Saturday, May 22, 2010

संविधान सभा जनताको

प्रधानमन्त्री माधवकुमार नेपालले संविधान सभा आफूले माओवादीको चित्त बुझाउनमात्रै मानेको भनेछन् । नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले पनि संविधान सभा माओवादीको एजेन्डा हो भनेछन् । सरकारको नेतृत्त्व गर्न नपाए माओवादीलाई संविधान सभा चाहिएजस्तो छैन । संविधान सभामा धेरै स्थान भएका तीनैवटा दललाई माया नभए पनि संविधान सभा जनताको संस्था हो । यसैले यसको माया जनताले गरेका छन् ।
जजसको एजेन्डा हैन तिनलाई संविधान सभामा बस्ने नैतिक अधिकार पनि हुँदैन ।

No comments:

Post a Comment