Thursday, November 7, 2013

सुनेका कुरा

चुनावका बारेमा सुनेका १० वटा कुरा ः

१ नेपाली कांग्रेसका पक्षमा जनमत देखिएको छ । नेता गतिला भए यस समर्थनलाई जनलहरमा बदल्न सक्ने थिए । चुनाव व्यवस्थापन गर्न सके प्रत्यक्षमा कांग्रेसले बहुमत स्थान जित्न सक्छ।
२ कांग्रेसलाई विपक्षीभन्दा अन्तर्घातबाट बढी हानि हुने खतरा देखिएको छ ।
३ सभापति सुशील कोइरालाले बाँकेभन्दा चितवनबाट सजिलोसँग जित्दैछन् । चितवनवासी बढी नै उत्साही भएका छन् ।
४ चुनावको सानातिना पक्षको व्यवस्थापन नजानेर पनि कांग्रेसले केही स्थान गुमाउन सक्छ ।
५ कोइराला र देउवा पक्षबीच जिल्लामा खासैै समन्वय छैन ।
६ देउवा पक्ष स्रोतसाधनमा सम्पन्न छ तर कोइराला पक्षलाई धौधौ छ। 
७ केन्द्रमा चुनाव हाक्ने कोही भएन। नेताहरू अाफ्नै चुनावमा व्यस्त भएकाले धेरै उमेदवार टुहुराजस्ता भएका छन् ।
८ धेरै क्षेत्रमा कांग्रेस र एमाले प्रतिस्पर्धामा देिखएका छन् तर एमाओवादीले कुन बेला के गर्ने हो भनेर थरहरी छन् ।
९ प्रत्यक्षमा कतै नजिते पनि समानुपातिकमा राप्रपा नेपालले ३० सिट जति पाउन सक्छ ।
१० पहिलो दोश्रो र तेस्रो कांग्रेस एमाले र एमाओवादी हुनसक्छन् । 


No comments:

Post a Comment