डिसेम्बर १०, २०१५
मानव अधिकार मनाउन सबै
व्यस्त भएका बेला म पुगेको थिएँ सुनसान बीपी संग्रहालय, सुन्दरीजल । संग्रहालयमा भूकम्पले धेरै नै विनाश गरेको रहेछ
।
नेपाली कांग्रेसका नेताहरू कति समदर्शी रहेछन् भने सत्तामा रहेका बेला जनताको बिचल्लीजस्तै उनीहरूले बीपी संग्रहालयका सामग्रीप्रति पनि निस्पृहता
प्रकट गरेछन् । सुशील कोइरालाको सरकारले संग्रहालयको पुनःस्थापनाका लागि केही
गरेनछ । आफ्ना नेताका नामको संग्रहालयको संरक्षण गरेर पक्षपात गर्नु पनि त भएन नि
!
बीपीहरूलाई बन्दी बनाएर
राखिएका राणाकालीन भवनहरू भत्केका छन् । पुरातत्व विभागले अध्ययन गर्दैरहेछ । ती
भवन पहिलेकै सामग्री प्रयोग गरेर पुनर्निर्माण गरिनसक्छ ।
बीपीको नाम बेचेर धेरैले
खाएका छन् । बीपीको विचारको त कन्त बिजोग बनाएका थिए नै कांग्रेसका नेताले संग्रहालयको समेत बेहाल बनाए ।
बीपीप्रति साँच्चैको श्रद्धा प्रकट गरेर संग्रहालयलाई तत्काल
सञ्चालनमा ल्याउन अस्थायी प्रदर्शनी कक्ष बनाउन कसैले अग्रसरता लेलान् ?
No comments:
Post a Comment