Monday, April 26, 2010

गिरिजाबाबुको अभाव

बाँचुन्जेल कतिले उनलाई समस्या भने । मरेपछि एकाध जना खलनायक भन्ने पनि निस्के । नेपालको इतिहासमा सबैभन्दा धेरै गाली खाने नेता उनै हुन । तर, उनको अभावको अर्थ अब बुझ्न थालिएको छ । मुलुक मुठभेडमा जाँदैछ। बर्बाद हुन्छ भन्ने थाहा पाएरै पनि हठ छाड्न कोही तयार छैनन् । कम्तीमा सबैलाई बोलाएर एकै ठाउँमा राख्न अौला ठड्याएर सहमति, सहकार्य र एकताको विकल्प छैन भन्ने त सम्झाउँथे गिरिजाबाबुले । यसरी सबैले हठ गरिरहने हो भने मुलुक कम्बोडिया कि इन्डोनेसिया हुने जोखिम बढ्दो छ । गिरिजाबाबु थिए र गाली भने पनि गरेर चित्त बुझाउन पाइन्थ्यो । अब कस्लाई दोष दिने?

No comments:

Post a Comment