Thursday, November 1, 2012

बर्बादीको कारण



विश्व समृद्धि सूची (Global Prosperity Index (GPI)), २०१२ मा नेपाल निकै तल खस्केछ ।  अगिल्लो वर्ष ९३ अौं स्थानमा रहेको नेपाल अहिले १०८ अौंमा झरेको छ । लन्डनको लिगाथम इन्स्टिट्युटले प्रकाशित गरेको सूचीअनुसार उद्यमशीलता र अवसर, जनशक्ति विकास र शासन प्रणालीका  अाधारमा नेपालको अवस्था खस्केको देखिएको हो । सुशासन, भ्रष्टाचार, लोकतन्त्रजस्ता अरू कसीमा पनि केही वर्ष यता नेपाल लगातार खस्कँदै गएको छ ।
पहिलो जनअान्दोलन (२०४६) पछिका केही वर्ष नेपालको अार्थिक-सामाजिक उन्नति निकै तीव्र गतिमा भएको थियो । माअोवादी हिंसा चलिरहँदा पनि मन्द गतिमै सही देश अगाडि बढेकै थियो । दोस्रो जनअान्दोलनपछि किन मुलुकको उन्नति रोकिएको हो ? राष्ट्रियता कमजोर भएको सबैले मानेका छन् । अर्थतन्त्र खस्केको प्रमाण जताततै देखिन्छ ।
संसदीय व्यवस्था समाप्त पारेपछि राजतन्त्र पनि सकियो । माअोवादी राजनीतिको मूल प्रवाहमा अायो । ज्ञानेन्द्रकै शासन कालमा देश अोरालो लाग्न थालेको हो । तेसैले राजतन्त्र हटाएकाले उन्नति रोकिएको भन्न पनि मिलेन । बरु राजा हटाउने संसारका धेरै मुलुकले उन्नति नै गरेकाछन् । माओवादीजस्ता उग्र कम्युनिस्टले शासन गरेका भने मुलुक भने बर्बाद भएका उदाहरण संसारमा थुप्रै छन् ।  

1 comment:

  1. देशको आर्थिक समृद्धिका लागि कुनै पनि राजनीतिक दलहरूले कहिल्यै सोचेनन । देशको अर्थतन्त्र भगवान भरोसे चलिरह्यो । सन्र १९९० मा देशमा आर्थिक उदारीकरण अपाइएका कारण त्यो दशमा केही आर्थिक उन्नति हासिल भए पनि त्यसले निरन्तरता पाउन सकेन, किनकी आर्थिक उदारीकरण यहाँका नीतिनिर्माता र राजनीतिक नेतृत्वको इच्छाशक्तिले भन्दा पनि १९८५ मा आइएमएफको ऋण लिन मानेको सर्त र तत्कालीन विश्व लहरको उपज थियो । यदि देशको आफ्नै नीतिगत निर्णय र उदारीकरणअनुसारको आर्थिक नीति कार्यन्वयन क्षमता हुन्थ्यो भने भारतले सरह आर्थिक उपलब्धी हासिल गर्न सक्दथ्यो, लडकका भरमा सुरू गरिएको उदारीकरणलाई सही ढंले सरकारहरूले 'ह्यान्डल' नै गर्न सकेनन ।

    ReplyDelete