Tuesday, August 28, 2012

आमा र लास


आमाको लास चितामा राख्नु अगाडि लुगा र गहना फुकाइदिन भनियो। लुगा त सजिलै फुकालियो तर गहना फुकाल्न गाह्रो भयो। माघको जाडो, नदीको तिर, आधिरात । हातमात्र हैन शरीर पनि लगलग कामेको थियो। गहना खासै केही थिएनन्  - फूली, ढुंग्री र मारबाडी मुन्द्री।  ढुंग्री सजिलै फुक्ल्यो। मारबाडी अलि मोटै थियो। फुकाल्न पनि गाह्रै भयो। बेर लागेको देखेर नजिकैका सज्जनले सम्झाए 'अलि बल गरेर तान न !  दुख्ने हैन क्यारे। अहिल्यै पोल्ने शरीरको के माया?'  नभन्दै अलि बल गर्नेबित्तिकै मुन्द्री फुक्ल्यो। फूलीको पालो आयो। फूली फुकाल्न झन् गाह्रो भयो। सानो टुक्रा समात्नै नमिल्ने। नाकको प्वालभित्र पेच फुकाउनु पर्ने। बेर लाग्ने देखेर तिनै सज्जनले फेरि भने ' बाबु ! आमा त मरेर गइन्। जाबो फूलीको के मोह? सुन हो, अपवित्र हुँदैन। लाससँगै जलाइदिए हुन्छ।' 
(करिब २५ वर्ष पहिले लेखेका लघु कथा  भेिटए । जाँगर चले ल्बगमा राखौँला ।)

1 comment:

  1. राख्नु परो दाइ। सक्ने जति सार्थक केही गर्नु परो!

    ReplyDelete