Saturday, April 3, 2010

के हुँदैछ यस देशमा?

काठमाडौं सहरका मुख्य चोकमा पुग्दा झुक्किएर कतै भारतको उत्तर प्रदेशको कुनै सानो बजारको गल्लीमा पो पुगियो कि जस्तो लाग्छ । रामदेव, कृपालु जी महाराज र अर्का कुनै कथित स्वामीको पोस्टर टाँसिएको छ । हाम्रा नारायण पोख्रेलको त यस्तो धुम देखिएन । उनले सामाजिक विकासमा गरेको योगदानका तुलनामा यिनको कुनै हैसियत त छैन । किन नेपाली यति मूर्ख र भावुक भएका हुन् ? के हुन लागेको हो नेपाली नेता र अगुवालाई?

टुक्राटाक्री

१. योग प्रशिक्षक रामदेवलाई दिइएको महत्त्व जनतालाई रूचेको छैन भन्ने ज्ञान हाम्रा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका ठूलाठालुलाई छ कि छैन होला?
२. गिरिजाप्रसाद कोइरालाको शव यात्रा र आज शनिबार कांग्रेसले आयोजना गरेको श्रद्धाञ्जली सभामा उपस्थिति हेर्दा सूर्य र बालुवाको दृष्टान्त सम्झना भयो । घाम लागुन्जेल बालुवा झन् तातो हुन्छ तर अस्ताउनेबित्तिकै चिसिन्छ । कांग्रेसको तेज कोइरालै हुन् क्यारे ! कि नेताको अस्तु नसेलाउँदै कुर्सीका भएको घीनलाग्दो हानथापले जनता वाक्क भएका होलान् ?

Friday, April 2, 2010

गिरिजाबाबुलाई सम्झँदा - १

नमानेको आदेश

गिरिजाबाबुको निधनपछि थालिएको उहाँको गुनगान अब मत्थर हुन थालेको छ । उहाँको व्यक्तित्त्वका

विविध पक्ष उजागर भयो । मैले उहाँको निकट भएर काम गर्ने खासै मौका पाइन । तैपनि उहाँको

व्यक्तित्त्वका केही पाटाहरू उजागर गर्ने घटना सम्झनामा छन् । त्यस्ता घटना बिस्तारै लेख्दै जाने जमर्को गर्नेछु । तिनलाइ समानान्तरमा पोस्ट गर्नेछु ।
पोखराबाट फर्कँदा नेतात्रयसँग खैरेनीमा ।

कसैलाइ छाप्न, रेडियोमा प्रसार गर्न मन लागे गरे हुन्छ । स्रोत खुलाए आभारी हुनेछु, नखोले पनि कसैमाथि मुद्दा हाल्ने छैन ।
पत्रकारितालाइ पेसा बनाउनुपूर्व म सरकारी कर्मचारी र त्यसभन्दा पहिले राजनीतिक कार्यकर्ता थिएँ ।

पत्रकारका रूपमा उहाँलाइ गाली नगर्ने थोरै जनामा पर्थेँ । पद छाड्न र सुजातालाइ काखी नच्याप्ने

आग्रह उहाँलाइ मन नपरेको प्रसंग पनि हुनसक्छ । जेहोस्, मलाइ गिरिजाबाबुलाइ बुझ्नसक्छु भन्ने

भ्रम थियो । उहाँले मैले देखेको मन पराएको पनि थाहा पाएको थिएँ । यसको पृष्ठभूमि निकै पुरानो छ

सत्याग्रह (२०४२) पछि नेपाली कांग्रेसले पोखरामा भेला गरेको गरेको थियो । देशभरका नेता

कार्यकर्ता भेला भएका थिए । म त्यति बेला तनहुँ जिल्ला पञ्चायतको उपसभापति थिएँ । कांग्रेसले

आधिकारिकरूपमा पञ्चायतको चुनाव लड्ने निर्णय नगरे पनि तनहुँमा पार्टीकै तर्फबाट निर्वाचन

लडाइएको थियो । सभापतिसहित ११ मध्ये ७ स्थानमा कांग्रेसका उमेदवार निर्वाचित भएका थिए ।

मलाइ चुनाव लड्ने खासै मन थिएन तर जिल्लाका नेताहरूको दबाब र गाउँका साथीहरूको सल्लाहबाट

स्वीकार गरेको थिएँ । मेरो गाउँमा मबाहेक कांग्रेसकै अर्को मान्छेले चुनाव जित्ने अवस्था पनि सायद

थिएन । यस्तै जिल्लाव्यापी परिचय बनाएको अर्को व्यक्तित्त्व पनि थिएन । पहिले प्रधानपञ्च अनि

उपसभापतिको चुनाव जितेँ । उपसभापति भएपछि राजनीति अलि बढी नै तीतो हुँदै गएको थियो ।

राजनीतिमा चाहिले छलछाम नभएकाले पनि होला मन रमाउन सकेको थिएन । तर, काममा

सकेसम्म इमानदार हुने प्रयास गर्थेँ । यसैले कम्युनिस्ट र पञ्चहरूले पनि रूचाउन थालेका थिए ।

तर, कांग्रेसिभत्रै रिस गर्नेको संख्या थपिँदै गएको थियो । पञ्चायतमा बढ्दै गएको असहिष्णु

व्यवहारले वाक्क लागिसकेको थियो । त्यसैले मैले पञ्चायत रजत जयन्तीका अवसरमा पुस १,

२०४२मा दमौलीमा आयोजित कार्यक्रममा घोषणा गरेको थिएँ - अब पञ्चायतमा कुनै चुनाव लड्दिन

। त्यसपछि पोखरा भेला भएको थियो । मैले पोखरा भेलामा यही मनस्थितिमा भाग लिएको थिएँ ।

भेलामा मैले बोल्नुपर्छ भन्ने साथीहरूको सल्लाह थियो । मौका पाएँ पनि । मैले पार्टीले विकास

निर्माण समर्थकहरूको संरक्षणका लागि स्थानीय निर्वाचनमा भाग लिनुपर्छ तर मचाहिँ अब बिदा

लिन्छु भने । साथै पञ्चायतका पद र अवसरलाइ पार्टी संगठनका लागि भने प्रयोग गर्नु हुँदैन । त्यो

कम्युनिस्टहरूको शैली हो । हामीले राजनीतिक पहिचान कायमै राख्नुपर्छ तर कम्युनिस्टजस्तो

भूमिगतरूपमा पञ्चायतका पद र अवसरको अर्को प्रयोजनमा प्रयोग गर्नुहुन्न भन्ने मेरो मान्यता थियो

। चुनावमा भाग लिनुपर्छ भन्ने मेरो धारणा पुष्टि गर्ने तर्कमा भने - राजनीतिक परिवर्तनका लागि

पार्टीबाटै आन्दोलन गर्नुपर्छ । तर, हाम्रो विश्वासमा जनमत संग्रहमा बहुदललाइ मत दिएका कार्यकर्ता

र समर्थक मतदातालाइ पञ्चहरूको प्रतिशोधबाट बचाउन हामीले केही साथीलाइ पञ्चायतमा पठाउनै

पर्छ । नत्र पार्टीलाइ जनताले विश्वास गर्न छाड्नेछन् । भेलाका सहभागीले लामो ताली बजाएर मेरो

विचारको समर्थन गरे । ती शिक्षक थिए सायद ।
किसुनजी, गणेशमानजी र गिरिजाबाबुलगायत नेताहरूले पनि ध्यान दिएर सुनेजस्तो लाग्यो ।

गणेशमानजीले आफ्नै शैलीमा भन्नुभयो - के कुरा गरेको होला? पार्टीले चुनाव लड्नुपर्छ रे अनि म

चाहिँ लड्दिन रे ! मैले त केही बुझिन । म अलमल्ल परेँ । स्पष्टीकरण दिनुपर्ने हो कि भनेर माइक

नजिकै अलमलिएकै बेला किसुनजीले भन्नुभयो - ल ल मैले बुझेको छु । अहिले जानुस् । म

मञ्चबाट फर्कँदै गर्दा गिरिजाबाबुले भन्नुभयो - मलाइ भेट्नुस् ।
पोखराबाट उहाँहरू फर्कँदा दमौली पस्नुभयो । त्यहाँबाट खैरेनीसँग म पनि उहाँकै जिपमा आएँ ।

बाटामा उहाँहरू चितवन जाने थाहा भयो । मलाइ पनि त्यही दिन जन्त जानु थियो गैंडाकोटसम्म ।

म जन्तीसँगै गएँ । साँझपख भरतपुरमा उहाँहरू बसेको होटलमा पुगेँ । गिरिजाबाबुले बोलाउनु भयो ।

र मलाइ बिना भूमिका भन्नुभयो - राजनीति नछाड्नुस् । काठमाडौं आउँदा मलाई भेट्नुस् । मैले

राजनीति छाड्ने आफ्नो निर्णय स्पष्ट पार्न खोज्दै तनहुँमा पढेलेखेका नेता कांग्रेसमा छँदैछन् नि भनेर

नाम लिएँ । उहाँले भन्नुभयो - ती प्यारासाइट हुन् । तिनको नामै नलिनुस् । म अवाक् भएँ । उहाँले

कुराकानी टुंग्याउँदै आदेश दिनुभयो - राजनीति छाड्ने हैन । काठमाडौं आएर मलाई भेट्नुस् । मैले

राजनीति छाड्ने अठोट गरिसकेकै थिएँ । तर, उहाँको तत्काल प्रतिवाद गरिन हाँसेर टारेँ ।
पछि काठमाडौं आउँदा पनि उहाँलाई एक्लै भेटिन । जनआन्दोलन भयो । त्यसपछिका भेटमा मैले

कहिल्यै त्यो प्रसंग उठाइन । उहाँले पनि बिर्सनु भयो होला । मलाई राजनीति गर्ने आदेश दिनु भएन

गिरिजाबाबुले मलाई किन राजनीति नछाड्न भन्नु भयो होला भन्ने अहिलेसम्म बुझ्न सकेको छैन ।

गिरिजाबाबुलाई सम्झँदा - १

नमानेको आदेश

गिरिजाबाबुको निधनपछि थालिएको उहाँको गुनगान अब मत्थर हुन थालेको छ । उहाँको व्यक्तित्त्वका

विविध पक्ष उजागर भयो । मैले उहाँको निकट भएर काम गर्ने खासै मौका पाइन । तैपनि उहाँको

व्यक्तित्त्वका केही पाटाहरू उजागर गर्ने घटना सम्झनामा छन् । त्यस्ता ङटना बिस्तारै लेख्दै जाने

जमर्को गर्नेछु । तिनलाइ समानान्तरमा पोस्ट गर्नेछु । कसैलाइ छाप्न, रेडियोमा प्रसार गर्न मन लागे

गरे हुन्छ । स्रोत खुलाए आभारी हुनेछु, नखोले पनि कसैमाथि मुद्दा हाल्ने छैन ।
पत्रकारितालाइ पेसा बनाउनुपूर्व म सरकारी कर्मचारी र त्यसभन्दा पहिले राजनीतिक कार्यकर्ता थिएँ ।

पत्रकारका रूपमा उहाँलाइ गाली नगर्ने थोरै जनामा पर्थेँ । पद छाड्न र सुजातालाइ काखी नच्याप्ने

आग्रह उहाँलाइ मन नपरेको प्रसंग पनि हुनसक्छ । जेहोस्, मलाइ गिरिजाबाबुलाइ बुझ्नसक्छु भन्ने

भ्रम थियो । उहाँले मैले देखेको मन पराएको पनि थाहा पाएको थिएँ । यसको पृष्ठभूमि निकै पुरानो छ

नमानेको आदेश
सत्याग्रह (२०४२) पछि नेपाली कांग्रेसले पोखरामा भेला गरेको गरेको थियो । देशभरका नेता

कार्यकर्ता भेला भएका थिए । म त्यति बेला तनहुँ जिल्ला पञ्चायतको उपसभापति थिएँ । कांग्रेसले

आधिकारिकरूपमा पञ्चायतको चुनाव लड्ने निर्णय नगरे पनि तनहुँमा पार्टीकै तर्फबाट निर्वाचन

लडाइएको थियो । सभापतिसहित ११ मध्ये ७ स्थानमा कांग्रेसका उमेदवार निर्वाचित भएका थिए ।

मलाइ चुनाव लड्ने खासै मन थिएन तर जिल्लाका नेताहरूको दबाब र गाउँका साथीहरूको सल्लाहबाट

स्वीकार गरेको थिएँ । मेरो गाउँमा मबाहेक कांग्रेसकै अर्को मान्छेले चुनाव जित्ने अवस्था पनि सायद

थिएन । यस्तै जिल्लाव्यापी परिचय बनाएको अर्को व्यक्तित्त्व पनि थिएन । पहिले प्रधानपञ्च अनि

उपसभापतिको चुनाव जितेँ । उपसभापति भएपछि राजनीति अलि बढी नै तीतो हुँदै गएको थियो ।

राजनीतिमा चाहिले छलछाम नभएकाले पनि होला मन रमाउन सकेको थिएन । तर, काममा

सकेसम्म इमानदार हुने प्रयास गर्थेँ । यसैले कम्युनिस्ट र पञ्चहरूले पनि रूचाउन थालेका थिए ।

तर, कांग्रेसिभत्रै रिस गर्नेको संख्या थपिँदै गएको थियो । पञ्चायतमा बढ्दै गएको असहिष्णु

व्यवहारले वाक्क लागिसकेको थियो । त्यसैले मैले पञ्चायत रजत जयन्तीका अवसरमा पुस १,

२०४२मा दमौलीमा आयोजित कार्यक्रममा घोषणा गरेको थिएँ - अब पञ्चायतमा कुनै चुनाव लड्दिन

। त्यसपछि पोखरा भेला भएको थियो । मैले पोखरा भेलामा यही मनस्थितिमा भाग लिएको थिएँ ।

भेलामा मैले बोल्नुपर्छ भन्ने साथीहरूको सल्लाह थियो । मौका पाएँ पनि । मैले पार्टीले विकास

निर्माण समर्थकहरूको संरक्षणका लागि स्थानीय निर्वाचनमा भाग लिनुपर्छ तर मचाहिँ अब बिदा

लिन्छु भने । साथै पञ्चायतका पद र अवसरलाइ पार्टी संगठनका लागि भने प्रयोग गर्नु हुँदैन । त्यो

कम्युनिस्टहरूको शैली हो । हामीले राजनीतिक पहिचान कायमै राख्नुपर्छ तर कम्युनिस्टजस्तो

भूमिगतरूपमा पञ्चायतका पद र अवसरको अर्को प्रयोजनमा प्रयोग गर्नुहुन्न भन्ने मेरो मान्यता थियो

। चुनावमा भाग लिनुपर्छ भन्ने मेरो धारणा पुष्टि गर्ने तर्कमा भने - राजनीतिक परिवर्तनका लागि

पार्टीबाटै आन्दोलन गर्नुपर्छ । तर, हाम्रो विश्वासमा जनमत संग्रहमा बहुदललाइ मत दिएका कार्यकर्ता

र समर्थक मतदातालाइ पञ्चहरूको प्रतिशोधबाट बचाउन हामीले केही साथीलाइ पञ्चायतमा पठाउनै

पर्छ । नत्र पार्टीलाइ जनताले विश्वास गर्न छाड्नेछन् । भेलाका सहभागीले लामो ताली बजाएर मेरो

विचारको समर्थन गरे । ती शिक्षक थिए सायद ।
किसुनजी, गणेशमानजी र गिरिजाबाबुलगायत नेताहरूले पनि ध्यान दिएर सुनेजस्तो लाग्यो ।

गणेशमानजीले आफ्नै शैलीमा भन्नुभयो - के कुरा गरेको होला? पार्टीले चुनाव लड्नुपर्छ रे अनि म

चाहिँ लड्दिन रे ! मैले त केही बुझिन । म अलमल्ल परेँ । स्पष्टीकरण दिनुपर्ने हो कि भनेर माइक

नजिकै अलमलिएकै बेला किसुनजीले भन्नुभयो - ल ल मैले बुझेको छु । अहिले जानुस् । म

मञ्चबाट फर्कँदै गर्दा गिरिजाबाबुले भन्नुभयो - मलाइ भेट्नुस् ।
पोखराबाट उहाँहरू फर्कँदा दमौली पस्नुभयो । त्यहाँबाट खैरेनीसँग म पनि उहाँकै जिपमा आएँ ।

बाटामा उहाँहरू चितवन जाने थाहा भयो । मलाइ पनि त्यही दिन जन्त जानु थियो गैंडाकोटसम्म ।

म जन्तीसँगै गएँ । साँझपख भरतपुरमा उहाँहरू बसेको होटलमा पुगेँ । गिरिजाबाबुले बोलाउनु भयो ।

र मलाइ बिना भूमिका भन्नुभयो - राजनीति नछाड्नुस् । काठमाडौं आउँदा मलाई भेट्नुस् । मैले

राजनीति छाड्ने आफ्नो निर्णय स्पष्ट पार्न खोज्दै तनहुँमा पढेलेखेका नेता कांग्रेसमा छँदैछन् नि भनेर

नाम लिएँ । उहाँले भन्नुभयो - ती प्यारासाइट हुन् । तिनको नामै नलिनुस् । म अवाक् भएँ । उहाँले

कुराकानी टुंग्याउँदै आदेश दिनुभयो - राजनीति छाड्ने हैन । काठमाडौं आएर मलाई भेट्नुस् । मैले

राजनीति छाड्ने अठोट गरिसकेकै थिएँ । तर, उहाँको तत्काल प्रतिवाद गरिन हाँसेर टारेँ ।
पछि काठमाडौं आउँदा पनि उहाँलाई एक्लै भेटिन । जनआन्दोलन भयो । त्यसपछिका भेटमा मैले

कहिल्यै त्यो प्रसंग उठाइन । उहाँले पनि बिर्सनु भयो होला । मलाई राजनीति गर्ने आदेश दिनु भएन

गिरिजाबाबुले मलाई किन राजनीति नछाड्न भन्नु भयो होला भन्ने अहिलेसम्म बुझ्न सकेको छैन ।

Wednesday, March 24, 2010

प्रहरीको सोच

केही दिन पहिले नेपाल प्रहरीका एक जना उच्च अधिकृतलाई घाइते अवस्थामा भेटिए। समाचारअनुसार उनको टाउको फुटेको थियो। कुनै रेस्टुराँका कर्मचारीले उनको टाउको फुटाएका रहेछन्। प्रहरीले आफ्ना हाकिमलाई अस्पतालमा पुर्‍यायो। कुटपिटमा संलग्न भएको आरोप लागेका कर्मचारीलाई प्रहरी पक्रेको थियो। उनीहरू अहिले कहाँ छन् र प्रहरीले उनीहरूसँग कस्तो व्यवहार गर्‍यो भन्ने विषयमा कसैले चासो लिएको देखिएन। आधारातमा रक्सी खाएर रेस्टुराँका कर्मचारीमाथि हातपात गरेर पदीय मर्यादा उल्लंघन गरेको आरोपमा ती प्रहरी अधिकृतलाई सरकारले निलम्वन गरेको समाचार प्रकाशमा आएको छ।
अर्कातिर गएको शुक्रबार बिहान एउटा डिस्कोबाट प्रहरीले ३ सय ५६ जना युवालाई पक्रेर साँझ छाडेछ। ती युवामध्ये अधिकांश विद्यालयको पोसाकमै रहेछन्। प्रहरीले ठूलै 'बहादुरी' गरेको देखाउन सञ्चारकर्मीलाई बोलाएर लगेको पनि रहेछ। त्यसैले घटनाको प्रचारप्रसार पनि 'भव्य'रूपमा भएको छ। ती किशोरकिशोरीलाई प्रहरीले आफ्नो कार्यालयमा लगेर केरकार गरेछ। अनि, अभिभावक बोलाएर जिम्मा लगाएर पठाएछ। यसरी समातिएका विद्यार्थीमा थुपै्र स्कुल र कलेजका विद्यार्थी रहेछन्। प्रहरीका भनाइ पत्याउने हो भने त ती विद्यार्थी रक्सी र लागू पदार्थले मातेका र 'अश्लील' नृत्यमा संलग्न भएकासमेत थिए रे।
बिहानै पढ्न भनेर गएका छोराछोरीलाई प्रहरीले डिस्कोबाट पत्रे्कर जिम्मा जमानी लिन आफूलाई बोलाउँदा आमाबाबुको चित्त पक्कै दुख्यो होला। झन्, छोरीका आमाबाबु त मरे तुल्य भए होलान्। हाम्रो समाजमा इज्ज्त धान्ने ठेक्का छोरीका नाममा सदर जो भएको छ। अनि, त्यसरी डिस्कोबाट समातिएकी 'चरित्रहीन' केटीलाई बुहारीका रूपमा भित्र्याउन कोही तयार नहोलान् भनेर रातभर निद्रा लागेन होला। बाबुले निद्रा नलागेको निउँ बनाएर दुई घुट्की दिए पनि होलान्। आमाहरूले छोराछोरीको वास्तै नगरेकोमा बाबुलाई कचकच पनि गरे होलान्। हजुर बाआमाले नातिनातिनीको भन्दा छोराबुहारीको र अझ बुहारीको दोष बढी देखे होलान्। बुहारीको माइतीकै पनि दोष देखियो होला। जे होस्, प्रहरीको त्यस 'बहादुरी'ले धेरै घरको शान्ति खलबल्याएको हुनुपर्छ। प्रहरीले समात्नेबित्तिकै सातो गएका ती किशोर किशोरीले घर पुगेपछि 'बंक पार्टी' को स्वाद राम्रै भेटे होलान्। कतिले त थप्पडै भेटे होलान्। कतिको पेट गालीले भरियो होला। जेहोस्, निकै तीतो अनुभव भयो होला। स्वभाविकै पनि हो। कक्षा छाडेर डिस्को जानु राम्रो काम त हैन। नगएकै भए हुन्थ्यो। तर, त्यस उमेरमा जमानाअनुसारको बदमासी सबैले गरेका हुन्छन्। जस्ले गरेको छैन वा गर्दैन ऊ असामान्य हो। सबै असामान्य बन्न सक्तैनन्। यसैले अभिभावकले गाली गर्दा आफ्नो बेला बिर्सनु हुन्न। किशोरकिशोरीले चाहिँ यस्तो गल्ती सकेसम्म दोहोर्‍याउनु हुँदैन। सामाजिक मनोविज्ञानले यस्को बेग्लै व्याख्या गर्छ । अहिले यो प्रसंग यत्ति ।
नेपाल प्रहरीले आधारातमा सार्वजनिक स्थलमा रक्सीले मातेर कुटपिट गर्ने आफ्ना हाकिमलाई भने पक्रेर थुनेन । उनीमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा पिन चलाएको छैन। प्रहरी अधिकृतले जे गरे पनि हुन्छ? निलम्वन त उनको पदीय मर्यादा उल्लंघन गरेका कारण गरिएको विभागीय हो। त्यो कुटपिट गरेबापत दिइएको सजाय होइन। आधारातमा रक्सी खाएर सार्वजनिक ठाउँमा कुटपिट गर्नेमाथि मुद्दा चलाउने मिल्ने र पर्ने थुप्रै कानुन छन्। तर, उनी त प्रहरीका हाकिम ठहरिए। उनलाई कानुनले छुनै जो सक्तैन ।
अर्कातिर, कुनै कानुनले नदिएको अधिकार प्रयोग गरेर डिस्को नाच्दै गरेका युवालाई प्रहरीले दिउँसै पक्रेर कारबाही गरेको छ। उनीहरूलाई प्रहरी कार्यालय लैजाने, केरकार गर्ने र अभिभावकलाई जिम्मा लगाउने कार्य कानुनी कारबाहीकै एउटा प्रक्रिया हो। डिस्कोमा नाच्दैमा अपराध गरेको भन्न मिल्दैन। कक्षा 'बंक' गरेबापत कारबाही गर्ने अधिकार पनि प्रहरीलाई त छैन। यसैले प्रहरीले ती युवालाई पक्रने कुनै आधार देखिँदैन। डिस्को नाच्दैमा पक्रेर लैजानका लागि नेपाल प्रहरी इरानका अयातुल्ला खोमेनीको ' धर्म प्रहरी' हो र? कि नेपाल मध्ययुगीन इस्लामी कानुनद्वारा शासित मुलुक हो? डिस्कोमा जानु अपराध हो भने तिनलाई 'बालसुधार गृह' पठाउनुपर्थ्यो। अपराधीलाई सजाय वा क्षमा दिने अधिकार प्रहरीलाई हुँदैन। हैन भने प्रहरीले यस्तो मध्ययुगीन चरित्र, सोच र शैली बदल्नुपर्छ।
मनोविज्ञानमा हीनताबोध व्यक्तिमा उच्चता ग्रन्थीका रूपमा प्रकट हुन्छ भन्ने मान्यता छ। यो मान्यता प्रहरीको व्यवहारले प्रमाणित गरेको छ। ठूला अपराधी समात्न नसकेपछि के गर्ने? जो जो कमजोर छन् तिनैलाई झोँक देखाउने। नेपाल प्रहरी असल भएको भए सामाजिक मनोविज्ञानअनुरूप संवेदनशील व्यवहार गर्ने थियो । ती किशोरकिशोरीका मनमा पर्ने प्रभावप्रति प्रहरी सजग भएको भए यस्तो गर्ने थिएन। तैपनि, कानुनमै नभएको अधिकार प्रयोग गर्ने मूर्खता नगनेर् अपेक्षासम्म त गर्न सकिएला कि? अन्त, प्रहरीले सुराकी राख्छन्। नेपाली सञ्चारकर्मीलाई चाहिँ प्रहरीले सुराक दिन्छन्। रमाइलै छ।

Monday, March 22, 2010

ढल्यो धरहरा!

गिरिजाप्रसाद कोइराला सामयिक नेपाली राजनीतिका धरहरा हुन्। धरहरा अर्थात् सबैभन्दा अग्लो व्यक्तित्व। शारीरिक कदमा पनि गिरिजाबाबु अरूभन्दा अग्लै थिए। राजनीतिक कदमा त उनीसँग दाज्न मिल्ने कोही पनि अहिले नेपालको राजनीतिमा सक्रिय छैनन्।

कोइरालाका समवयी नेता कृष्णप्रसाद भट्टराई राजनीतिक मूल प्रवाहमा छैनन्। अरू योगदानमात्र हैन उमेरकै आधारमा पनि उनका सामु पुड्का देखिन्छन्। यसैले गिरिजाप्रसाद कोइरालाको मृत्यु सामयिक नेपाली राजनीतिमा धरहरा ढलेजस्तै हो।
विश्वेश्वरप्रसाद कोइरालाको निधनपछि उनी नेपाली राजनीतिको केन्द्रमा स्थापित भएका हुन्। धेरै जना ठान्थे - बीपीको भाइ भएकाले गिरिजाबाबु नेपाली कांग्रेसको नेतृत्वमा स्थापित भएका हुन्। कांग्रेसको नेता भएकैले उनी राजनीतिको केन्द्रविन्दु भएका हुन्। यो धारणा गलत साबित भयो। बीपीको देहावसानपछि कांग्रेसलाई जीवन र गति दिन गिरिजाबाबुले गरेको परिश्रमले उनी 'आकासेबेली' हैन 'बटवृक्ष' साबित भएका थिए। दोस्रो जनआन्दोलनको अघि र पछिको भूमिका र योगदानले गिरिजाबाबुलाई राजनीतिको धरहरा बनायो। नेपालीका सामुमात्र हैन संसारकै अगाडि उनी आफ्नै नाम र कामले चिनिने व्यक्तित्व बने। यही पहिचानले उनलाई स्वाभिमानी बनायो। त्यही स्वाभिमान शत्रु कमाउने कारण बन्यो।
राजा वीरेन्द्रकै पालादेखि गिरिजाप्रसाद कोइरालालाई अप्ठेरोमा पार्न थालिएको थियो। जननिर्वाचित भए पनि तिमीहरू रैती नै हौ भन्ने साबित गर्न खोजियो। सशस्त्र प्रहरी बल बनाउने प्रस्ताव कार्यान्वयन हुन नदिएर राजाले निर्वाचित नेतालाई 'हैसियत' देखाएका थिए।

त्यसपछि ज्ञानेन्द्र राजा भए। त्यति बेला गिरिजाबाबुले चाहेका भए ज्ञानेन्द्रलाई राजा हुनबाट रोक्न सक्थे तर त्यसको परिणाम निकै भयावह पनि हुनसक्थ्यो। यसैले होला कांग्रेसका धेरै नेताले दबाब दिँदा पनि गिरिजाबाबुले संसद् बोलाएनन्। त्यो उनको बुद्धिमानी थियो कि भूल त्यसको विवेचना होला। तर तत्कालको संकट टार्न उनी सफल भएका थिए।
कोइराला राजनीतिको केन्द्रमा रहेजस्तै उनकाविरुद्ध खुला र गोप्य षड्यन्त्र पनि भइरहे। पञ्चायतको अवशानपछि मुलुकले राजनीतिक मात्र हैन सामाजिक व्यवस्थामा पनि परिवर्तन गर्नुपर्थ्यो। तर उनका निकट हुन पुगेका यथास्थितिवादीले परिवर्तनको गति अत्यन्त सुस्त पारिदिए। उनकै कार्यकालमा आर्थिक उदारीकरणको आरम्भ भएको हो। शिक्षा, सञ्चार र स्वास्थ्यका क्षेत्रमा पनि मुलुकले फड्को मार्‍यो। निर्वाचित स्थानीय निकायमा विकेन्द्रीकरणको अभ्यास थालियो। मुलुकले आर्थिक-सामाजिक विकासका क्षेत्रमा फड्को मार्ने आधार तयार हुन थाल्यो। तर, नियतिलाई यो मञ्जुर थिएन। विपक्षीका साथै उनको पार्टीभित्रैबाट कोइरालाविरुद्ध षड्यन्त्र सुरु भयो।

आफ्नै पार्टीका सदस्यहरूको असहयोगका कारण सरकार गिरेपछि उनले पनि प्रतिनिधिसभा भंग गराएर मध्यावधि निर्वाचनको घोषणा गराए। पछिल्ला दिनमा उनको यही निर्णय राजनीतिक अस्थिरता र विकृतिका बीउ बनेको देखियो। मध्यावधि निर्वाचन २०५१ मा कांग्रेसले बहुमत ल्याउन सकेन। पार्टीको पराजयको दोष स्वाभाविकरूपमा उनले स्वीकार गरे। कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवालाई बनाए। सत्ताको स्वाद पाएका कांग्रेसहरू सरकारबाहिर बस्नुपर्दा निकै अप्ठेरो मान्न थाले भने नेकपा (एमाले)ले पनि सत्तामा पुग्ने बित्तिकै कब्जा गर्ने मानसिकता देखायो। यस्तो अवस्थामा गिरिजाप्रसाद कोइराला सक्रिय हुनु स्वाभाविकै थियो। उनले 'फु' गरेर एमाले सरकार ढाल्ने उद्घोष गरे। अल्पमतको सरकारले प्रतिनिधिसभा भंग गर्ने सिफारिस गर्‍यो। सर्वोच्च अदालतले प्रतिनिधिसभा भंग गर्ने निर्णय संविधानसम्मत नभएको ठहर गरी पुनःस्थापना गरिदियो। कांग्रेस संसदीय दलका नेता देउवा प्रधानमन्त्री भए। उनको सरकार अन्ततः कांग्रेसकै सदस्यहरूका कारण गिरेपछि पञ्चायतका नेताहरूलाई पालैपालो एमाले र कांग्रेसले प्रधानमन्त्री बनाए। संसदीय पद्धतिकै चरम दुरुपयोग र बदनाम भएको समय थियो त्यो। त्यसपछि पुनः गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए। यसभन्दा पहिले नै कोइराला नेपाली कांग्रेसको सभापति भइसकेका थिए। भट्टराईलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेर २०५६ सालमा कोइरालाले निर्वाचन गराए।

कांग्रेसले बहुमत ल्यायो। कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए। तर, उनको कार्यशैलीमा कोइरालाको चित्त बुझेन। विशेषगरी माओवादीले थालेको सशस्त्र आन्दोलनप्रति भट्टराई मन्त्रिपरिषद्को कारबाही प्रभावकारी भएन भनेर कोइरालालाई उक्साइएको थियो। समवयी नेता भट्टराईको चित्त दुखाएर पदबाट हट्न बाध्य बनाई कोइराला प्रधानमन्त्री भए। कांग्रेसमा पलाएको विभाजनको विषवृक्षलाई यस घटनाले मलजल गर्‍यो। त्यसपछि, दरबारले खेल्न थाल्यो।
दोस्रो जनआन्दोलन माओवादीसमेतको संलग्नतामा सफल भएको हो। त्यसमा एमालेको पनि सहभागिता थियो। अरू साना दलहरू पनि थिए। तर नेताका रूपमा सबैले गिरिजाबाबुलाई नै स्वीकार गरे। यसको मूल कारण उनको दृढता र समर्पण थियो। र, त्यही दृढता शत्रु बढाउने कारक बन्यो। मूलतः दरबारसँगको उनको सम्बन्ध चिसिन धेरै समय लागेन। दरबारले उनलाई समाप्त पार्ने खेल थाल्यो। यस पटक नियतिलाई सायद त्यो मन्जुर थिएन। अन्ततः राजतन्त्र गिरिजाप्रसाद कोइरालाकै हातबाट समाप्त भयो। आफूलाई लागेको कुरा स्पष्ट भन्ने उनको स्वभाव राजालाई मन परेन। नेपाली कांग्रेसका नेताहरू बीपीलगायत गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र
गिरिजाप्रसाद कोइराला जनताका प्रतिनिधि हुनुको गर्व थियो। राजा र उनका भारदारले त्यस गर्वलाई दर्प ठाने। कांग्रेसहरूले सास्ती पाउने र राजतन्त्र समाप्त हुने एउटा कारण यो असमझदारी पनि थियो।
गिरिजाप्रसाद कोइरालाप्रति काठमाडौं सधैँ नकारात्मक रह्यो। त्यसको मूलकारण उनको क्रियाशीलता र दृढ निश्चय थियो। मूलतः राजधानीका रैथाने सम्भ्रान्तहरू गिरिजाको सेखी झार्न चाहन्थे। कार्यकर्ताका बलमा गिरिजाले ठड्याएको औँलाले आफ्नो अपमान भएको उनीहरू ठान्थे। उनीहरू डर पनि गिरिजासँगै थियो। गणेशमानजी र किसुनजीसँग सम्पर्क बनाउन सकिन्थ्यो। परेका खण्डमा सूत्र भिडाएर काम लिन पनि सकिन्थ्यो तर गिरिजाबाबुप्रति यो तत्व विश्वस्त थिएन। यसैले शासन र प्रशासन जताततै जमेर बसेका भारदार, साहुजी र साहेबहरूले गिरिजाप्रसाद कोइरालाविरुद्ध मोर्चाबन्दी गरे। त्यो मोर्चा अहिलेसम्म कायमै छ। ठाडो शिर गर्न खोज्नेको सेखी झार्ने तिनको अभियान अब कता सोझएला कुन्नि?
भारदारका खोपीका रचिने षड्यन्त्रले अनेकौँ कथा रचिएका छन्। गिरिजाप्रसाद कोइरालालाई खलनायकका रूपमा स्थापित गर्ने त्यस षड्यन्त्रको एउटा साधन नेपाली सञ्चार माध्यम पनि भएको छ। जानेर नजानेर उनको बदख्वाइँ गरिएको छ। गिरिजाबाबु गणेशमानजीप्रति चरम दुर्भाव राख्छन् भन्ने र गणेशमानजी बाहुनहरूलाई देखिसहँदैनन् भन्ने प्रचार गर्नेहरूको पृष्ठभूमि हेर्ने हो भने दरबारसँग जोडिएको देखिनेछ। गणेशमानजीले बेलाबखत कटु वचन गरे पनि गिरिजाबाबुले कहिल्यै मुख फर्काएनन्।
गणेशमानजीलाई मानव अधिकार पुरस्कारका लागि सिफारिस गर्न परराष्ट्र मन्त्रालयका कर्मचारीले आँटै गरेनन्। गणेशमानजीले सरकार र विशेषगरी गिरिजाबाबुको चर्को आलोचना गर्न थालेका थिए। अनि, समाज कल्याण परिषद्लाई मनोनयनका लागि नाम छान्ने जिम्मा लगाइयो। कृष्ण खनाल सदस्यसचिव थिए। गणेशमानजीकै नाम पठाउने हाम्रो सहमति भयो। परराष्ट्र मन्त्रालयका अधिकृतहरूले त्यसमा हृषिकेश शाहको नाम पठाउने वा गणेशमानजीसँग शाहको पनि नाम जोड्नेजस्ता प्रस्ताव गरेका थिए। खनाल मानेनन्। गणेशमानजीसँग अरूको नाम जोड्न मिल्दैन भन्ने हाम्रो अडान थियो। प्रधानमन्त्री मान्दैनन् भनेर अत्तो थाप्न थाले। आधिकारिक सिफारिस त त्यहीँबाटै पठाउनुपर्थ्यो। अन्ततः प्रधानमन्त्रीसँग सोध्नैपर्ने भयो। मनमा कता कता अलिकति संकोच लागेको थियो। तर गणेशमानजीको नाम लिनेबित्तिकै गिरिजाबाबु त अत्यन्त खुसी पो भए। उत्साहित भएर स्वीकृति दिए।
गिरिजाबाबु कम्युनिस्टका कट्टर वैरीका रूपमा पनि चित्रित भएका थिए। उनले माले, मसाले र मण्डले एउटै हुन् भनेका पनि थिए। तर माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर सत्तामा पुर्‍याउने काम पनि उनैले गरे। तिनै माओवादीले उनलाई राष्ट्रपति बन्न दिएनन्। तर पछिल्ला दिनमा माओवादीसँग संवाद पनि उनैले थालेका थिए। पछाडि फर्केर नहेरे पनि उनले बाँचुन्जेल अगाडि हेरिरहे।
यसोत, राष्ट्रप्रतिको दायित्व बोध गिरिजाप्रसाद कोइरालाले पारिवारिक उत्तराधिकारमै पाएका थिए। उनका पिता कृष्णप्रसाद कोइरालाले निरंकुश राणा शासनको पनि उत्कर्षकालमा जनताका पक्षमा आवाज उठाउने धृष्टता गरेका थिए। त्यसको परिणामस्वरूप कोइराला परिवारको सर्वस्व हरण भएको थियो। त्यसपछि दुम्जाबाट विराटनगर बसाइँ सरेको त्यो सम्भ्रान्त कोइराला परिवारले विपत्ति र विपन्नतालाई अँगाल्नु पर्दा पनि विद्रोहको परम्परा कायमै राख्यो। स्वयं कृष्णप्रसाद कोइरालाको राणाहरूको कारागारमा मृत्यु भयो।

उनका छोराहरू राणा शासनविरुद्धको २००७ मा भएको सशस्त्र जनक्रान्तिका नायक बने। नेपालको राजनीतिमा एकै बाबुका सन्तान तीन दाजुभाइ प्रधानमन्त्री बन्ने गौरव यिनै कोइरालालाई प्राप्त भएको छ। तिनै कृष्णप्रसाद कोइरालाका कान्छा छोरा हुन् गिरिजाबाबु।
जसरी धरहरा हेर्न आफ्नो पनि शिर ठाडो पार्नुपर्छ त्यसरी नै गिरिजाबाबुलाई हेर्न पनि पूर्वाग्रहबाट मुक्त हुनुपर्छ। धरहराजस्तै एकै पटक सबै नदेखिन पनि सक्छन् - गिरिजाप्रसाद कोइराला। यस्तै धरहराबाट तल हेरेझैँ गिरिजाबाबुले अरूलाइ सधैँ होचा देखे । वरपरकाले भन्दा टाढा पनि देखे । धरहराको गुण दोष सबै थियो उनमा ।

Sunday, March 14, 2010

सेनाको मर्यादा

smaller text tool iconmedium text tool iconlarger text tool icon
नेपाली सेना बेलाबखत विवादमा पर्छ। विवाद भएपछि सञ्चार माध्यम र समाजमा पनि टिप्पणी हुनु स्वाभाविकै हो। सेनालाई आलोचना मन पर्दैन। अनि गुनासो र यदाकदा चर्को प्रतिवाद पनि हुन्छ। सायद, सैनिकमा प्रतिरक्षात्मक मानसिकता निर्माण गर्ने क्रममा यस्तो प्रवृत्तिको विकासै पो गरिएको हुन्छ कि? यसको उत्तर कुनै सैन्य मनोवेत्ताले दिनसक्लान्। तर, अधिकांश आलोचना सेनाको रुखो र अपारदर्शी कार्यशैली र व्यवहारले निम्त्याएको देखिएको छ। हालैका केही उदाहरण हेरौँ।
काठमाडौंको भद्रकालीबाट माइतीघर जानेआउने बाटो संकटकालको मौका छोपेर सेनाले बन्द गरेको थियो। उति बेला केही डर र केही सेनाप्रतिको समर्थनले गर्दा पनि यस विषयमा खासै कसैले मुख खोलेन। सेनाको डर दोस्रो जनआन्दोलनसम्म कायमै रह्यो। तर, स्थिति सामान्य भएपछि पनि त्यो बाटो खोल्न सेना मानेन। जनसाधारण र सञ्चार माध्यमले यस विषयलाई उठाए। पछिल्लो पटक नागरिक दैनिकले यस सडकका बारेमा सोध्दा सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले रुखोे र असंगत उत्तर दिए। उनको उत्तरले त्यो बाटो रोक्नुको औचित्य पटक्कै पुष्टि गर्दैन। बरु, सेनाप्रति कटुता उत्पन्न गर्छ। क्षेत्रीको भनाइ थियो - 'जताततै हाम्रो क्याम्प रहेको स्थानमा त्यो बाटो परेकाले सार्वजनिक भए पनि, जे भए पनि हामी खोल्दैनौ।' उनको भनाइमा शक्तिको दम्भ ध्वनित हुन्छ। सार्वजनिक सडक खोल्ने वा बन्द गर्नेे निर्णय सेनाको अधिकार क्षेत्रभित्र पर्दैन। सडक विभाग वा महानगरपालिकामध्ये कसैको कार्यक्षेत्रमा पर्ने विषयमा सेनाले त्यस्तो हठ र दम्भ प्रदर्शन गर्नु उचित होइन। खोल्न नमिल्ने तर्क दिन हुन्थ्यो वा सेनाको सडक बन्द होस् भन्ने चाहना च भनेर आफ्नो अडान राखेको भए पनि हुन्थ्यो। दम्भ नदेखाई स्पष्ट उत्तर दिएको भए सेनाको थप आलोचना हुने थिएन। यही प्रसंगमा अन्तर्राष्ट्रिय विमानस्थल भएका ठाउँका पुराना बाटा अब खुल्छन् भन्ने उनको प्रतिप्रश्न त झन् ओँठे जबाफमात्रै भयो। विमानस्थलमा बाटो भए जहाज उडाउन-ओराल्नै मिल्दैन। भद्रकालीको बाटो जनता हिँड्दा सेनाको के कति खती हुन्छ? कुनै कामै रोकिन्छ भने त्यही जानकारी दिए हुन्थ्यो। सैनिक दम्भ ध्वनित हुने यस उत्तरमा नेपाली सेनाले निया कानुन मान्दैन र अरू कसैलाई टेर्दैन भन्ने देखिएन र?
बर्दिया राष्ट्रिय निकुञ्जभित्र गत बुधबार तीन महिला मारिए। उनीहरूको मृत्यु सेनाले चलाएको गोली लागेर भयो। यतिसम्म सेनाले पनि स्वीकार गरेको छ। तर, सेनाले दिएको अरू विवरण पटक्कै पत्यारलाग्दो छैन। सैनिक जनसम्पर्क दिर्नेशनालयले जारी गरेको विज्ञप्तिमा चोरसिकारीहरूलाई चेतावनी दिँदा उनीहरूले फायर गरेकाले आत्मरक्षाका लागि प्रतिकारात्मक कारबाही गर्दा तीन जनाको मृत्यु भएको भनिएको छ। मर्नेहरू सबै महिला छन्। स्थानीय तुलाराज भारतीले भनेजस्तै तिनीहरू बन्दुक बोकेर चोरीसिकारका लागि बन पसेका होलान् भनेर पत्याउने आधार छैन। गाउँलेहरू काउलाको बोक्रा लिन बन पसेका थिए रे। उनीहरूलाई पत्रे्कर सेनाले हत्या गरेको भन्ने आरोप पनि सही नहुन सक्छ। बलात्कारको आरोप पनि सही नहुन सक्छ। शव परीक्षणको प्रतिवेदन सार्वजनिक गरे सबै यथार्थ थाहा हुनेछ। काउलाको बोक्रा लिनै पनि बिनाअनुमति निकुञ्जभित्र पस्नु गैरकानुनी हुन्छ। सेनाको गस्तीले भेटेपछि उनीहरू भाग्न खोजेकाा र भाग्न खोज्दा प्रहार गरिएको गोली लागेर उनीहरू मरेको हुनसक्छ। गस्तीमा सैनिकलाई जोगाउन बुनिएको जालले घटनालाई बढी रहस्यमय बनाइ दियो। त्यसको परिणामा सेनाप्रतिको स्नेह र सम्मान घट्नेबाहेक अरू हुँदैन।
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका उपमहासचिव बी लिन पास्कोसँगको भेटमा प्रधान सेनापति छत्रमान सिंह गुरुङले माओवादी लडाकुलाई समूहगतरूपमा सेनामा लिन सकिन्दैन भनेछन्। लडाकुहरू राजनीतिकरूपमा दीक्षित भएकाले तिनको सामूहिक प्रवेशले सेनाको अनुशासन, चरित्र र सांगठनिक एकतामा प्रतिकूल प्रभाव पर्ने प्रधान सेनापति गुरुङका तर्कसँग माओवादीबाहेक अरू असहमत पनि नहोलान्। तर त्यो विचार सरकारलाई सुझावमात्र हुन सक्छ। समायोजनको विधि राजनीतिक निर्णयको विषय हो। कसैलाई मन परे, पनि नपरे पनि त्यस्तो निर्णय मान्नैपर्छ। राजनीतिक विषयमा सेनाले बोल्न थाले विवाद बढ्छ।
नेपाली सेना विवादबाट जोगिन सकेमात्र राष्ट्रिय गौरव बन्न सक्छ। यसैले सेनाले अनावश्यक दम्भ देखाउने, मनोबल कायम राख्ने नाउँमा दण्डहीनतालाई प्रश्रय दिने र राजनीतिक विषयमा टिप्पणी गरेर विवादमा फस्ने काम बन्द गर्नुपर्छ। अनिमात्र सबै क्षेत्रमा सम्मान हुनेछ। भनिन्छ, ‘धर्मो रक्षति रक्षितः'। अर्थात्, धर्मले रक्षा गर्र्नेको रक्षा गर्छ। नेपाली सेनाले राजनीतिमा नमुछिने धर्म पालन गर्न सकेमात्र ऊ पनि रक्षित हुनेछ। भारत र पाकिस्तानकै सेनाको उदाहरण हेरौँ न। पाकिस्तानको सेना राजनीतिमा डुबेको छ। यसले विवादास्पद छ। भारतको सेना राजनीतिमा छैन। त्यसैले विवादबाट पनि जोगिएको छ।