Wednesday, August 20, 2014

बाढी पीिडत क्षेत्रमा उद्धार र पुनःस्थापनाको अनुभव


िवसं २०५० को बाढीपछि उद्धार र पुनःस्थापना कार्यमा समाज कल्याण परिषद्को भूमिका लगभग केन्द्रमा थियो। ठूला भौतिक संरचनाकाे पुनःनिर्माणबाहेकका सबैजसो काममा परिषद्ले समन्वय गरेको थियो। परिषद्को कार्यकारी निर्देशकका रूपमा र रुचिको विषय पनि भएकाले म बढी नै संलग्न भएको थिएँ। सदस्य सचिव कृष्ण खनालले बीचैमा राजीनामा गरेकाले पनि मलाई बढी संलग्न हुन कर लागेको थियो।
१ बाढी गएको भोलिपल्टै  नेपाल रेडक्रसलगायतको सहभागितामा परिषद् मा डेस्क बनाएर उद्धार सामग्री संकलन र वितरणको व्यवस्था सुरु गरिएको थियो। 
२ स्वास्थ्य मन्त्रालयले बाढी पीडित क्षेत्रमा औषधिसहित िचकित्सक तैनाथ गरेको थियो। सफा खाने पानीका लागि प्लास्टिकको ट्यंाकी वितरण गरिएको थियो ।
३ अन्तर्राष्ट्रिय गैससको बैठक बोलाएर पुनः निर्माणमा सहयोग जुटाउन आग्रह गरिएको थियो। 
४ विश्व खाद्य कार्यक्रम र युनिसेफको सहयोग परिषद्को पौष्टिक आहार कार्यक्रममार्फत् चिनी दूध चामल पीठो ३ महिनासम्म वितरण गरिएको थियो।
५ थुप्रैवटा क्षतिग्रस्त विद्यालयको मर्मत र नवनिर्माण विभिन्न INGOs को सहयोगमा परिषद्को समन्वयमा गरिएको थियो। 
६ बाढीबाट विस्थापितका लागि ताइवानकाे बौद्ध संस्थाको सहयोगमा १८०० वटा पक्की घर बनाइएको थियो ।
  • उद्धार कार्य चल्दै गर्दा स्थलगत निरीक्षणका लागि गएका मिसनरी अफ च्यारिटीका सिस्टरहरूले िवहार र बंगालमा यसरी व्यवस्थितरूपमा उद्धार र पुनःस्थापना कार्य भएको कहिल्यै नदेखेको भनेर सराहना गरेका थिए। खासगरी बाढीपछि कुनै पनि रोग नफैलेकोमा उनीहरू आश्चर्यचकित भएका थिए । 
  • योजना आयोग स्वास्थ्य मन्त्रालय सुकुम्वासी आयोगसँग निकै निकट समन्वयमा काम भएको थियो। तर सबैभन्दा ठूलो बल चाहिँ प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको रुचि र समर्थन भएको थियो।


No comments:

Post a Comment