Monday, April 19, 2010

रानीबारीमा फोहोर

लाजिम्पाटबाट सामाखुसी निस्कने बाटामा एउटा थुम्को छ । त्यसमा बन छ । थलीमा मन्दिर पनि छ । त्यसलाई रानीबारी भन्छन् । बिहान त्यहाँ जानेको संख्या ठूलै हुन्छ । त्यही बन पनि फोहोर बनाउँछन् बनभोज र सुटिङ गर्नेहरूले । रेखदेख गर्ने समिति छ । ९ बजेपछि बनभित्र पस्नै पैसा तिर्नुपर्छ तर फोहोरको भने तिनले खासै वास्ता गरेजस्तो लागेन । आइतबारको फोहोरका केही तस्बिर

No comments:

Post a Comment