Monday, November 11, 2013

सरी यार !

सरी यार !
मेरा एक जना समवयी िमत्र छन् पंचायतकालमै राष्ट्रिय राजनीतिमै चर्चित हुन पुन पुगेका । पछि उनको महत्वाकांक्षा र नेपाली कांग्रेसका जिल्लास्तरका नेताको डािहलो स्वभावका कारण राजनीतिको मूलधारबाट टाढा पुगेका । िबहान घुमेर फर्कँदा भेट भयो। सोधे - चुनावमा के गर्दैछस् । मैले अाफूले चुनावमा खासै चासो नराखेको बताएँ । उनले तेसाे भनेर सुख पाउँदैनस् भने । ( तँ र ितमी दुवै चल्ने मेरा थोरै साथीमध्येका हुन् ियनी ।) उनले अाफू यसपटक एजेन्ट र ठेकेदार हराउन लागिपरेको बताए । उनले हराउनुपर्ने भनेकाहरूमा  बाबुराम पुष्पकमल दाहाल कृष्णप्रसाद सिटौलालगायत थिए । मैले उनलाई शुभकामना दिएँ र बाटो लागेँ ।
िवसं २०२३ सालदेखि चुनावमा कुनै न कुनै रूपमा सक्रिय हुन्थेँ। जनमत संग्रहपछिकाे राष्ट्रिय पंचायतको एउटा चुनाव सक्रिय बहिष्कार गरे पनि अरू चुनावमा कांग्रेसका तर्फबाट उमेदवार हुने वा हैसियतअनुसार चुनाव अभियानमा सक्रिय हुन्थेँ । यसपटक चाहिँ तमासा हेरेर बस्न पाइयो ।  दसैं र तिहारमा खैरेनी  जाँदा पनि चुनावको चर्चै भएन। न कसैले सहयोगै माग्यो न प्रभावकारी सहयाेग गर्न सक्ने क्षमता नै रह्यो । यसैले कसैले पनि दुःख नदिएका होलान् । भोट चाहिँ काठमाडौमै हालिएला । 
र तिम्रो आदेश पालन गर्न पनि सक्रिय नहुने भएँ । सरी यार !

No comments:

Post a Comment