Tuesday, August 5, 2014

मोदी मन्तव्यको अनर्थ


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘हिमाल, पहाड र तराई’ भने  ‘मधेस' भनेनन्। ‘गणतन्त्र' त भने तर ‘धर्मनिरपेक्षता'को उच्चारणै गरेनन् ।  यसले 'अब नेपालमा प्रदेश विभाजन गर्दा 'ठाडो चिरा' लगाउनुपर्छ र मुलुकलाई 'हिन्दु गणराज्य’ बनाउनुपर्छ भन्ने स्वर पक्कै चर्को हुनेछ । तर यस्तो 'उग्र राष्ट्रवादी' र 'धार्मिक पुनरुत्थानवादी’ आग्रहले ‘विखण्डनवादी' र ‘धार्मिक उपनिवेशवादी'लाई झन् उक्साउनेछ। संघीयताकाे मर्ममा प्रहार गरेर जातीय र क्षेत्रीय साम्प्रदाियकले जस्तै उग्र राष्ट्रवादीले पनि राष्ट्रिय एकताको जरा कमजोर बनाएका छन् । अब ठाडो चिरा पार्ने वा संघीयतामा जान नदिने वा धार्मिक पुनरुत्थानको प्रयास गर्नु नेपाल र नेपालीको हितमा हुनेछैन । मोदीको मन्तव्यको अनर्थ लगाएर देशमा द्वन्द्व चर्काउने कारक नबनौ ।

No comments:

Post a Comment