Monday, August 13, 2012

भ्रष्टाचारको आरोप


कुनै बेला कांग्रेसलाइ अराष्ट्रिय तत्व भनिन्थ्यो। अन्ततः त्यही कांग्रेसले राष्ट्रियता जोगाउनु परेको थियो । अहिले कांग्रेसको छवि भ्रष्ट बनाउने खेल भइरहेको छ। अख्तियारले मुद्दा चलाउनुभन्दा पहिल्यै सञ्चार माध्यमले कांग्रेसका केही नेतालाई भ्रष्ट घोषित गरिसकेको थियो। कांग्रेसका सबैभन्दा धनी नेताभन्दा कैयौँ गुना धेरै पैसा कमाएका अरू पार्टीका नेतालाई समाज र सञ्चार माध्यमले भ्रष्ट ठान्दैन। माओवादी नेताको सम्पत्तिको छानबिन उनीहरूले नै गरे हुन्छ। राज्यले हेर्नै पर्दैन। पार्टीका नाममा जति भ्रष्टाचार गरे पनि औँला समाजले औँला उठाउँदैन। अनि पार्टीको पैसा आङ्ग134ना लागि जसरी खर्च गरे पनि हुन्छ। त्यो भ्रष्टाचार मानिदैन। प्रतिस्पर्धी सहकर्मी भ्रष्टाचारको आरोपमा थान्को लागेकोमा अहिले हर्ष बढाइँ गर्नेहरूले कुनै न कुनै दिन आफ्नो पनि पालो आउँछ भन्ने बिर्सेका छन्। यो समाज र सञ्चार माध्यममा यो पुस्ता पूर्वाग्रहमा आकण्ठ डुबेको छ। सञ्चार माध्यममा प्रसारण गरिएका ध्वनि र दृश्य कतै बाँकी होलान्। छापिएका अक्षर पनि होलान्। कतिपयलाई लाग्दो हो अरूको इसारामा गरेको काम वा प्रचार कसैले थाहा पाउँदैन। सत्य सयौँ वर्षपछि पनि प्रकट हुन्छ। कुनै दिन कसैले अनुसन्धान गरेछ भने कांग्रेस शब्दलाई नै भ्रष्टाचारको पर्याय बनाउन तस्करतन्त्र कसरी लागि परेको थियो भन्ने पुष्टि हुनेछ। तस्करतन्त्रका पोष्यपुत्रहरू कसरी कांग्रेस नेताहरूकै आड र अनुहारमा पार्टीको जरो खलबल्याउन सक्रिय भएका थिए भन्ने देखिनेछ। 
यत्ति हो कांग्रेसजनमा इच्छाशक्ति भने चाहिन्छ ।
  

No comments:

Post a Comment