आज (आइतबार २१ असोज २०६९) । प्रेमसागर फाउन्डेसनले धािदङको दामेचाैरमा संचालन गरेको जन भोजन कार्यक्रम अवलोकन गर्ने मौका पाएँ । अहिलेसम्म सयौँ संस्थाका कार्यक्रम हेरिसकेको छु । केही कार्यक्रमको संचालनमा सहभागी पनि भएको छु । थोरैबाट मात्र प्रभावित भएको छु । तीमध्ये जन भोजन कार्यक्रम पनि परेको छ । हरेक दिन बिहान १२ बजेसम्म त्यहाँ शाकाहारी खाना जाने जति सबैलाई िदइँदो रहेछ । आज ३११ जनाले त्यहाँ खाना खाए । तीमध्ये ३०० जनाभन्दा बढी स्थानीय विद्यालयका विद्यार्थी थिए । यो कार्यक्रम सुरु भएपछि विद्यालय छाड्ने (drop out) दर ह्वात्तै घटेकाे छ रे । स्थानीय बालबालिकाले हात धोएर खाना खान थालेका छन् । उनीहरूको पढाइ पनि राम्रो भएको छ । यस वर्षको एसएलसीमा त्यहाँको स्कुलको परीक्षाफल पनि राम्रो भएछ ।
िदनहुँ सयौँ जनालाई खाना खुवाउने ठाउँको सरसफाइ पनि अचम्मैको थियो । यथार्थमा अन्तर्राष्ट्रिय स्तरको । नेपालका बाल गृहहरूसँग त दाँज्नै नसकिने । अनि यसको आर्थिक स्रोत दाताहरूको स्वेच्छाको दान रहेछ । व्यवस्थापनमा पनि धेरै काम स्वयंसेवकले गर्दा रहेछन् ।
लाग्यो, वास्तवमा विकास भनेको त यस्तो पो हुनुपर्ने !
प्रेम रावत फाउन्डेसनसँगको सहकार्यमा याे जन भोजन कार्यक्रम चलाइएको रहेछ । बाल योगेश्वरका नामले पनि चिनिने रावत संसारमा शान्तिको सन्देश फैलाउन सक्रिय रहेछन् । यो जन भोजनमा भने धर्मसँग कुनै सरोकारै रहेनछ । दैनिक औसत २५ हजार रुपियाँ खर्च हुन्छ रे । केही दाताले पितृका नाममा खुवाउँदा रहेछन् । दानबाटै संचालन गरिएको रहेछ । वर्षको करिब १ करोड ।
विद्यालयमा बालबािलकाको उपस्थिति र तिनको शैक्षिक उपलब्धि बढाउन यो उत्तम उपाय होजस्तो लाग्यो ।
कार्यक्रम स्थल छान्दा वरपरको जनजीवनको सर्वेक्षण पनि गरिएको रहेछ । सबैभन्दा चर्को गरिबी र दयनीय स्थिति देिखएपछि दामेचौर छानिएको रहेछ । नौबीसेबाट त्रिभुवन राजपथमा १६ किलोमिटर अगाडि गएपछि त्यहाँ पुगिन्छ ।
Another seed of light!
ReplyDeleteThe eyes that see the light are blessed!