Monday, August 20, 2012

भोटको भय



भोटको भय
पाटनढाेकािस्थत यलमाया केन्द्रमा स्वतन्त्र िचनिया वृत्तिचत्रहरू देखाइएका थिए । उद्घाटनमा देखाइएको सुपर गर्ल्स आइतबार दिउँसो पुनः देखाइयो । निर्देशक जियान यी प्रदर्शनमा उपस्थित थिए । अमेरिकन आइडलकै सिको गरेर सुरु गरिएको यो प्रतियोगिता निकै लोकप्रिय भएपछि अहिले बन्द गरिएको छ । सरकारले चिनिया युवामा कुसंस्कार बढ्ने डरले बन्द गरेको बताए पनि खास कारण अर्कै रहेछ र एमएसएस भोिटंङबाट विजेता छान्न पाइने यस प्रतियोगिताले जनताले मतको महत्त्व र स्वाद थाहा पाउलान् भन्ने भयले सरकार तर्सेको रहेछ । पंचायतकालमा विद्यार्थी संगठनहरूमा प्रतिबन्ध लगाइएकाे संझना भयाे ।

न्यायका नौ िसङ 
भारतका १४ जना अवकाश प्राप्त न्यायाधीशहरूले राष्ट्रपतिलाई मृत्युदण्डका ९ वटा सजायलाई आजीवन कारावासमा बदल्न आग्रह गरेका छन् । अज्ञानका कारण गलत निर्णय भएको भन्दै सर्वोच्च अदालतले ३ पटक निर्णय गरिसकेको भए पनि सजाय कायमै छ । यसले न्याय प्रणालीप्रति जनविश्वास घट्ने हुनाले सजायमा परिवर्तन हुनुपर्ने धारणा उनीहरूको छ ।
नेपालमा कानुन र न्याय प्रक्रियाका विभिन्न पक्ष विवादास्पद भए पनि न्यायाधीहरूले खासै चासो राखेको देिखएको छैन । यसले पनि कानुन बनाउँदा बढी नै सावधान हुनुपर्ने देिखन्छ र 

प्रचण्डको हुँकार  
पुषपकमल दाहाल प्रचण्डले माओवादीको सरकार अरू २० वर्ष चलाउने धाक लगाएछन् । मधेसीले गंगादत्त भ्यागुतालेजस्तै सर्पलाई निम्ता िदएर सत्ता बुझाए पनि त्यो क्षणिक हुन्छ । दाहालको मनसुवा भने थाहा भयाे । किन होला यस्तो अनित्य संसारमा पनि यति अहंकार जागेको ?  २० वर्ष शासन गर्नेहरू पनि कोही अजम्मरी त भएका छैनन् ! इतिहासमा अहंकारी शासक धेरैको पतनै भएको वर्णन छ । दाहालकै नेपाली आदर्श जंगबहादुर हुन् वा नेता स्टालिन वा माओ मरेपछि पनि निन्दितै भएका छन् । संसार कसैले जितेको छैन । माने पनि नमाने पनि नियतिले नै खटाएको देिखन्छ । 

No comments:

Post a Comment