अस्तव्यस्त परिस्थिति शान्त भएर सम्हाल्ने क्षमता नेतामा आवश्यक हुन्छ। अर्थात् उसमा धीरोदात्त नायकको गुण हुन्छ। नेपाली कांग्रेसमा भने नेताको पगरी गुत्थ चाहनेहरूले गिरिजाबाबुको अस्तु पनि नसेलाउँदै नेतृत्वका लागि विवाद गरे। यही छुद्रताले पनि यिनले कांग्रेसलाई नेतृत्व दिन नसक्ने साबित भएको छ। अहिले कार्यबाहक सभापति भएकाले सुशील कोइराला नेता हुने, पार्टी एकीकरण हुँदा दोस्रो वरीयतामा परेकाले शेरबहादुर देउवा नेता हुने वा यी दुई जनाको नेतृत्वमा रामचन्द्र पौडेल मिसिएर त्रय नेताको सामूहिक नेतृत्वमा पार्टी चलाउनेजस्ता विचार अगाडि आएका छन्। यसैगरी त्रय नेताको धारणालाई चुनौती दिन पनि थालिएको छ। सुशीलले 'संस्थागत निर्णय'द्वारा पार्टी सञ्चालन गर्ने धारणा अगि सारेर केन्द्रीय सदस्यलाई केही मत्थर पारेका छन्।
नेपाली कांग्रेसको स्थापनापछि नेतृत्वको संकटै परेको सायद अहिले मात्रैै हो। किसुनजी मूलधारको राजनीतिमा सक्रिय भइरहेको भए सम्भवतः अहिले पनि नयाँ नेतृत्वको खोजी हुने थिएन। अहिले पार्टीका पदाधिकारी त छन् तर कांग्रेस नेताविहीन भएको छ। नेतृत्वमा नयाँ अनुहार देखिने बाटो कांग्रेसको विधानैले बन्द गरेको छ। गाउँफर्कको छाया परेको विधान अँठ्याएर कांग्रेसको काँधमा बसेका समुद्री बूढाहरू पार्टीको हैन आफ्नो भविष्य सुरक्षित गर्ने चिन्तामा छन्। कम्युनिस्टहरूको सिको गरेर सामूहिक नेतृत्व र ट्रोइकाको रट लगाउनु यसैको उदाहरण हो। पार्टी हाँक्ने आफ्नै क्षमतामा विश्वस्त हुन नसकेर सामूहिक नेतृत्वमा जोड दिँदैछन्।
सामूहिक वा त्रय नेताको अवधारणालाई उचित ठहर्याउन बीपीपछिको अवस्थालाई उदाहरण दिने गरिन्छ। गणेशमानजी, किसुनजी र गिरिजाबाबु एक अर्काका पूरक थिए। एउटामा नभएको गुण अर्कामा थियो। अलग अलग योग्यता र गुण एक हुँदा फलदायी भयो। अहिलेका सुशील, शेरबहादुर र रामचन्द्रमा त्यस्तो परिपू्रक गुण छैन। अहिले त विचारहीनता, अयोग्यता र बेइमानीको एकीकरण हुने जोखिम छ। किसुनजी सबैभन्दा बढी समय नेपाली कांग्रेसका सभापति रहे। तर, कार्यकर्ताको व्यक्तिगत दुःखसुखप्रति निस्पृह रहेकाले उनी पार्टीका नेता भएनन्। नेता हुनु र पार्टीको पदाधिकारी हुनु एउटै होइन।
नेता कार्यकर्ताको सुखदुःखको साथी पनि हो। नेताले कार्यकर्ताका पीरमर्का बु‰नुपर्छ। परिवारको अवस्था हेर्नुपर्छ। शुभेच्छुक र कार्यकर्ताको संरक्षण गर्नुपर्छ। पार्टीका सबैलाई समेट्न, कजाउन र खटाउन सक्नुपर्छ। पार्टीभित्र समर्थक, विरोधी र प्रतिस्पर्धी सबैलाई साथै लिएर हिँड्न सक्नुपर्छ। कार्यकर्तालाई क्षमताअनुसारको काम दिन सक्नुपर्छ। राम्रो गरे पुरस्कृत र नराम्रो गरे दण्डित गर्न सक्नुपर्छ। गन्तव्य किटान गरेर अगाडि लाग्न सक्नुपर्छ। अनिमात्र नेता होइन्छ। नेता असल र कुशल दुवै हुनुपर्छ।
भन्न त पहिले पनि कांग्रेसमा बीपी, सुवर्ण, गणेशमान र सूर्यप्रसादको नेतृत्व थियो भनिन्थ्यो। तर नेता त बीपी नै थिए। भद्रअवज्ञा आन्दोलन (२०१४)का बेला निर्वाचित सभापति सुवर्ण शमशेरले ...नेताले नै आन्दोलनको नेतृत्व गर्नुपर्छ' भनेर राजीनामा गरे। पार्टीको सबै खर्च बेहोर्ने सुवर्णले पटकपटक बीपीलाई नेतृत्व सुम्पेका थिए। सैद्धान्तिक मतभेद हुँदा पनि उनले बीपीलाई नै नेता मानिरहे। गणेशमानजीले पनि सधैँ बीपीलाई नेता माने। सूर्यबाबुले नेता मान्न छाडेपछि पार्टीमा पनि रहेनन्।
लोकतान्त्रिक दलमा एकल नेतृत्व हुन्छ। नेपाली कांग्रेसजस्ता छरछिमेकका अरू दलमा पनि एकल र अधिकांशतः पारिवारिक नेतृत्व रहेको छ। पाकिस्तान पिपुल्स पार्टीको स्थापना १९६७ मा जुल्पि्ककर अली भुट्टोले गरेका हुन्। आजीवन उनै यसका नेता रहे। सन् १९८० मा जुल्पि्ककर मारिएपछि पत्नी नुसरत यसको अध्यक्ष भइन् तर नेता छोरी बेनजिर थिइन्। त्यसपछि बाँचुन्जेल सत्तामा, जेलमा वा निर्वासनमा जहाँ हुँदा पनि नेता बेनजिरै थिइन्। आमा र भाइले विद्रोहै गरे। तैपनि, उनीहरू पिपुल्स पार्टीका नेता भएनन्। बेनजिर २००७ मा मारिएपछि उनैका छोरा बिलावललाई नेता बनाइएको छ। बेनजिरका पति आसिफ अली जर्दारी राष्ट्रपति त भए तर बेनजिरकै नाममा।
सोलेमन बन्दरानायकेले १९५१ मा स्थापना गरेको श्रीलंका फ्रिडम पार्टीको पनि इतिहास यस्तै छ। बन्दरानायकेको हत्यापछि पत्नी सिरिमाओ नेता भइन्। अनि छोरी चन्द्रिका नेता भइन्। तर, मूलधारमा नरहने बित्तिकै सिरिमाओ र छोरा अनुरा नेता हुन सकेनन्।
बंगलादेशको आबामी लिगमा पनि सन् १९४९ पछि शेख मुजिब र उनकी छोरीको नेतृत्व छ। पार्टी धेरै पटक फुट्यो तर मूलधार चाहिँ शेख परिवारपट्टि नै रह्यो। शेख हसिना पार्टीमा अविच्छिन्न नेता भइरहिन्।
सन् १८८५मा स्थापित अखिल भारतीय राष्ट्रिय कांग्रेसमा भारतको स्वतन्त्रतासँगै जवाहरलाल नेहरुको नेतृत्व स्थापित भयो। अहिलेसम्म उनैका सन्तानको नेतृत्व छ। राजीवको हत्यापछि गान्धीनेहरु परिवारको नेतृत्व सकिएको पनि ठानिएको थियो। तर ६ वर्षपछि पनि अन्ततः सोनियालाई नेतृत्व गर्न कर लगाइयो। उनले छाड्न खोज्दा पनि नेतृत्वले त्यो परिवारलाई छाडेन। अरू नेता हुँदा एकल नेतृत्व नभएकाले चलेन। पहिले ‘सिन्डिकेट' का नाममा सामूहिक नेतृत्वको अभ्यासपछि कांग्रेसमा विभाजित भयो। ठूला नेता सबै पन्छे। इन्दिरा गान्धी नेता बनिन्। राजीवको मृत्युपछि नरसिंह राव, सीताराम केशरीआदिका पालामा पनि कांग्रेस पुनः विभाजित भयो।
यसरी हेर्दा दक्षिण एसियामा पारिवारिक नेतृत्व पनि उत्तिकै महत्वपूर्ण तत्व रहेको देखिन्छ। कार्यकर्ताको विश्वास र संस्कार मूलतः यसको कारण हो कि? जेहोस्, अलि अलोकतान्त्रिक लागे पनि दक्षिण एसियाको राजनीतिमा पारिवारिक नेतृत्व लोकतन्त्रको स्थापना, प्रगतिशील परिवर्तन र विकासका दृष्टिबाट सफलै देखिएको छ।
नेपालमा कांग्रेसको गठन भएलगत्तै देखि नेतृत्वमा रहेकाहरूले विद्रोह गरिरहे। डिल्लीरमण रेग्मीले राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेसको एकीकरण स्वीकार गरेनन्। जनक्रान्तिमा रेग्मीको असन्तुष्टिले केही फरक परेन। त्यसपछि मातृकाबाबु, केदारमान व्यथितहरूले पार्टी छाडे। थुपै्र महामन्त्रीले पार्टी छाडे। पञ्चायत कालमा दुई पटक ठूलै समूहले पार्टी छाड्यो। तर मूलधार बीपी र उनका अनुयायी नै बनिरहे। नेपाली कांग्रेस बीपी कोइरालाको नेतृत्वमा क्रियाशील रहिरह्यो। यसैले सामूहिक नेतृत्व नेपाली कांग्रेसको परम्पराविपरीत देखिन्छ।
नेपाली कांग्रेस भर्खर हुर्कदँै गरेको पार्टी होइन। यसका केही परम्परा स्थापित भइसकेका छन्। बिम्व बनेको छ। कोइराला परिवार र विराटनगर कुनै न कुनैरूपमा कांग्रेससँग जोडिएकै छ। भुट्टो परिवारसँग सिन्ध वा नेहरु गान्धी परिवारसँग उत्तरप्रदेशजस्तो। भावी नेतृत्व चयन गर्दा यी सबैको प्रभाव पर्ने नै छ। विराटनगरमा जरा भएको र कोइराला परिवारबाटै नेता भएमा पार्टीले सहज गति लेला कि?
नेतृत्व चयन गर्दा सामयिक आवश्यकता पनि हेर्नेे कांग्रेसको परम्परा पनि रहेको छ। समाजवाद अपनाउने निर्णय गर्दा सुवर्णजीलाई सभापति बनाइएको थियो। मध्यमवर्ग नतर्सोस् भन्ने चाहना बीपीको हुनुपर्छ। तर, संविधान सभाको निर्वाचनका लागि भद्र अवज्ञा आन्दोलन गर्ने निर्णयपद्धि सुवर्णजीले बीचैमा पद छाडे। बीपीलाई सभापति बनाइयो। पञ्चायतविरुद्ध पहिलो सशस्त्र आन्दोलन चलाउँदा सुवर्णजी नेता भए। बीपी र गणेशमानले उनैलाई नेता भने। जेलबाट छुटेपछि बीपी स्वतः नेता भए। बीपी र गणेशमानजी नेपाल फर्कने भएपछि किसुनजीलाई कार्यबाहक सभापति बनाइयो। लोकतान्त्रिक आन्दोलन नेपाल केन्द्री बनाउने नीति लिइएको थियो र किसुनजी नेपालमै बस्थे।
अबको कांग्रेसको नेतृत्वले तत्कालै गर्नुपर्ने पहिलो काम मूलतः गिरिजाबाबुको पछिल्लो नीतिलाई अगाडि बढाउने हो। कम्युनिस्टहरूलाई विश्वासमा लिएर लोकतान्त्रिक पद्धतिमा समाहित गराउने नै गिरिजाबाबुको नीति हो। त्यस क्रममा कुनै पनि वर्गले अनावश्यक दुःख नपाओस् र कुनै वर्गविरुद्ध प्रतिशोध नलिइयोस् भन्नेमा सम्भवतः कांग्रेसका नेताले बढी ध्यान दिनुपर्नेछ।
आर्थिक विकास र वितरण दुवैलाई सन्तुलनमा राखेर न्यायपूर्ण र समतामूलक समाजको निर्माणमा केन्द्रमा बसेर सन्तुलन मिलाउनु सक्ने व्यक्ति कांग्रेसको नेता हुनुपर्छ। माओवादीलगायत अरु पार्टीका नेताले उपेक्षागर्न नसक्ने र कांग्रेसका कार्यकर्ताले भर गर्नसक्ने व्यक्तिले मात्र अब पार्टी हाँक्न सक्छ।
यो कार्यसमिति त मूलतः महाधिवेशन तयारी समितिजस्तै हो। यसैले कार्यबाहक सभापतिले महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नुपर्छ। अरू नेता सभापति बन्न कांग्रेसका कार्यकर्ताबाट अनुमोदित हुनुपर्छ। समुद्री बूढो बनेर काँधमा टाँसिन खोज्दा सिन्धावादले जस्तै कार्यकर्ताले मौका पाउनेबित्तिकै फालेर हिँडने छन्। त्यो मौका महाधिवेशनले दिनेछ। तर, नेतृत्व सम्बन्धमा विवाद होला भनेर केन्द्रीय समितिको बैठक बोलाउन डराउनेहरूले महाधिवेशन गराउलान्?

No comments:
Post a Comment