Friday, October 2, 2009

साैन्दर्य चेत


शिवपुरी यात्रामा हन्डर खानुसम्म खाइयो । सास्ती, अत्यास र रमाइलो मिसिएको यात्रा बिर्सन नसकिने भयो । नागरिक न्युज अनलाइनमा लामो विवरण छ । त्यहाँ प्रकाशित भएपछि लिंकअप गराउँला । शिवपुरीको चुचुरोमा पुगेपछि शिवजी बाबाको कुटीको भग्नावशेषमा ध्यान मग्न हुन खोज्दै थिए । इन्दुले नङ पालिस झिकिन् र लगाउन थालिन् । धेरै पुरानो प्रसंग सम्झेँ - इन्डोनेसियामा ट्राफिक जाममा परेकी महिलाले शृंगार गरेकी तस्बिर त्यति बेला निकै चर्चित भएको थियो । साैन्दर्य चेतना नारीहरूको विशेष गुण नै रहेछ । बहिनी इन्दुको अनुमति लिएर यो तस्बिर यहाँ राखेको छु ।

No comments:

Post a Comment