Sunday, November 17, 2013

कार्टरका कुरा

जिमी कार्टरले चुनाव जित्दा म खुसी भएको अझै सम्झना छ। कुन्नि किन अमेरिकाको डेमोक्रेटिक पार्टी सानैदेखि मन पर्थ्यो। कार्टरले जित्दा नेपालको लाेकतान्त्रिक आन्दोलनलाई बल पुग्छ जस्तो लाग्थ्यो । कार्टरले सीआइएले अपराधीलाई एजेन्ट बनाउन नपाउने आदेश दिएको थाहा पाएपछि त झन् म उनको फ्यानै भएको थिएँ। तर राष्ट्रपतिकारूपमा सन् १९७८ मा भारत भ्रमण गर्दा नेपालका बारेमा गरेको टिप्पणीपछि भने यी अलि फ्यांला रहेछन् भन्ने लाग्यो। पंचायतको चरम िनरंकुश कालमा उनले भारतको कुरा सुनेर नेपालमा प्रजातन्त्र छ भने। तेसपछि भने श्रद्धा घट्दै गयो। बीपी जेलमा थिए सायद । कार्टरले केही भन्लान् कि भन्ने अपेक्षा थियो । 
गएको चुनावमा उनको टिप्पणी र नेपालमा तिनले राखेका कारिन्दाका क्रियाकलाप देखेपछि त झन् दिक्क लागेको थियो। हेरौं बूढाले यसपटक कसो गर्छन् ? आशा गरौं, गत िनर्वाचनमा जस्तो यसपटकको उनको टिप्पणी उपहासको विषय नबनाेस् !
व्यक्तिका रूपमा भने कार्टर असलै मानिन्छन् क्या रे !

No comments:

Post a Comment