Tuesday, September 2, 2014

लोकतन्त्रविरुद्ध षड्यन्त्र

संविधान सभाबाहिर संविधानको अन्तर्वस्तुमा सहमति गर्ने हो भने संविधान सभाको औचित्य समाप्त हुन्छ । जनताका निर्वाचित प्रतिनिधिलाई पन्छाएर केही राजनीतिक ठालुहरूले निर्णय गर्ने प्रयास लाेकतान्त्रिक हुन सक्तैन । 
अहिले नेकपा - माओवादीलाई सहभागी गराएरमात्र संविधान बनाउनुपर्छ भन्ने  पुष्पकमल दाहालकाे नियतमै खोट छ ।  राजाका प्यादाहरू पनि संविधान सभाबाहिर सहमति हुनुपर्छ भन्दैछन् । राजतन्त्र हटाउने पहिलो संविधान सभाको निर्णय प्रक्रियासम्मत भएन भन्नेहरू नै अहिले बैद्य माओवादीबिना संविधान निर्माण गर्नुहुन्न भन्दैछन् । बैद्यका कुरा सुन्नु र उिचत भए मान्नु पनि पर्छ तर बैद्यबिना संविधान बनाउनु हुन्न भन्नु चाहिँ जनविरोधी षड्यन्त्र हो। चुनावका बेला वैद्य माओवालीले भाग नलिओस् भनेर षड्यन्त्र गर्ने प्रचण्डले नै अहिले बैद्यबिना संविधान बन्दैन भन्नुले पनि यी ठालुतन्त्रका पोष्य पुत्रहरूको नियतमा सन्देह बढाएको हो।
क. षड्यन्त्र गहिरो छ भने यिनीहरू मुलुकलाई अराजकताको भुमरीमा पारेर विदेशी हस्तक्षेपका लागि वातावरण बनाउने प्यादाका रूपमा प्रयोग भएका हुन्। चरम दक्षिणपन्थी र उग्र कम्युिनस्टहरू दुवैको यो साझा मिसन हुनसक्छ। 
ख. नर्वाचनमा पराजित अधिनायकतावादी र साम्प्रदाियक तत्वले बैद्यलाई िमसाउन पाए शक्ति बढ्ने ठानेर पनि अहिले संविधान सभाबाहिर निर्णय गर्नुपर्ने धारणा अगाडि सारेका हुनसक्छ । 
ग. यति ठूलो षड्यन्त्र छैन भने संविधान सभामा केही समय यता बाबुराम भट्टराईले देखाएका सुझबुझबाट संविधान बन्याे भने उनले जस िलने भए भनेर डाहाले प्रचण्डले यो नौटंकी गरेको हुन पनि सक्छ । 
कांग्रेस र एमालेका नेता यस्ता बेला धेरै प्रचण्डको जालमा पर्ने गरेका छन्। ठालुतन्त्र चलाउन उनीहरू पनि रमाउँछन् । लोकतन्त्रप्रति यिनको प्रतिबद्धता सन्देहरहित छैन । यिनले जनतालाई धोका दिँदैनन् भनेर ढुक्क हुन सकिँदैन ।
अब युवा सभासद्ले प्रक्रिया अपनाएर पनि संविधान बनाउँछौँ भन्ने अडान देखाउन सकेनन् भने मुलुकमा लाेकतन्त्रमात्र हैन राष्ट्रियता नै संकटमा पर्नेछ । केही विषयमा सहमति हुन सक्तै नसके जनमत संग्रह गरेर निर्णय गरे पनि हुन्छ । तर निर्णय चाहिँ संविधान सभासद्बाटै हुनुपर्छ । नत्र मुलुकको प्रगति र लोकतन्त्रको बाटोमा तगारो लाग्नेछ । लाेकतन्त्र र मुलुकको माया गर्ने सभासद्ले आह्वान गरेभने जनता पुनः सडकमा उत्रनसक्छन् ।

No comments:

Post a Comment