Tuesday, February 2, 2016

शासक र विदूषक

अहिलेको राजनीति र राजनीतिक नेताहरूलाई नाट्यशास्त्रका आधारमा हेर्न खोज्दा वा विदूषकसँग अहिलेका नेताको तुलना गर्न नाट्यकर्मीहरूलाई होच्याएको बात नलागोस् । म नाट्यकर्मीको सम्मान गर्छु र विदूषकको अभिनय गर्नेहरूको झन् धेरै प्रशंसा गर्छु  - अरूलाई रुवाउन त धेरैले सक्छन् । हसाउनेहरू पो  महान् हुन् । तैपनि अरू विधाभन्दा नाटकमा रुचि बढी भएकाले परेका बेला यसको सहारा लिने गरेको हो । गुरु मोहन हिमांशु थापाले करिब ३६ वर्ष पहिले पढाएको पाठ अझै केही सम्झना जो हुन्छ । पूर्वीय नाट्यशास्त्रमा ४ प्रकारका नायकको वर्णन छ – उदात्त, ललीत, प्रशान्त र उद्धत । चारै प्रकारका नायक ‘धीर’ भने हुनैपर्छ । राजनीतिक नेतामा पनि नायकत्व हुनुपर्छ । अर्थात् धीरता नेताका लागि अनिवार्य गुण हो । दुर्भाग्य, नेपालका समसामयिक राजनीतिक नेताहरूमा सबैभन्दा अभाव यही धीरताको छ । अनि यिनलाई के नेता भन्नु ?
विदूषक आफैँ वा अरूलाई उल्याएर हाँसो लगाउने पात्र हो । उत्कृष्ट नाटकमा विदूषकले रहस्योद्घाटन गरेर कथालाई अगाडि पनि बढाउने गर्छ । विदूषक दुष्ट पात्र वा खल चरित्र भने होइन । अर्थात् अहिलेका नेतामा नायकत्व त के विदूषकीय गुण पनि छैन ।  देश लामो समय नायक विहीन भए अधिनायकहरूले मौका छोप्छन् र
 अधिनायकवादी शासन थोपरियो भने पनि मारमा पर्ने च निमुखा नै हुन् तर अहिलेका ठालुहको हैकम पनि समाप्त हुनसक्छ । यसैले शासकलाई विदूषक हुने सुविधा छैन ।

No comments:

Post a Comment