भनेका छन् । डा.शशांक कोइरालाले यी पंक्ति लेख्दासम्म सार्वजनिकरूपमा केही बोलेका छैनन् र सुजाताले संस्थापनबाट अन्ततः एक जनामात्र उमेदवार हुने ठोकुवा नै गरेकी छन् । अहिले संस्थापनको प्रतिनिधित्व प्रकाशमान, शशांक, शेखरहरूले गर्छन् । सभापतिका सशक्त दाबेदार कार्यवाहक सभापति रामचन्द्र पौडेल त प्राकृतिकरूपमै संस्थापन पक्षका नेता हुन् ।
सधैँको दुई खेमा
नेपाली कांग्रेसमा स्थापना सँगै विवाद र विभाजनको बीउ रोपिएको थियो । डा. डिल्लीरमण रेग्मीले नेपाली राष्ट्रिय कांग्रेस भन्ने पार्टी आफूसँगै राखिरहे । केदारमान व्यथितहरूदेखि मातृकाप्रसाद कोइरालासम्म कतिले कांग्रेस कहिले कहिले छाडेका थिए भन्ने अभिलेख सायद कतै पनि छैन । ‘प्रतिक्रान्ति’का लागि खोलिएको खुकुरी दल पछि नेपाल राष्ट्रवादी गोर्खा परिषद् भयो । पहिलो संसदीय निर्वाचनमा प्रमुख प्रतिपक्षी भएको त्यही पार्टी राजा महेन्द्रले लोकतन्त्रको हत्या गरेपछि नेपाली कांग्रेसमा समाहित भयो । तर बीपी कोइरालाले पुलपुल्याएर तानेका डा. तुलसी गिरीमात्र हैन क्रान्तिका मोर्चामा लडेका विश्वबन्धु थापासमेतले राजा महेन्द्रलाई साथ दिए । नेपाली कांग्रेसले लोकतन्त्र स्थापनाका लागि २००७ साल र पछि गरेर ३ पटकसम्म त हतियारै उठायो । यस क्रममा कति थपिए र कति पन्छिए सायद कांग्रेससँग त्यसको अभिलेख पनि छैन । बखानसिंह गुरुङको नेतृत्वमा २०३४ मा काशिनाथ गौतम, अच्युतराज रेग्मी, शशि शमशेर जबरालगायतका ३८ जना केन्द्रीय नेताले पार्टी छाडेको वक्तव्य दिँदा त्यतिबेला राष्ट्रिय पञ्चायतमा कांग्रेस समाप्त भएको धारणा केही पञ्चहरूले व्यक्त गरेका थिए । कांग्रेसलाई ‘प्रतिबन्धित’ भन्ने कि ‘विघटित’ भन्ने चर्कै बहस भएको थियो । महापञ्चहरूले कांग्रेस समाप्त भएको ठानेको २ वर्षपछि त्यही कांग्रेसकै कारण जनमत संग्रहको घोषणा गर्नुपरेको थियो र मूलतः कांग्रेसकै बुतामा ४५ प्रतिशत मत बहुदलका पक्षमा खसेको थियो । जनमत संग्रहलगत्तै परशुनारायण चौधरीलगायतले पार्टी छाडेका थिए । तिनै ताका बीपीले भनेका थिए– म, गणेशमानजी र किसुनजी जहाँ रहन्छौँ कांग्रेस त्यहीँ रहन्छ । कालान्तरमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले पनि पार्टी त्यागेका थिए । यद्यपि, पार्टीले उनीहरूलाई छाडेन । यसैले संस्थापन पक्षमा सभापति र अरू पदाधिकारीका आकांक्षीको संख्या धेरै देखिँदैमा नेपाली कांग्रेस सकसमा परिहाल्यो भन्ने ठान्नु भुल हुनेछ । कांग्रेसले यस्ता सकस कति पार गरेको छ भन्ने हेक्का पनि कसैलाई छैन होला । यसैले यस्तै घटनाबाट कांग्रेस समाप्त हुने ठान्नु मूर्खता हुन्छ । कांग्रेसमा सधैँ नै दुई वा त्यसभन्दा पनि बढी धार देखिँदै आएको छ । गणेशमान सिंहविरुद्ध बीपीले सुवर्ण शमशेरलाई सभापतिमा समर्थन गर्दा गिरिजाबाबु गणेशमान सिंहका पक्षमा थिए । पछि बीपी र गणेशमान सधैँ एकै ठाउँमा भए । जीवन दृष्टि र शैलीमा अन्तर देखिए पनि यी दुवै नेता सामन्ती संस्कारका विपक्षमा अग्रगामी प्रगतिशील र परिवर्तनकारी शक्ति तथा प्रवृत्तिको प्रतिनिधित्व गर्थे ।
दुई धारः दुई संस्कार
नेपाली कांग्रेस ‘प्रिय साथी’हरूका (नेताले कार्यकर्तालाई पत्र लेख्दा ‘प्रिय साथी’ भनेर सम्बोधन गर्ने चलन कांग्रेसमा थियो !) घरमा जे पाकेको छ त्यही र कहिले कहीँ त जति पाकेको छ त्यति नै बाँडेर खाने र वास बस्ने नेता कार्यकर्ताको पार्टी थियो । भुइँफुट्टाहरूको सम्भ्रान्तीकरण रोचक छ तर नीलो रंगको स्यालको कथा दोहोरिइहाल्छ । नेपाली कांग्रेस सामन्ती संस्कारको जरै उखेल्न संगठन गरिएको दल जो हो । कम्युनिस्ट र पञ्चहरूको नक्कल गर्दै पैसा थुपार्ने र बाँड्नेहरूले यसको संस्कार बिगारेका हुन् । कतिपय नेता कार्यकर्ता सौकिन त थिए तर विलासी थिएनन् । सुवर्ण शमशेरबाहेक अरू कुनै पनि सभापतिले निजी सम्पत्ती राखेको देखिएन । किसुन जी र सुशील दा त झन् फकिरै थिए । विलासको लालसले अहिले कांग्रेसजनलाई पनि पैसाको दास बनाएको छ । कांग्रेस बचाउने हो भने यही लालचबाट नेता कार्यकर्तालाई मुक्त गर्न संस्थापन पक्ष अग्रसर हुनुपर्छ ।
नेपाली कांग्रेसमा सामान्य जनताका पक्षधर र ‘सुकिलामुकिला’का संरक्षकहरूबीच सँधै नै स्वार्थको द्वन्द्व रहिआएकै हो । अहिले नेतृत्व चयनमा पनि प्रकारान्तरले यही यथास्थितिको पक्षधर र अग्रगामीहरूबीचमा द्वन्द्व देखिन्छ । यसो त संख्याका आधारमा भुइँफुट्टाहरू संस्थापनकै सेरोफेरोमा धेरै देखिन्छन् तर तिनको प्रभावशाली हैसियत भने अर्को पक्षमा बढी छ ।
बाबाका धाम, धामीझाँक्री र ग्रहशान्ति कांग्रेसको चरित्र हैन । कार्यकर्तालाई भेट्न साइत जुराउने र चुनावभन्दा पहिले ग्रहको शान्तिस्वस्ति गर्ने अन्धविश्वासीले कांग्रेसको प्रतिनिधित्व गर्दैन । यस्तै, कुनै पनि प्रकारको कट्टरता र निषेध पनि कांग्रेसको प्रवृत्ति हैन । प्रगतिशील जीवन दृष्टि, सरल जीवन शैली र संघर्षशील प्रवृत्ति कांग्रेसको पहिचान हुनेगरेको थियो । कांग्रेसका नेताहरू पाखण्डी हैन इमानदार थिए । पार्टीलाई भुइँफुट्टा र नवसम्भ्रान्तहरूको कब्जामा जान नदिन संस्थापनका सबै नेताको (विशेषगरी बीपी र गणेशमान सिंहका सन्तानहरूको) दायित्व हो । साथै ती नेतालाई आदर्श मान्ने र तिनकै कीर्तिमा राजनीति गर्दै आएका अरू नेताको पनि कर्तव्य हो ।
स्वार्थको द्वन्द्व
कांग्रेसभित्र स्वार्थको द्वन्द्वलाई यदाकदा सैद्धान्तिक आवरणमा प्रस्तुत गर्ने गरिएको छ । यर्थामा बीपी र मातृकाबाबुकै पालादेखि अग्रगामी र यथास्थितिवादी धार कांग्रेसमा देखिएको थियो । सहरका सम्भ्रान्तहरूको स्वार्थमा आँच नपुगोस् भन्ने चाहना राख्ने यथास्थितिवादी कांग्रेसमा बलियै छन् । तर मूलधारमा भने अग्रगामी प्रगतिशीलहरूकै प्रभाव र संख्या बढी छ । पुराना भारदार र उनीहरूभन्दा पनि आफूलाई बढी सम्भ्रान्त ठान्ने ‘भुइँफुट्टा’ वर्ग अहिले सांस्कृतिकरूपमा सामान्य जनताभन्दा बेग्लै देखिने प्रयासमा छ । कांग्रेसजस्तो मूलधारको मध्यमार्गी पार्टी कब्जा गर्न सके नवकुवेरलगायत भुइँफुट्टा वर्गको स्वार्थमा आँच आउनेछैन । समाजमा मात्र हैन आर्थिक, राजनीतिक संरचना सबैतिर प्रभाव कायम राख्न र पहुँच नभएका ठाउँमा पनि हस्तक्षेप गर्न सहज हुने यस वर्गले ठानेको हुनुपर्छ । नेपालमा अहिलेसम्म कांग्रेसको नेतृत्वबिना कुनै परिवर्तन जो भएको छैन । अहिले कांग्रेसभित्र देखिएको द्वन्द्वको सार यही हो ।
अप्ठेरो परे कम्युनिस्ट, क्षेत्रीय, धार्मिक, जातीय सबै निषेधको राजनीति गर्ने अनुदार व्यक्ति र शक्ति कांग्रेसको ओत लाग्न आउँछन् तर उनीहरूको सर परे ती सबै मिलेर कांग्रेसविरुद्ध जाइलाग्छन् । ओत लाग्न आउँदा शरण त दिनुपर्छ तर तिनैलाई तालासाँचो सुम्पनु एउटै होइन । चुनिएरै आएकामध्ये कतिपय अर्को महाधिवेशनसम्म यही पार्टीमा हुने कुनै ग्यारेन्टी हुँदैन तर राजनीति नै गर्छु भनेर लागेका तरूणहरूको भने जीवन पार्टीसँगै गाँसिएको हुन्छ । यसैले तिनले चुनाव जसरी जितेको भए पनि अब विवेकपूर्वक निर्णय लिने विश्वास गर्नु अन्यथा हुँदैन ।
जनआन्दोलनका उपलब्धिलाई फिर्ता गराउने हल्ला चलाउन थालिएको छ । तराईमा कांग्रेस फेरि कमजोर भएको छ । कार्यकर्तालाई भूकम्पपछि र नाकाबन्दीका बेला पार्टीको भूमिका प्रभावहीन भएकाले जनतालाई उत्तर दिन हम्मे परेको छ । यस्ता अनेकौं प्रश्नको उत्तर यही महाधिवेशनबाट खोजिनेछ ।
कांग्रेस भुइँफुट्टाहरूको सिन्डिकेट हुने हो वा सामान्य जनताको दल बनाइराख्ने हो भन्ने कांग्रेसका इमानदार कार्यकर्ताले विवेकपूर्वक निर्णय गर्नुपर्छ । आफ्नो अग्रगामी र संघर्षशील चरित्र छाडेर नेपाली कांग्रेस भुइँफुट्टावर्गको कब्जामा पुग्यो भने नेतृत्व सही अर्थमा हस्तान्तरण कहिल्यै हुनेछैन र नयाँ पुस्तामा पुग्नुको पनि अर्थ रहनेछैन ।
र अन्त्यमा
कांग्रेसको सकस र अहिलेका केही गठबन्धन हेर्दा हुरी र डल्लाको कथाको सम्झना हुन्छ । एकपटक माटाको डल्लो र सालको पातले मीत लगाएछन् । पातलाई हावाले उडाउन खोजे माटाले चेपेर बचाउने र माटालाई पानीले गलाउन खोजे पातले छोपेर जोगाउने मतो गरेछन् । हावा आउँदा डल्लाले चेपेर पातलाई बचाएछ । पानी पर्दा पातले छोपेर मीतलाई जोगाएछ । दिन सँधै उस्तै त हुँदैन । एकपटक पानी र हुरी सँगै आएछ । पानीले डल्लो भिजाएपछि हुरीले पात उँडाइदिएछ ।
अहिले मूलतः सञ्चार माध्यममा बन्दै र बिग्रँदै गरेका गठबन्धनहरू पात र माटाको मितेरीजस्तै हुन् ।संस्थापनतर्फ धेरै जनाले सभापतिको दाबी गरेपछि धेरैले नेपाली कांग्रेस सकसमा परेको ठानेका छन् । केही बुझक्कड त संस्थापनकै पक्षधर र कांग्रेसको हितैषीजस्तो देखिएर कार्यवाहक सभापति रामचन्द्र पौडेल बलियो उमेदवार नभएकाले सभापतिको निर्वाचन संस्थापनले हार्ने अनुमान प्रक्षेपण गर्नसमेत थालेका छन्-महाभारतमा शल्यको भूमिका बिर्साउने गरी । कांग्रेसका केही शुभेच्छुक र कार्यकर्ता सञ्चार माध्यममा आएका भ्रामक टिप्पणीबाट बढी नै तर्सिएका पनि देखिन्छन् । कांग्रेस राम्ररी नबुझ्ने सुशील कोइरालाको निधनले शेरबहादुर देउवाको पक्ष स्वतः बलियो भएको ठान्नु अस्वाभाविक होइन । उमेर र राजनीतिमा रामचन्द्र पौडेलभन्दा कान्छै भए पनि देउवा ३ पटक प्रधानमन्त्री भइसकेका नेता हुन् । संस्थापनका उमेदवार विरुद्ध उनले २ पटक सभापति पदमा उमेदवारी दिइसकेका छन् । सभापति हुन पार्टी नै फुटाउने आँट गर्ने देउवाले आफ्नो समूहलाई एकत्रित बनाएर पनि राखेका छन् । यता संस्थापन पक्षसँग योग्य उमेदवारको कमी नभए पनि कोइराला परिवारबाट यसपटक सभापति हुने चाहना सुजाताबाहेक अरूले प्रकट गरेका छैनन् । सुशील कोइराला छँदासम्म त रामचन्द्र पौडेलकै दाबीलाई समेत गम्भीरतापूर्वक लिइएको थिएन । दाबी त महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि सभापति पदमै गरेको समाचार सार्वजनिक भएको छ । तर, उनको दाबीलाई पनि खासै गम्भीरतापूर्वक लिइएको देखिँदैन । सिटौला हदै भए कैँची उमेदवार हुनेहुन् भन्ने एकथरीको टिप्पणी छ भने अर्काथरी उनको आँखा संसदीय दलको नेतामा लागेकाले यो दाबी ‘कहीँ पे निगाहेँ कहीँ पे निसाना’ हो भन्छन् । यसै पिन सिटौलाजस्ता माहिर खेलाडीले संस्थापन पक्षलाई हराउने गरी ‘आत्मघाती’ गोल कसरी गर्लान् र !

अहिले मूलतः सञ्चार माध्यममा बन्दै र बिग्रँदै गरेका गठबन्धनहरू पात र माटाको मितेरीजस्तै हुन् ।

No comments:

Post a Comment