Monday, April 26, 2010

माओवादी कब्जाको हल्ला

नेपाललाई भूपिले हल्लै हल्लाको देश भनेका छन् । यहाँ हल्ला बढी नै चल्छ । अहिले सुनिएका केही हल्लाः
१. काठमाडौं ल्याइने कार्यकर्ता राख्न परेकाले अखिल क्रान्तिकारीले नीजी विद्यालय बन्द गराएको हो ।
२. बैशाख १८ गते काठमाडौं आएपछि माओवादी कार्यकर्ता सत्ता कब्जा गरेरमात्रै फर्कने छन् ।
३. सिंहदरबार घेरेर प्रधानमन्त्रीलाई किर्गिज शैलीमा बर्खास्त गर्ने र सरकारको घोषणा गर्नेछन् । त्यो सरकारले भूमिसुधारलगायत केही चर्का क्रान्तिकारी (?) घोषणा गर्नेछ । माओवादीले ९महिनामा केही गरेन भन्ने मेटाउने रे ।
४. यसरी बनाएको सरकारलाई चीनले मान्यता दिन्छ रे । अनि अनमिनले सघाउँछ रे । भारतले कचकच गरे सन् १९५० को सन्धि खारेज गरिदिने रे ।
५. अरू मुलुकले मान्यता नदिए पनि चीन र राष्ट्रसंघको आड पाएपछि १५-२० वर्ष सजिलै माओवादी सरकार चल्छ रे ।
६. माओवादीले गर्न लागेको जनप्रदर्शनमा सरकारले बल प्रयोग गरे क्रान्तिकारी युवाले मुलुक नियन्त्रणमा लिने माओवादी अध्यक्ष पुष्पकमल दाहालले भनेपछि हो कि तल्ला तहका कार्यकर्ताका कुरा सही हो कि क्या हो जस्तो लाग्न थालेको छ तर पत्याउन भने गाह्रै भएको छ।

No comments:

Post a Comment