Friday, September 11, 2009

सुजाताको राजीनामा

सुजाताको राजीनामा

smaller text tool iconmedium text tool iconlarger text tool icon


प्रधानमन्त्री माधवकुमार नेपालसँगै भारत भ्रमणमा नगएर परराष्ट्र मन्त्री सुजाता कोइरालाले आफूले त गाली खाइन् नै बाबु गिरिजाप्रसाद कोइरालालाई पनि गाली खुवाइन्। सुजाता भारत नजानुको कारण उपप्रधानमन्त्री नपाउनु हो भनेर प्रचार भएको छ। प्रधानमन्त्री नेपाललाई गिरिजाबाबुले सुजातालाई उपप्रधानमन्त्री बनाउन भनेका थिए रे। नेपालले बनाउन नसक्ने जवाफ दिएपछि सुजाता रिसाएर भारत नगएकी हुन् रे। अहिलेसम्म साचार माध्यममा आएका कुरा यिनै हुन्। यही आधारमा सुजातालाई भक्कुमार गाली गरिएको छ। छोरीलाई बढी महत्वाकांक्षी बनाएको भनेर बाबु कोइरालाको झन् बढी आलोचना भएको छ।

नेपाली कांग्रेसको संसदीय दलले त लिखित स्पष्टीकरण मागेर सुजाताविरुद्ध कारबाही नै थालिसकेको छ। प्रधानमन्त्री नेपाल पनि आगो भएकै होलान्। उनलाई सबै कांग्रेससँग रिस उठेजस्तो छ। त्यसै भएर त सोनिया गान्धीसँग भेट्न कुनै कांग्रेस नलगेका होलान्। ऊर्जा मन्त्री प्रकाशशरण महतको दिल्लीमै मानमर्दन गराएका होलान्। जेहोस् निकै गम्भीर घटना भएको छ र यसको जिम्मेवारी त कसै न कसैले लिनैपर्छ। त्यसैले अब स्पष्टीकरण दिइरहनुभन्दा खुरुक्क राजीनामा दिनु सुजाताका लागि बेस हुने देखिन्छ।

सुजातालाई उपप्रधानमन्त्री बनाउन गिरिजाबाबुले माधवकुमार नेपाललाई भनेको जानकारी कसैले पनि सार्वजनिक रुपमा थाहा दिएको छैन। गिरिजाबाबुले साचार माध्यमलाई बताएका अवश्य पनि हैनन्। यतिका दिनपछि त हैन भन्दैछिन् भने सुजाताले पनि भनिनन् होला। त्यसपछि एउटै पात्र र स्रोत बाँकी रहे- माधवकुमार नेपाल। यो सूचनाबाहिर आउँदा फाइदा हुने त उनैलाई हो। सबैको सहानुभूति पाइने र भ्रमणका क्रममा भएका सबै कमजोरीको दोष सुजातालाई थोपर्न जो पाइयो। प्रधानमन्त्री माधवकुमार नेपाल गिरिजाबाबु र सुजातासँग रिसाएका रहेछन् भन्ने पनि यसले पुष्टि गर्छ। विदेश भ्रमणको साइत गर्नै लागेका बेलामा यसरी अत्तो थापेपछि रिस उठ्नु स्वाभाविकै पनि हो। भारत भ्रमणका बेला सुजाताले बाबुको आडमा दिएको धोका माधवकुमार नेपालमा मनमा तुस बनेर बस्ने भयो।

मन्त्रिपरिषद्का सदस्य सबै सामूहिक र व्यक्तिगतरुपमा प्रधानमन्त्रीप्रति उत्तरदायी हुन्छन्। प्रधानमन्त्री सबैबाट ढुक्क हुनसक्नु पर्छ। प्रधानमन्त्री माधवकुमार नेपाल र परराष्ट्र मन्त्री सुजाता कोइरालाका हकमा भने विश्वासको वातावरण कायम रहने भएन। सुजाताका कुनै पनि प्रस्ताव स्वीकार गर्नुपूर्व नेपालले दुई पटक सोच्नुपर्ने भयो। यस्तो अवस्थामा सुजाताले प्रधानमन्त्रीको साथ र सहयोग पाउन सक्नेछैनन्। त्यसैले पनि राजीनामा दिनु नै उनको हितमा हुनेछ।

माधवकुमार नेपाल देखिए जति सोझा र सजिला छैनन्। उनले आपुना सुशीलचन्द्र अमात्यलाई सजिलै राजदूत बनाए तर सुजाताका सुरेश चालीसेलाई चिप्ल्याई दिए। माधव घिमिरेलाई मुख्य सचिव बनाए। सँगै बढुवा भएको भनिएका उमेश मैनालीलाई राजीनामा दिन बाध्य पारिदिए। थाहा नभएका यस्ता अरु पनि घटना हुनसक्छन्। सायद सुजाता भारत नजानुको कारण उनको बिरामी नभएजस्तै उपप्रधानमन्त्री नपाएको एउटै घटनामात्र पनि अवश्यै होइन। कांग्रेसको बुइमा बसेर कांग्रेसलाई नै सिध्याउने कपटी खेल र मन्त्रिपरिषद्भित्र वा बाहिर प्रधानमन्त्री नेपालले गरेका व्यवहार सबैको समष्टि अभिव्यक्ति पनि हो यो। हठी भए पनि सुजाता कपटी देखिएकी छैनन्। माधव नेपालका तिगडम बुभुन सक्तिनन् । अप्ठेरो पर्दा अरु कांग्रेसीले यसै उनलाई साथ दिने छैनन् । संसदीय दल त यसै उनको विपक्षमा छ। यसैले 'सानोबुबा'बाहेक टेक्ने डालो र समाउने हाँगो नभएकी सुजाताले राजीनामा दिनै बेस हुनेछ।

नेपाली कांग्रेसलाई उपप्रधानमन्त्री चाहिएकै छैन र माधव नेपालप्रति गुनासो हैन बरु पूरा समर्थन छ भनेर संसदीय दलले निर्णय नै गरेपछि अब सुजातालाई नेपालले झन् हेप्ने छन्। पार्टी निर्णयको सम्मान पनि गर्ने र थप अपमान पनि नसहने हो भने सुजाताले राजीनामा दिनुको विकल्प देखिँदैन। कांग्रेसको पार्टी र संसदीय नेताहरु सुशील कोइराला र रामचन्द्र पौडेल सुजातालाई सरकारबाट हटेको देख्न चाहन्छन्। कांग्रेसका यी ठूला माछा सुजातासँग बढी नै तर्साएका छन्। भारत भ्रमण त निहुँ मात्रै हो। गिरिजाबाबुको नाम सुजाताले नै बेच्न थालेपछि उनीहरुको 'कपी राइट' जो खोसिन गयो।

यस प्रकरणमा गिरिजाबाबु पनि तानिएका छन्। उनैको सहमा सुजाता प्रधानमन्त्रीको भ्रमणमा सामेल नभएकी हुन् भन्ने मानिएको छ। प्रधानमन्त्री नेपाललाई पनि गिरिजाबाबुको दबाब गह्रुंगै भएजस्तो छ। स्वयं कांग्रेसका सदस्यहरुले प्रकारान्तरले आपुना सभापतिलाई अर्घेलो साबित गर्ने निर्णय गरेका छन्। यति भइसकेपछि ल त! अब तिमीहरु नै नेतृत्व समाल भनिदिए हुन्न सुजाता आपुना बुतामा राजनीतिमा अडिइन् र अगाडि बढ्न सकिन् भने सकिन् । सकिनन् नै भने पनि अब गिरिजाबाबुलाई पाप लाग्दैन गाल पर्दैन।

सरकार बनाउन बहुमत जुटाइदिनु पर्ने संसद् चलाउन प्रतिपक्षीसँग वार्ता पनि गरिदिनु पर्ने विदेशीका अगाडि जिम्मा लिइदिन पनि पर्ने अनि ती सबै गरिदिएबापत जसलाई नाफा हुन्छ उनैबाट उल्टो बदख्वाइँ सहनुपर्ने! सुजाता हटेपछि कम्तीमा यो बिनापिँधको सरकार थेग्ने दुःख त गर्नु परोइन।

मुलुकको सबै समस्याको जड यिनै कोइराला बाबु छोरी हुन् भन्ने ठम्याइको परीक्षणका लागि गिरिजाबाबु सबै झमेलाबाट पन्छी दिनुपर्छ। पार्टी महाधिवेशन नपर्खीकनै अवकाश लिए हुन्छ। विश्राम लिन कुनै शिखण्डीको वाण नै किन पर्खने ?

बुद्धको बाटो

बुद्धको बाटो

smaller text tool iconmedium text tool iconlarger text tool icon
संविधान सभामा राज्यको संरचना, शासन प्रणालीका स्वरूपबारे बहस भएका छन्। उचित अनुचित निर्णय पनि गरिएका छन्। जनताको जीवन शैलीका बारेमा भने छलफल भएको सुनिएको छैन। नेपाली जनतालाई उपभोगवादी बनाउने हो भने संविधान भौतिक पक्षमा बढी ढल्किनुपर्छ। प्रकृतिसँगै बाँचने हो भने उपभोक्तावादी संस्कृतिलाई संविधानले नै निरुत्साहित गर्नुपर्‍यो।

हुनत, संविधान सभाका कम्युनिस्ट र समाजवादीहरूको ध्यान ‘उपभोग' बढाउनेमा केन्द्रित हुनसक्छ। जसरी पनि उत्पादन बढाउन, व्यापार विस्तार गर्न र उपभोगको स्तर उकास्न सकेमा जनता सुखी हुन्छन् भन्ने उनीहरूको सैद्धान्तिक विश्वास हो। तर त्यस्तो सिद्धान्त र शैली अपनाएका मुलुकहरू अहिले विकासको चरण पार नगर्दै विनाशको बाटोमा पुगिसकेका छन्। चीन, भारत र ब्राजिललाई अहिले विकासको नमुना मान्ने गल्ती गर्नुहुन्न। जनताको प्राकृतिक सम्पत्तिमा राज्य वा पुँजीपतिले अधिकार जमाएर नाफा कमाउने तर त्यसले निम्त्याएको विनाश जनताले सहनुपर्ने यिनको विकास शैली हो। अरूका गल्तीबाट सिक्नुपर्छ। उत्पादनमा बढाउने होडमा विनाश निम्त्याउनु हुन्न।
कम्युनिस्टहरूले देङ साओपिङलाई आदर्श मानेका हुनसक्छन्। देङले चीनमा आधुनिक प्रविधि र पश्चिमा पुँजीका लागि ढोका त खोले तर फाइदा चीनका किसान र मजदुरलाई भन्दा राज्य र पश्चिमी पुँजीपतिलाई नै बढी भएको छ। गाउँका किसान र मजदुरले अहिले विकासको चर्को मूल्य चुक्ता गर्नु परेको छ। चीन त अब अर्को बाटोमा लाग्न नसक्ला तर हामी त्यो बाटो नहिँड्न सक्छौँ। संविधानमा नै सामान्य जनताको मुख मोसेर राज्य वा पुँजीपति पोस्ने बाटो बन्द गर्नुपर्छ। इक्वेडरको संविधानमा जस्तै ‘प्रकृतिको बाँच्ने अधिकार' सुनिश्चित गर्नु यसको उत्तम उपाय हुनेछ।

राज्यले नागरिकको ‘मर्यादापूर्वक जीवनयापन'को जिम्मा लिनुपर्छ। सामान्य गुजारा सबैको हुनैपर्छ। त्यसका लागि गाउँलाई नै आत्मनिर्भर बनाउने प्रकारको अर्थतन्त्र अपनाउनु उचित हुन्छ। संघीयताको मूल मर्म स्वशासन हो। परनिर्भर व्यक्ति वा स्थान स्वशासित हुन सक्दैन। सशस्त्र द्वन्द्वका कारण राज्यको पहुँच नै नभएका स्थानमा पनि कोही भोकै मरेन। यस्तै सशस्त्र संघर्ष चलेका अफ्रिकाली मुलुकहरूमा नेपालको भन्दा धेरै कहालीलाग्दो अवस्था उत्पन्न भएको छ। यसको मूल कारण नेपाली गाउँहरूको गुजारामुखी उत्पादन प्रणाली नै हो। खेती गर्ने सबैले गरी अन्नदेखि खुर्सानीसम्म आफैँ उब्जाए। अर्को गाउँ जान परेन। यो गुजारामुखी प्रणालीले आर्थिक विकासमा 'भ्यागुते फड्को' मार्न सकिन्न होला तर जे हुन्छ दिगो हुन्छ र विध्वंश निम्त्याइँदैन। बजारमा निर्भर हुने कथित आधुनिक खेती गरेको भए सशस्त्र संघर्षकालमा गाउँलेहरूले निकै सास्ती पाउने थिए। अब त्यस्तै द्वन्द्व नहोला तर भौगोलिक स्थितिका कारण गाउँहरू अलगथलग छन्। गाउँ उठाएर कारखाना बनाउने विकास शैली नेपालका लागि यसै पनि उपयुक्त छैन। चीन वा भारतसँग उत्पादन र बजारको कुनै पक्षमा प्रतिस्पर्द्धा गर्न नेपालले सक्दैन। यसैले शासक वर्ग र पुँजीपतिको हितका लागि ठूला आयोजना, कारखाना, बजारको विकास गर्ने सपना छाडेर सामान्य नेपाली जनता रुन नपर्ने ग्यारेन्टी संविधानले नै गर्नुपर्छ। राज्य कम खर्चिलो तर बढी प्रभावकारी प्रविधि, प्रणाली र परम्पराका पक्षमा उभिनुपर्छ।


जनतालाई खुसी बनाउने राज्यको लक्ष्य निर्धारण गरेपछि त्यसका लागि न्यूनतम सुविधाको प्रत्याभूति पनि गर्नुपर्छ। राज्यले धेरै काममा हात हाले केही पनि गर्न नसक्ने हुँदो रहेछ। त्यसैले सबै तहको सरकार सानो, छरितो र प्रभावकारी बनाउनुपर्छ। बलियो राज्यले नागरिकको जीवनमा अनावश्यक हस्तक्षेप गर्छ। प्रभावहीन राज्य अराजकताको साक्षी हुन्छ। त्यसैले राज्य बलियो हैन प्रभावकारी चाहिँ हुनुपर्छ। यसैले संविधानले नै राज्यले के गर्ने र के नगर्ने हो भन्ने निधो गर्नु आवश्यक हुन्छ। राज्यले गर्नुपर्ने काम पूरा गर्ने तर गर्न नपर्नेमा हात नहाल्ने व्यवस्था संविधानमा नै भएमा सरकारहरूले सनकका भरमा राज्यलाई फैलाउने र खुम्च्याउने गर्न पाउने छैनन्।

नागरिकका जन्मसिद्ध अधिकारको स्पष्ट व्यवस्था संविधानमा हुनुपर्छ। कम्तीमा आधारभूत शिक्षा र स्वास्थ्य, जीविकोपार्जन, वासको जिम्मा राज्यले लिने संविधानले निश्चित गर्नुपर्छ। राज्यले दिँदा वर्ग, उमेर, लिंग, भूगोल वा जातिका आधारमा भेदभाव नगर्ने प्रणाली अपनाउन सके मानवीय दृष्टिबाट पनि न्यायपूर्ण हुन्छ। राज्यले जे दिने हो सबैलाई उत्तिकै दिनुपर्छ। भेदभाव कसैलाई गर्नुहुन्न। सबैलाई नपुगे निर्धाले पाउँदैनन्। यसैले निर्धाको भाग सुनिश्चित गर्न बलियाको भाग खोस्ने प्रणाली विफल भएको हो।

फरक गर्ने त लिँदा हो। धेरै कमाउनेसँग धेरै लिने, थोरै कमाउनेबाट थोरै नै लिने र कमाउँदै नकमाउनेबाट लिँदै नलिने। यो प्रचलित कुनै वादमा नमिल्न सक्छ। यद्यपि, उदारवादको मौलिक अवधारण यही हो। प्रचलनमा रहेका राजनीतिक वाद वा सिद्धान्त सबै कतै न कतै चुकेका छन्। यसैले वादको पछि नलागी मानवीय दृष्टिले हेरेर नेपालको संविधान नयाँ र आदर्श बनाउँ्क। कुनै सिद्धान्तले पनि सकारात्मक र मानवीय पक्ष अपनाउन त नरोक्ला नि ∕ शासनमुखी पद्धतिलाई जनमुखी बनाउनु पो नागरिक सर्वोच्चता हो त। राज्यले शिक्षामा गर्ने खर्च शिक्षकको दरबन्दीअनुसारको तलबका रूपमा दिनुको साटो विद्यार्थीलाई छात्रवृत्ति दिने हो भने शैक्षिक स्तरको समस्या सजिलै समाधान हुन्छ। यस्तै अस्पताल चलाउने खर्चको साटो बिरामीलाई उपचार अनुदान दिने हो भने औषधोपचार नभएर कोही मर्नुपर्ने छैन। अहिलेकै अनुपातको खर्चले पुग्न सक्छ। नपुगे कर्मचारी घटाए हुन्छ। सेनाको संख्यामा कटौती गरे हुन्छ। राज्यको ढुकुटीमा जम्मा हुने पैसा सबैभन्दा पहिले शिक्षा र स्वास्थ्यका लागि छुट्ट्याउनै पर्ने व्यवस्था संविधानबाटै गर्नुपर्छ।

आफ्नो वास नभएका नेपाली धेरै छैनन्। यस्तै जमिन नै नभएका पनि धेरै छैनन्। जोसँग छैन तिनलाई राज्यले चाहने हो भने सजिलै पुर्‍याउनसक्छ। आफू खेती नगर्नेसँग जमिन किनेर सरकारले खेती गर्नेलाई ऋणमा दिन सक्छ। यस्तै रिक्सा, ट्याक्सी, ठेला चलाउनेलाई, साना व्यापारी र उद्यमीलाई सरकारी जमानीमा ऋण दिलाने हो मात्रै भने पनि सहरी गरिबी धेरै कम गर्न सकिन्छ। उपभोग्य वस्तु उत्पादन गर्ने साना उद्यमी र किसानलाई उत्पादन बजारमा पुर्‍याउन अनुदान दिएर संरक्षण गर्न सकिन्छ।
सुख र खुसीमध्ये कुन रोज्ने? जीवन दर्शनसँग जोडिएको पो प्रश्न व्यक्तिको निजी मामिला मात्र भने हैन। राज्यले अँगाल्ने नीति र सिद्धान्तले व्यक्तिलाई विलासी वा सन्तोषी बनाउँछ। सुख नभए पनि मान्छे खुसी हुनसक्छ तर सुख हुँदैमा खुसी नै हुन्छ भन्ने त छैन। सुख बढी भौतिक हुन्छ र खुसी आन्तरिक। यद्यपि, न्यूनतम भौतिक सुविधा र सेवा सुनिश्चित नभए व्यक्ति सुखी र खुसी दुवै हुन सत्तै्कन। भौतिक उन्नति भौगोलिक अवस्थामा पनि आधारित हुन्छ। यसैले नेपालका लागि ‘बुद्धको बाटो' उचित हुन्छ। गुजारामुखी र सकेसम्म आत्मनिर्भर अर्थतन्त्र र जीवन शैली नयाँ संविधानले रोज्नुपर्छ।

Sunday, July 12, 2009

भर्सेलामा जनता

मूलतः जनतालाई 'जन्तु' ठान्ने मानसिकताले यसरी सताउने काम भएको हो ।

लन्डनबाट बैंकक आइपुग्दा लागेको थकाइ र निद्राले गलेको ज्यानमा काठमाडौं उत्रनेबित्तिकै कुन्नि कताबाट फुर्ति पलायो । विमानस्थलको भद्रगोलमा पनि पटक्कै रिस उठेन । अध्यागमनमा पालो पर्खँदा पनि दिक्क लागेन । स्वाइन फ्लुको परीक्षण पनि रमाइलै लाग्यो । अरू त अरू झिटीगुन्टा आइपुग्न निकै बेर उभिँदा थकाइ लागे पनि रिस उठेन । दिक्क लागेन । मनले हिथ्रोमा निकै छिटो सामान आइपुगेको सम्झेको त थियो तर हाम्रो विमानस्थल सानो छ भनेर चित्त बुझ्यो ।

विमानस्थलबाट बाहिरिने बित्तिकैदेखि भने हन्डर सुरु भइहाल्यो । चक्रपथमा ठाउँ ठाउँमा बन्द र आन्दोलन रहेछ । ट्याक्सी चालकले विमानस्थलबाट सामाखुसीसम्म ६ सय नपाए नलाने भने । भित्री बाटोबाट जानुपर्ने र जहाँसम्म सकिन्छ त्यहाँ पुर्‍याइदिने सर्त पनि ट्याक्सी चालकले राखे । उनका सर्त मान्नुको विकल्प थिएन । ट्याक्सी गुड्न लागेपछि बेलायतको यातायात प्रणाली सम्झेँ । लन्डनको भूमिगत रेलको मर्मत सुधार (इन्जिनियरिङ वर्कस्) भइरहेको रहेछ । धेरै पहिले नै कुन बाटो कुन दिन कति बेला बन्द हुने हो भनेर सूचना दिइएको थियो । तैपनि, उपभोक्तालाई मर्का नपरोस् भनेर मर्मतका लागि बाटो बन्द भएका दिन गन्तव्यमा पुर्‍याइदिने बसको बन्दोबस्तको गरिएको थियो । हाम्रो भने एउटैमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट सहरभित्र पस्न गल्लीभित्रबाट लुकेर जानुपर्ने अवस्था । दिक्क लाग्यो । धन्न बाटामा ओर्लन परेन ।

त्यसपछि त झन् बिच्छुकै लागेजस्तो भयो । भोलिपल्ट सामाखुसीबाट माइक्रो बसमा कोचिएर गएको केशरमहलबाट प्रहरीले नै अगाडि जान दिएन । पैसा लैनचौर नपुग्दै उठाइसकेका ड्राइभर र उनका सहयोगी सुन्धारा जाने यात्रुलाई रुखो स्वरमा छिटो ओर्लन आदेश दिन थाले । तिनमा यात्रुलाई गन्तव्यमा पुर्‍याउनुपर्ने दायित्वबोध पटक्कै देखिएन ।

ट्याक्सीमा जाने प्रयास गर्दा उल्टै क्षेत्रपाटी पुगियो । त्यहाँबाट बसन्तपुर निस्कने बाटोमा छिचल्नै नसकिने ट्राफिक जाम थियो । उछिनापाछिनको चक्करमा सबै फसेका थिए । मिले पनि नमिले पनि अरूलाई उछिनी हाल्न खोज्ने मोटरसाइकल चालकले एकातिर बाटो पूरै ढाकेका थिए भने साना र मझ्यौला मोटर चालक पनि के कम? टसमस नगरी हर्न मात्रै बजाएर बसेका थिए । हिँड्ने ठाउँ नै थिएन । अनि फेरि बेलायतको सम्झना भयो । पैदल यात्रुको सुविधालाई विशेष ख्याल राखिएको छ । त्यसैगरी साइकल चढ्नेलाई पनि प्रोत्साहन गरिएको रहेछ । मिलेसम्म साइकल चलाउने छुट्टै बाटो बनाइएको छ । म केही दिन इस्टबर्नको ह्याम्पडेन पार्क भन्ने सानो गाउँमा आफन्तसँग बसेको थिएँ । त्यहाँ र लन्डन महानगर दुबै ठाउँमा समान रूपमा साइकल र पैदल यात्रुको सुविधाको ख्याल राखिएको देखेँ । यहाँ भने पैदल हिंड्नेलाई साइकल चढ्नेले र उसलाई मोटरसाइकल चलाउनेले हेप्छ । मोटर हाँक्नेको त कुरै भएन । वर्षा लाग्यो अब कसले कुन बेला सडकको हिलो छ्यापेर दगुर्छ भनेर थर्कमान हुनुपर्छ । जेब्राबाट बाटो काट्दा पनि ज्यान जोगाउन धौ धौ हुन्छ ।

सार्वजनिक सबारी चालकमा यात्रुको सुविधामा ध्यान दिने अभ्यास नै छैन । बाटामा बूढाबुढी, मोटो मान्छे वा अपांगता हुनेले चढ्न खोजे भने पहिले त सितिमिति मोटर नै रोक्तैनन्, रोकिहाले पनि चढ्न दिँदैनन् । बेलायतको रेल र बसमा अपांगता हुनेका लागि विशेष व्यवस्था गरिएको हुँदो रहेछ । त्यहाँ अशक्त कसैले पनि सार्वजनिक यातायातमा आत्तिनु पर्ने वा आफूलाई निरिह ठान्नु पर्ने अवस्था छैन । त्यसमाथि पाकाहरूलाई त भाडा पनि नलाग्ने रहेछ । रगमार्क इन्टरनेसनलका सदस्य डेभिड ओउल साइकल चढ्दा रहेछन् २० किलोमिटरसम्म पनि । भन्दैथिए - बस वा रेलमा आएको भए सजिलो हुन्थ्यो, भाडा पनि लाग्दैन तर सकुन्जेल त साइकल नै चढ्ने हो । हाम्रोमा भने माइक्रोवालाले बूढाबुढीलाई सकेसम्म नचढाउन खोज्छन् । पैसा नलिने त कुरै भएन ।

भोलिपल्ट घर फर्कन लाग्दा सुन्धारामा सामाखुसी जाने माइक्रो बस रोक्दै नरोकी जान थाले । प्रहरीले नै लखेटी रहेका थिए । बल्ल एउटाले माइक्रो रोकिएजस्तो गर्‍यो र चढ्न भ्याएँ । राष्ट्रपति रामवरण यादव संसद्मा सम्बोधन सकेर फर्कने बेला हुन लागेकाले सडक खाली गराउन माइक्रो बसलाई लखेटिएको रहेछ । राष्ट्रपतिको सम्बोधन म घर पुग्दा बल्ल सकिएको थियो । अर्थात्, प्रहरीले चाहिनेभन्दा धेरै पहिलेदेखि र जताततै बाटो छेकेका रहेछन् । राष्ट्रपतिलाई बानेश्वरबाट अनामनगर डिल्लीबजार, कमलपोखरी, बालुवाटार हुँदै महाराजगन्ज लगेको भए सार्वजनिक यातायातमा खासै प्रभाव पर्ने थिएन । हुनत, त्यो पनि गर्नु आवश्यक थिएन ।

अगाडि एउटा साइरनयुक्त प्रहरी भ्यान हिँडाएर पनि विशिष्ठ व्यक्तिको आवागमन सहज बनाउन सकिन्छ । विदेशमा त त्यसरी विशिष्ठ व्यक्तिलाई हिँडाएको देखिएको छ । बाटो रोक्दा पनि अत्यन्त कम समयका लागि रोकिन्छ । मूलतः जनतालाई 'जन्तु' ठान्ने मानसिकताले यसरी सताउने काम भएको हो ।

बाटो थुनेर आवागमन सुरक्षित हुन्छ भन्ने सुरक्षाकर्मीको सोच गलत हो । हुनत, यो सुरक्षा अधिकारीहरूमा भरिएको सामन्ती संस्कारको अभिव्यक्ति हो तर राष्ट्रपति, प्रधानमन्त्री हुनेहरूले आफ्ना कारण जनताले पाएको सास्तीका बारेमा सोच्नु चाहिँ पर्ने हो । मुलुकबाट राजतन्त्र त फालियो तर सामन्ती संस्कार, सोच, अभ्यास र व्यवहार भने जस्ताको तस्तै रह्यो । यथार्थमा जनतालाई हेप्ने सामन्ती प्रवृत्ति नै यसको कारक हो ।

जनताको मुक्तिका नाममा राजनीतिमा ६ दशक बिताएका गिरिजाप्रसाद कोइरालादेखि भैसी चराएर आएको हुँ भनेर जनताको नजिक हुन खोज्ने रामवरण यादवले राजसी ठाँट कायमै राखे । आफूलाई मुक्ति नायक ठान्ने पुष्पकमल दाहाल पनि उनीहरूभन्दा बेलै भएनन् । सामान्य व्यक्तिका लहरमा उभिन खोजेको देखाउने माधवकुमार नेपालले पनि त्यही परम्परा धाने । आफूलाई कुनै हानि नपुग्ने तर धेरै जनाले सास्ती भोग्न नपर्ने विषयमा पनि संवेदनशील हुन नसक्नेहरूले साँच्चै नै जनताको हितमा के गर्लान् र?

Sunday, June 7, 2009

जोखिममा ज्यान..

.


गोंगबुबाट रानीबारी, लाजिम्पाट हुँदै लैनचौर पुग्दासम्म पनि सोमबारको बन्द निकै चर्को भएको थाहा पाइसकेको थिएँ । पहिलेका बन्दहरूमा मोटरसाइकल, सफा टेम्पो, साइकल र रिक्सा चल्थे । लाजिम्पाटदेखि उता बन्द समर्थकहरूको झुण्ड देखिन थालेको थियो । लैनचौर चौबाटोमा पुग्दा दुई जना बालक साइकल लिएर आए । बन्दमा काठमाडौंका बालबालिका रमाउँछन् होला । एक त, आफूभन्दा गरुंगो भारी बोकेर विद्यालय जान नपर्ने, अर्को सडकमा ढुक्क भएर खेल्न पाइने । काठमाडौंमा भित्री भागमात्र हैन नयाँ बस्तीहरूमा पनि खेल्ने ठाउँ छैनन् । यसैले सडक नै उनीहरूको खेल मैदान हो । साइकल चलाउँदै आएका बालकलाई बन्द समर्थक किशोरहरूले देखे । रोके र साइकलको हावा खुस्काई दिए । बालकहरू रुनमात्र सकेनन् । एउटा उद्दण्ड किशोरले त साइकलमा एक लात हान्यो पनि । साइकलको पांग्राभित्रका डण्डीहरू बाँगिए । बालकहरू साइकल डोर्‍याएर बाटो लागे । भनुन् पनि कसलाई ? घरमा भने उल्टै किन गएको त बन्दका दिन साइकल लिएर भन्ने गाली खाइन्छ । यस्ता बालक धेरैजसो बदलाको भाव लिएर हुर्कन्छन् रे । ठूलो भएपछि क्रुर र हिंस्रक हुन्छन् रे ।


बालकहरू बाटो लागेपछि क्यामरा नल्याएकोमा थकथक मान्दै म पनि अगाडि बढेँ । ती बालकका ठाउँमा अपांगता भएका हि्वलचेयर प्रयोगकर्ता भएको भए के हुन्थ्यो भन्ने लाग्यो । विचारै नगरी तिनको हि्वलचेयरको हावा खुस्काइदिन बेर थिएन । त्यस अवस्थामा कति सास्ती हुन्थ्यो होला ? अनि मैले आफैलाई त्यस्तो भएको भए के हुन्थ्यो भनेर कल्पना गर्न थालेँ । पहिलो त, म बसेको ठाज़बाट हि्वलचेयर लिएर ठमेल, लाजिम्पाट, कान्ति अस्पताल वा नारायण गोपाल चोक कतै पनि हि्वलचेयरमा निस्कन सकिएला जस्तो लाग्दैन । कारण कुनै पनि बाटो बनाउादा हि्वल चियरमा हिँड्ने पनि हुन्छन् भन्ने सोचिएजस्तो देखिँदैन । अर्को, बन्दको उपद्रोलाई अपवाद मान्ने हो भने पनि सबारी चलाउनेहरू र सडकको हेरचाह गर्नेहरू कोही पनि अपांगता भएकाहरूको आवश्यकताप्रति संवेदनशील छैनन् । यस्तै संवेदनहीनता नीति निर्माता, कार्यक्रम कार्यान्वयनकर्ता, सञ्चारकर्मी र व्यापक जनसमुदायमा छ । यसैले अपांगता हुनेहरूलाई अपांगताले भन्दा समाजको मानसिकता र भौतिक संरचनाले बढी अशक्त बनाएको छ ।


पैदल हिँड्दै जाँदा मैले हि्वलचियरमा हिँड्नेलाई लाजिम्पाटबाट नागरिक दैनिकको कार्यालयसम्म पुग्दा कति अप्ठेरो पर्ने रहेछ भनेर विचार गर्न थालेँ ।- डर देखाएर, विध्वंश गरेर जबर्जस्ती गराइने बन्द जनसमर्थनको हैन राज्यको निरिहताको मापक हो । बन्द आयोजकहरूले पनि नबुझेका हैनन् होला । बुझ पचाएपछि के गर्ने? ) सडकका पेटीहरू हि्वलचियर हिाडाउन मिल्ने गरेर बनाइएका छैनन् । भित्री सहरमा त पेटी नै छैनन् । यसैले मोटरहरूसागै मिसिएर हिँड्नै पर्‍यो । मोटर साइकल र माइक्रोबस चलाउने अधिकांशले सबारी नियम उल्लंघन गरिरहेका हुन्छन् । उछिनापाछिनका क्रममा उनीहरूले सबारी घुइँक्याउदा हि्वलचियरमा हिँड्नेको मन कति डराउँछ होला? भूपिले लेखेजस्तै 'मृत्य' नजिकैबाट घुइँकिएर गयो' उनीहरूले सधैँ भोग्छन् ।


( यस्तो अनुभूति मैले पनि एक पटक गरेको छु । जापान अध्ययन कार्यक्रममा गएका बेला आओमोरी प्रान्तको सानो सहर किजुकुरीमा हि्वलचेयर मेलामा भाग लिएको थिएँ । म पाहुनाका रूपमा सहभागी भएको थिएँ भने सहरमा मेयर, प्रशासक, सहकारीका अध्यक्षलायत स्थानीय गण्यमान्यले पनि भाग लिएका थिए । हि्वलचियर प्रयोगकर्ताका समस्या र सास्तीका बारेमा संवेदना जगाउन मेला आयोजना गरिएको थियो । व्यस्त सहरको मध्य भागसम्म हि्वलचेयरमा जानुपथ्र्यो । मोटरहरू आइरहेका छन् । हुनत, हर्न कसैले बजाउँदैन थियो तैपनि डर लागिरहने । कतै पछाडिको गाडीले ठक्कर दिने पो हो कि? अनि बाटो सजिलो थियो । सडक पार गर्ने सजिला ठाउा बनाइएको थियो । चौबाटाहरूमा सडक पार गर्न ध्वनि र प्रकाश दुवै प्रकारका संकेत थिए । कान नसुन्नेका लागि बत्तीले जनाउ दिन्थ्यो भने आँखा नदेख्नेले एक प्रकारको संगीत सुनेर बाटो काट्न हुने थाहा पाउँथे । करिब एक घन्टा लामो त्यो यात्रा निकै रोमाञ्चक, भयावह र शिक्षाप्रद रÞयो । जापानीहरू ट्राफिक नियम राम्रै पालन गर्छन् भन्ने थाहा पाउँदा पाउँदै पनि मलाई लाग्नु अत्यास लागेको थियो । काठमाडौंका सडकमा हि्वलचियरमा हिँड्नेलाई कति डर लाग्दो हो ? र कति सास्ती हुँदो हो ?)


लाजिम्पाटबाट कान्तिपथ हुँदै पैदल हिँड्दा केशरमहलको चौबाटोमा बाहेक हि्वलचियरमा हिँडेनेले बाटो काट्ने ठाउँ रहेनछ । जमलबाट मोटरजस्तै घन्टाघरतिर लाग्ने कि सोझै भोटाहिटी तिर लाग्ने ? जता जान खोजे पनि हि्वलचियर सजिलै लैजाने ठाउँ छैन । सबारी चालकको सुविधा र पैदल यात्रीको सुरक्षाका लागि आकासे पुल बनाइएको छ बाटो काट्नका लागि । आकासेपुलमुनि जेब्रा क्रसिङ हुने कुरा पनि भएन । टुँडिखेलको दायाँ बायाँ सडक एकतर्फी छ । कति मुस्किल हुन्छ होला उनीहरूलाई ? केशरमहलपछि त एकैचोटी थापाथलीमा मात्रै पेटी र सडकमा हि्वलचियर ल्याउन सकिने बाटो छ । अर्थात् बीचमा मान्छेले ज्यानको माया मारेर र ट्राफिक नियम मिचेर जहाँबाट मन लाग्यो वा मिल्यो उहीँबाट बाटो काट्नु पर्‍यो । यस्तै विचार गर्दै नागरिक दैनिकको कार्यालय रहेको जेडीए कम्प्लेक्स पुगेँ । त्यहाँ पनि लिफ्ट बन्द थियो । हि्वलचियरमा गएको भए जागिर खान घस्रेर वा अरूको बुइमा जानुपर्थ्र्यो ।


(अपांगता भएका नागरिकका लागि पनि मर्यादित जीवन यापनका लागि सुविधा जुटाउने दायित्व राज्यको हो । यहाँ त, सुविधा थप्नु त परै जाओस् नयाँ भौतिक संरचना निर्माण गर्दा अपांगता हुनेको समस्यालाई उपेक्षा गरिन्छ र उनीहरूको पहुँच कम गरिन्छ । राज्यले गर्ने यही पक्षपात र अन्यायले अपांगता हुनेहरूको अशक्तता बढ्छ । सरकारी संयन्त्रमा रहेका अधिकांश जिम्मेवार व्यक्तिहरू स्रोतको अभाव भएको रेडिमेड उत्तर दोहोर्‍याउँछन् । संवेदनशील हुने हो भने राज्यले धान्नै नसक्ने खर्च लाग्दैन । भत्ता दिएर परनिर्भर बनाउन तयार हुने तर अवरोध हटाएर आत्मनिर्भर हुन नसघाउने अचम्मको सामन्ती मानसिकता छ राज्यका हर्ताकर्तामा ।)


यसो त, पैदल हिँड्ने अरूका लागि पनि राजधानीका सडक सुविधाजनक र सुरक्षित छैनन् पेटीमा पसल हुन्छ । पैदल यात्री सडकमा नहिँडी सुखै पाउँदैनन् । सबारी चालकले नियम र मर्यादा ख्याल राख्दैनन् । हर्नको आवाज सुनिसक्नु हुन्न । सडकमा कुन बेला कता के हुने हो सधैा त्राहीमाम हुनुपर्छ । ट्राफिक प्रहरीले पैदल यात्रुको पीरमर्काको ख्याल गरेको बिरलै भेटिन्छ । जेब्रा क्रसिङको सेतो धर्को धेरैजसो ठाउँमा देखिँदैन । अन्दाज गरेर काट्नुपर्छ । यसैले पैदल यात्रुले मन लागेका ठाउँबाट बाटो काट्छन् र सबारी चालकले जेब्रा क्रसिङ नजिक आइपुगेपछि सबारीको गति बढाउँछन् । विशेषगरी माइक्रोबसको उछिनपाछिन र मोटरसाइकलको हतारले पैदल यात्रुको ज्यान सधैँ जोखिममा हुन्छ । पाका र अशक्तहरूका लागि त बाटो काट्दा ज्यानकै बाजी राख्नुपर्छ । एकाध भलाद्मी सबारी चालकले पैदल हिँड्नेलाई बाटो दिन गाडी रोके भने पछाडिबाट आउनेले सिध्याउला कि भन्ने डर हुन्छ । अधिकांश चालकहरू जेब्रा क्रसिङमा अगाडिको सबारी किन रोकियो भन्ने विचारै नगरी उछिन्न हतार गर्छन् ।
पैदल हिँड्नेको सुविधा र सुरक्षा पनि ट्राफिक प्रहरीको कर्तव्य हो । उनीहरूको तालिममा नै सिकाइँदैन कि कुन्नि अत्यन्त कम मात्र अपांगता भएका र अरू पैदल यात्रुप्रति संवेदनशील भएको देखिन्छ ।


पैदल हिँड्नेलाई तुच्छ जीव ठान्ने सामन्ती मानसिकता राज्यका हर्ताकर्तामा रहुन्जेल स्थिति बदलिने आशा पनि त गर्न सकिन्न । यसैले काठमाडौंका पैदल यात्रुले ज्यान जोखिममा राखेरै हिँड्नु विकल्प छैन । भाग्य बलियो भए गन्तव्यमा अवश्य सकुशल पुगिएला ।

जोखिममा ज्यान...


गोंगबुबाट रानीबारी, लाजिम्पाट हुँदै लैनचौर पुग्दासम्म पनि सोमबारको बन्द निकै चर्को भएको थाहा पाइसकेको थिएँ । पहिलेका बन्दहरूमा मोटरसाइकल, सफा टेम्पो, साइकल र रिक्सा चल्थे । लाजिम्पाटदेखि उता बन्द समर्थकहरूको झुण्ड देखिन थालेको थियो । लैनचौर चौबाटोमा पुग्दा दुई जना बालक साइकल लिएर आए । बन्दमा काठमाडौंका बालबालिका रमाउँछन् होला । एक त, आफूभन्दा गरुंगो भारी बोकेर विद्यालय जान नपर्ने, अर्को सडकमा ढुक्क भएर खेल्न पाइने । काठमाडौंमा भित्री भागमात्र हैन नयाँ बस्तीहरूमा पनि खेल्ने ठाउँ छैनन् । यसैले सडक नै उनीहरूको खेल मैदान हो । साइकल चलाउँदै आएका बालकलाई बन्द समर्थक किशोरहरूले देखे । रोके र साइकलको हावा खुस्काई दिए । बालकहरू रुनमात्र सकेनन् । एउटा उद्दण्ड किशोरले त साइकलमा एक लात हान्यो पनि । साइकलको पांग्राभित्रका डण्डीहरू बाागिए । बालकहरू साइकल डोर्‍याएर बाटो लागे । भनुन् पनि कसलाई ? घरमा भने उल्टै किन गएको त बन्दका दिन साइकल लिएर भन्ने गाली खाइन्छ । यस्ता बालक धेरैजसो बदलाको भाव लिएर हुर्कन्छन् रे । ठूलो भएपछि क्रुर र हिंस्रक हुन्छन् रे ।


बालकहरू बाटो लागेपछि क्यामरा नल्याएकोमा थकथक मान्दै म पनि अगाडि बढेा । ती बालकका ठाउामा अपांगता भएका हि्वलचेयर प्रयोगकर्ता भएको भए के हुन्थ्यो भन्ने लाग्यो । विचारै नगरी तिनको हि्वलचेयरको हावा खुस्काइदिन बेर थिएन । त्यस अवस्थामा कति सास्ती हुन्थ्यो होला ? अनि मैले आपैFmलाई त्यस्तो भएको भए के हुन्थ्यो भनेर कल्पना गर्न थालेा । पहिलो त, म बसेको ठाउाबाट हि्वलचेयर लिएर ठमेल, लाजिम्पाट, कान्ति अस्पताल वा नारायण गोपाल चोक कतै पनि हि्वलचेयरमा निस्कन सकिएला जस्तो लाग्दैन । कारण कुनै पनि बाटो बनाउादा हि्वल चियरमा हिाड्ने पनि हुन्छन् भन्ने सोचिएजस्तो देखिादैन । अर्को, बन्दको उपद्रोलाई अपवाद मान्ने हो भने पनि सबारी चलाउनेहरू र सडकको हेरचाह गर्नेहरू कोही पनि अपांगता भएकाहरूको आवश्यकताप्रति संवेदनशील छैनन् । यस्तै संवेदनहीनता नीति निर्माता, कार्यक्रम कार्यान्वयनकर्ता, सञ्चारकर्मी र व्यापक जनसमुदायमा छ । यसैले अपांगता हुनेहरूलाई अपांगताले भन्दा समाजको मानसिकता र भौतिक संरचनाले बढी अशक्त बनाएको छ ।


पैदल हिाड्दै जाँदा मैले हि्वलचियरमा हिँड्नेलाई लाजिम्पाटबाट नागरिक दैनिकको कार्यालयसम्म पुग्दा कति अप्ठेरो पर्ने रहेछ भनेर विचार गर्न थालेा ।- डर देखाएर, विध्वंश गरेर जबर्जस्ती गराइने बन्द जनसमर्थनको हैन राज्यको निरिहताको मापक हो । बन्द आयोजकहरूले पनि नबुझेका हैनन् होला । बुझ पचाएपछि के गर्ने? ) सडकका पेटीहरू हि्वलचियर हिाडाउन मिल्ने गरेर बनाइएका छैनन् । भित्री सहरमा त पेटी नै छैनन् । यसैले मोटरहरूसागै मिसिएर हिाड्नै पर्‍यो । मोटर साइकल र माइक्रोबस चलाउने अधिकांशले सबारी नियम उल्लंघन गरिरहेका हुन्छन् । उछिनापाछिनका क्रममा उनीहरूले सबारी घुइाक्याउदा हि्वलचियरमा हिाड्नेको मन कति डराउाछ होला? भूपिले लेखेजस्तै 'मृत्य' नजिकैबाट घुइाकिएर गयो' उनीहरूले सधैा भोग्छन् ।


- यस्तो अनुभूति मैले पनि एक पटक गरेको छु । जापान अध्ययन कार्यक्रममा गएका बेला आओमोरी प्रान्तको सानो सहर किजुकुरीमा हि्वलचेयर मेलामा भाग लिएको थिएा । म पाहुनाका रूपमा सहभागी भएको थिएा भने सहरमा मेयर, प्रशासक, सहकारीका अध्यक्षलायत स्थानीय गण्यमान्यले पनि भाग लिएका थिए । हि्वलचियर प्रयोगकर्ताका समस्या र सास्तीका बारेमा संवेदना जगाउन मेला आयोजना गरिएको थियो । व्यस्त सहरको मध्य भागसम्म हि्वलचेयरमा जानुपथ्र्यो । मोटरहरू आइरहेका छन् । हुनत, हर्न कसैले बजाउादैन थियो तैपनि डर लागिरहने । कतै पछाडिको गाडीले ठक्कर दिने पो हो कि? अनि बाटो सजिलो थियो । सडक पार गर्ने सजिला ठाउा बनाइएको थियो । चौबाटाहरूमा सडक पार गर्न ध्वनि र प्रकाश दुवै प्रकारका संकेत थिए । कान नसुन्नेका लागि बत्तीले जनाउ दिन्थ्यो भने आाखा नदेख्नेले एक प्रकारको संगीत सुनेर बाटो काट्न हुने थाहा पाउाथे । करिब एक घन्टा लामो त्यो यात्रा निकै रोमाञ्चक, भयावह र शिक्षाप्रद रÞयो । जापानीहरू ट्राफिक नियम राम्रै पालन गर्छन् भन्ने थाहा पाउादा पाउादै पनि मलाई लाग्नु अत्यास लागेको थियो । काठमाडौंका सडकमा हि्वलचियरमा हिाड्नेलाई कति डर लाग्दो हो ? र कति सास्ती हुँदो हो ?)


लाजिम्पाटबाट कान्तिपथ हुादै पैदल हिाड्दा केशरमहलको चौबाटोमा बाहेक हि्वलचियरमा हिाडेनेले बाटो काट्ने ठाउा रहेनछ । जमलबाट मोटरजस्तै घन्टाघरतिर लाग्ने कि सोझै भोटाहिटी तिर लाग्ने ? जता जान खोजे पनि हि्वलचियर सजिलै लैजाने ठाउा छैन । सबारी चालकको सुविधा र पैदल यात्रीको सुरक्षाका लागि आकासे पुल बनाइएको छ बाटो काट्नका लागि । आकासेपुलमुनि जेब्रा क्रसिङ हुने कुरा पनि भएन । टुाडिखेलको दायाँ बायाँ सडक एकतर्फी छ । कति मुस्किल हुन्छ होला उनीहरूलाई ? केशरमहलपछि त एकैचोटी थापाथलीमा मात्रै पेटी र सडकमा हि्वलचियर ल्याउन सकिने बाटो छ । अर्थात् बीचमा मान्छेले ज्यानको माया मारेर र ट्राफिक नियम मिचेर जहाँबाट मन लाग्यो वा मिल्यो उहीाबाट बाटो काट्नु पर्‍यो । यस्तै विचार गर्दै नागरिक दैनिकको कार्यालय रहेको जेडीए कम्प्लेक्स पुगेा । त्यहाा पनि लिप\mट बन्द थियो । हि्वलचियरमा गएको भए जागिर खान घस्रेर वा अरूको बुइमा जानुपथ्र्यो ।


-अपांगता भएका नागरिकका लागि पनि मर्यादित जीवन यापनका लागि सुविधा जुटाउने दायित्व राज्यको हो । यहाँ त, सुविधा थप्नु त परै जाओस् नयाा भौतिक संरचना निर्माण गर्दा अपांगता हुनेको समस्यालाई उपेक्षा गरिन्छ र उनीहरूको पहुाच कम गरिन्छ । राज्यले गर्ने यही पक्षपात र अन्यायले अपांगता हुनेहरूको अशक्तता बढ्छ । सरकारी संयन्त्रमा रहेका अधिकांश जिम्मेवार व्यक्तिहरू स्रोतको अभाव भएको रेडिमेड उत्तर दोहोर्‍याउाछन् । संवेदनशील हुने हो भने राज्यले धान्नै नसक्ने खर्च लाग्दैन । भत्ता दिएर परनिर्भर बनाउन तयार हुने तर अवरोध हटाएर आत्मनिर्भर हुन नसघाउने अचम्मको सामन्ती मानसिकता छ राज्यका हर्ताकर्तामा ।)


यसो त, पैदल हिाड्ने अरूका लागि पनि राजधानीका सडक सुविधाजनक र सुरक्षित छैनन् पेटीमा पसल हुन्छ । पैदल यात्री सडकमा नहिँडी सुखै पाउादैनन् । सबारी चालकले नियम र मर्यादा ख्याल राख्दैनन् । हर्नको आवाज सुनिसक्नु हुन्न । सडकमा कुन बेला कता के हुने हो सधैा त्राहीमाम हुनुपर्छ । ट्राफिक प्रहरीले पैदल यात्रुको पीरमर्काको ख्याल गरेको बिरलै भेटिन्छ । जेब्रा क्रसिङको सेतो धर्को धेरैजसो ठाउामा देखिादैन । अन्दाज गरेर काट्नुपर्छ । यसैले पैदल यात्रुले मन लागेका ठाउाबाट बाटो काट्छन् र सबारी चालकले जेब्रा क्रसिङ नजिक आइपुगेपछि सबारीको गति बढाउाछन् । विशेषगरी माइक्रोबसको उछिनपाछिन र मोटरसाइकलको हतारले पैदल यात्रुको ज्यान सधैा जोखिममा हुन्छ । पाका र अशक्तहरूका लागि त बाटो काट्दा ज्यानकै बाजी राख्नुपर्छ । एकाध भलाद्मी सबारी चालकले पैदल हिाड्नेलाई बाटो दिन गाडी रोके भने पछाडिबाट आउनेले सिध्याउला कि भन्ने डर हुन्छ । अधिकांश चालकहरू जेब्रा क्रसिङमा अगाडिको सबारी किन रोकियो भन्ने विचारै नगरी उछिन्न हतार गर्छन् ।
पैदल हिाड्नेको सुविधा र सुरक्षा पनि ट्राफिक प्रहरीको कर्तव्य हो । उनीहरूको तालिममा नै सिकाइादैन कि कुन्नि अत्यन्त कम मात्र अपांगता भएका र अरू पैदल यात्रुप्रति संवेदनशील भएको देखिन्छ ।


पैदल हिाड्नेलाई तुच्छ जीव ठान्ने सामन्ती मानसिकता राज्यका हर्ताकर्तामा रहुन्जेल स्थिति बदलिने आशा पनि त गर्न सकिन्न । यसैले काठमाडौंका पैदल यात्रुले ज्यान जोखिममा राखेरै हिाड्नु विकल्प छैन । भाग्य बलियो भए गन्तव्यमा अवश्य सकुशल पुगिएला ।

Wednesday, June 3, 2009

सुजाताई हालको बकस

… भन्दिभइन् कैकयी
रामलाई वनवास भरत कन त राज माग्छु म चाँडो गई ।’

'भानुभक्तकृत भाषा रामायण’अनुसार रामको राज्याभिषेक हुनै लागेका बेला मन्थराद्वारा उक्साइएकी कैकेयीले दशरथसँग छोरालाई राज्य मागिन् । दशरथले 'सत्यवादी’ हुन राममाथि अन्याय गरे । राजकाज यस्तै रहेछ क्यारे । राष्ट्रिय सहमति र सहकार्यको नारा लगाएर नथाक्ने गिरिजाप्रसाद कोइरालाले पनि पार्टीका पानीमरुवा नेताहरुको रुन्चे अनुनय पन्छाएर अन्ततः छोरीलाई राज मागे । रामलाई वनवास पठाउँदा दशरथको देहावसान भएको थियो। छोरी सुजाता मन्त्री होलिन् न होलिन् पिता गिरिजाप्रसाद कोइरालाको नाक र उनको पार्टी नेपाली कांग्रेसको साख चाहिँ यही निर्णयले समाप्त भएको छ । अर्को अर्थमा कांग्रेस र कोइरालाको आत्माको अवसान भएको छ । जीवनका सुख सुविधा र सम्भावना सबै छाडेर कांग्रेसको आदर्श र विश्वेश्वरप्रसाद कोइरालाको आकर्षणमा राजनीतिमा होमिएका साथीहरुको अवस्था कस्तो भयो होला भन्ने सम्झँदा मन गरुंगो हुन्छ । यद्यपि, बेलैमा राजनीति छाडेर अहिले त्यो पीडा खप्न नपरेकोमा आनन्द पनि लागेको छ ।
नेपाली कांग्रेसको विनिर्माण हुनसक्छ भन्ने लागेको थियो । यसका सभापति गिरिजाप्रसाद कोइरालाको पछिल्ला निर्णयहरु र वरिष्ठ नेताहरुको लोभ पाप र लाछी स्वभाव हेर्दा अब कांग्रेसको विघटनबाहेक अरु विकल्प देखिँदैन । कांग्रेस अहिलेको नेतृत्व र नीतिका भरमा अगाडि बढ्न सक्तैन । नयाँ नेतृत्व स्थापित हुने ढोका पनि लगभग बन्द छ । सबैभन्दा निराशाजनक त दोस्रो तेस्रो वा चौथो पंक्तिसम्म एकाधबाहेक आशा लाग्दो नेतृत्व देखिएकै छैन ।
यथार्थमा दोस्रो जनआन्दोलनपछि कांग्रेस निरन्तर ओरालो लागेको छ । आधा दशकबढी मुलुकको राजनीतिको केन्द्रमा रहेको आन्दोलनको सफल नेतृत्व गरेपछि झन् ओरालो लाग्नु सामान्य र सहज भने होइन । तर यसका सभापति कोइराला र केही नेताका व्यक्तिगत स्वार्थ एवं महत्वाकांक्षाले गर्दा नेपाली जनताले धेरै पटक पत्याएको र नेतृत्व स्वीकार गरेको मध्यमार्गी पार्टी अवसानको संघारमा पुग्यो । केही वर्ष जसोतसो सत्तामा टाँसिन सके पनि कांग्रेसको मौलिक पहिचान र मान्यता समाप्त भइसकेको छ । अब कांग्रेससँग हिङ छैन, टालोको बास्ना धेरै टिक्दैन ।
कांग्रेस ओरालो लाग्ने कारण केलाउने हो भने मूलतः उसको माओवादी तुष्टीकरणको नीति जिम्मेवार देखिन्छ । भन्न त यसलाई मुलुकमा शान्ति कायम गर्न लिएको नीति भनेर ढाकछोप गर्न खोजिएला तर यो कोइराला र उनका चाटुकारको स्वार्थमा लिइएको नीति थियो । माओवादी तुष्टीकरणले मुलुकलाई निकै जटिल अवस्थामा पुर् याएको छ । अहिलेका धेरै समस्या माओवादीलाई कानुन मिच्न दिइएका अनुचित छुटका परिणाम हुन् । कोइरालालाई एमाले तहलगाउने सजिलो उपाय माओवादी उक्साउनु लाग्यो । अनि माओवादीलाई उचाल्न थालियो । फलस्वरुप निर्वाचनमा मध्यमार्गी र लोकतन्त्रका पक्षधर शक्ति तथा व्यक्ति अधिकांश पराजित भए । त्यसको परिणाम के भयो यहाँ लेखिरहनु पर्दैन ।
त्यसपछि कोइराला पार्टी राजनीतिबाट पन्छिएर पहरेदार बनेका भए पनि आजको अवस्था आउने थिएन । तर उनलाई त राष्ट्रपति हुने मोह जाग्यो । त्यसैको मोलतोल गर्दागर्दै संविधानसभाको निर्वाचन र गणतन्त्रको घोषणा गराएको इतिहास र इज्जत मेटिएको पनि कोइरालाले चेत पाएनन् । माओवादीले मात्र हैन नियतिले पनि उनलाई गणतन्त्र नेपालको प्रथम राष्ट्रपति हुन दिएन । उनैका नाममा रामवरण यादव राष्ट्रपति भए । यति भएपछि उनले विश्राम लिएको भए पनि उनको साख केही जोगिन्थ्यो । इतिहासले दिएको सबै जस खोस्ने निर्णय नियतिले गरेको थियो सायद । उनले सक्रिय राजनीति छाडेनन् । उनमा बार्धक्यसँगै धृतराष्ट्र प्रवृत्ति थपिँदै गयो । पोखरा महाधिवेशनमा सुजाताको उम्मेदवारी खारेज गराउने कोइराला अन्ततः अहिलेको जटिल घडीमा उनलाई कांग्रेसको नेतृत्वमा स्थापित गराउन लोकलाज त्यागेर लागे ।
सरकारमा कांग्रेस सुजाताको नेतृत्वमा जाने र उनलाई परराष्ट्र मन्त्री बनाउने काम भयो भने सम्भवतः नेपाली कांग्रेस र गिरिजाप्रसाद कोइरालाकै पनि इतिहासमा सबैभन्दा गलत र दुर्नाम कमाउने निर्णय साबित हुनेछ । सुजातालाई नेतृत्व दिने र त्यसमा पनि परराष्ट्र मन्त्री बनाउने निर्णय अव्यवहारिक असैद्धान्तिक अनुपयोगी छ । (यद्यपि, सुशील कोइरालाले सुजातालाई कांग्रेसको नेतृत्त्व गराई छाड्ने हो भने राजीनामा गर्ने घुर्की लगाएका छन्। पर्खौँ ।)
सुजाता पछिल्ला दिनमा माओवादीकै सरकारमा जाने तरखरमा थिइन् । अर्थात् नयाँ समीकरणका पक्षमा थिइनन् । गठबन्धनको प्रमुख घटककै नेतृत्व समीकरण विरोधीले गर्दा सुरुदेखि नै विश्वासको संकट उत्पन्न हुन्छ । सरकारले राम्ररी काम गर्न सक्तैन । सुजातालाई सरकारमा नेतृत्वदायी भूमिकामा पठाउनु गठबन्धनको आयु छोट्याउनु हो । यसैले यो व्यावहारिक छैन ।
सुजाता जर्मन नागरिककी पत्नी हुन् । उनका पति र सन्तान विदेशी हुन् । यसैले कतै न कतै विदेश नीति र कामकाजमा उनको स्वार्थ मिसिन सक्छ । त्यस्तो स्वार्थ राष्ट्र हितविपरीत पनि हुनसक्छ । यसैले उनलाई परराष्ट्र मन्त्रालयको जिम्मा दिनु प्रशासनिक दृष्टिबाट खतरनाक मात्र हैन नैतिक दृष्टिबाट अनुचित पनि हुन्छ ।
नेपाली कांग्रेसको मूलधार उदार मध्यमार्गी हो । सुजाता सधैँजसो अतिवादी देखिएकी छिन् । यसैले उनले कांग्रेसको सैद्धान्तिक प्रतिनिधित्व पनि गर्न सक्तिनन् । कोइराला वंशी हुँदैमा पुग्थ्यो भने त प्रकाश कोइराला नै सबैभन्दा ठूला नेता हुने थिए नि।
यस आत्मघाती निर्णयका लागि गिरिजाबाबु र सुजाता त मूल दोषी हुँदैहुन् सुशील कोइराला र रामचन्द्र पौडेल पनि कम दोषी छैनन् । केन्द्रीय समिति वा संसदीय समितिबाटै निर्णय गरेको भए गिरिजाबाबुले निर्णय गर्नै पाउने थिएनन् । केन्द्रीय समितिलाई पन्छाएर सभापतिबाट आफूले खोजेजस्तो निर्णय गराउन उनीहरुले चलेको चाल 'बुमर् याङ’ भएपछि पानीमाथि ओभानो हुन खोज्नुको अर्थ छैन । रहे शेरबहादुर देउवा । देउवा आफ्ना गुरु गिरिजा कोइरालाका पक्का चेला हुन् । लोकतन्त्र उनका लागि आएको हो । कांग्रेस सकिए पनि आफूलाई नाफा भए हुन्छ भनेर नै उनले पार्टी फुटाएका थिए भन्ने धेरैले बिर्से होलान् तर सबैले बिर्सेका छैनन् ।
कांग्रेसका समितिहरु निकम्माहरुको क्लब साबित भए । निर्णय गर्न पाउनुपर्छ भन्छन् तर निर्णय गर्न सक्तैनन् । सबै लोभी र पापी भएपछि यस्तै हुन्छ । यस्तो क्लबको सदस्य भइरहन नरहरि आचार्य, गगन थापालगायतलाई लाज लाग्नुपर्ने हो ।
कांग्रेस र नयाँ सरकार बचाउने हो भने कोइरालालाई उनको गलत निर्णय फिर्ता गर्न प्रधानमन्त्री माधवकुमार नेपाललगायतले सल्लाह दिनुपर्छ । कांग्रेसका अरु नेताले दबाव दिनुपर्छ । र, उनले पनि सच्याउनुपर्छ । सबैभन्दा राम्रो त यति भएपछि सुजाताले नै हठ छाड्नुपर्छ । नत्र सरकार चल्ने छैन, अराजकता अन्त्य हुने छैन ।  अस्थिरता र अराजकता झन् बढ्नेछ । र, इतिहास नेपाली कांग्रेसको आत्मघातको साक्षी बस्नेछ ।