Thursday, February 4, 2016

आदर्शको स्खलन

विश्वेश्वरप्रसाद कोइरालाले (२०३६ सालको जेठमा हो कि ?) टुँडिखेलको जनसभामा आफूलाई ‘एक्लो बृहस्पति’ घोषित गरेका थिए । तेति बेला पार्टीमा उनको एकछत्र नेतृत्व थियो । कम्युनिस्टहरूले समेत उनलाई संयुक्त आन्दोलनको नेतृत्व गर्न आग्रह गरेका थिए । तैपनि, उनले आफूलाई एक्लो ठानेको रहस्य बिस्तारै खुल्दैगएको छ । उनकै पार्टीमा उनले जीवनकै सार बनाएका ‘राष्ट्रियता र लोकतन्त्र’लाई सर्वोपरि ठान्नेहरू बलिया रहेनछन् र पो बीपीले त्यो रहस्य खोलेका रहेछन् ।
वास्तविक लोकतन्त्रका प्रश्नमा पार्टीको नीति र व्यवहारमा चित्त नबुझेपछि गणेहमान सिंहले पार्टी छाडे । भारत भूमिमा भएको १२ बुँदेले रोपेको विष वृक्षको ताप सहन नसकेर कृष्णप्रसाद भट्टराईले राष्ट्रियताका पक्षमा पार्टी त्यागे । बीपीका साथीहरूले पार्टी त्यागेसँगै सम्भवतः नेपाली कांग्रेस पनि नैतिकरूपमा समाप्त भइसक्यो । अहिलेको कांग्रेस आदर्श हैन सत्ता स्वार्थमा संगठित जमातमात्रै देखिएको छ । अर्थात्, कांग्रस पनि नेपालका अरू पार्टीभन्दा फरक हुन सकेको छैन ।
विडम्बना, महाधिवेशनमा प्रतिस्पर्धा गर्ने कसैले पनि आदर्श र सिद्धान्त स्खलनको विषय उठाएको सुनिएको छैन।

No comments:

Post a Comment