संविधान सभाको चुनाव आउने मंसिर ४ गते मतदान हुने गरी तोकिएको छ। राजनीतिक दलहरू पनि जुर्मुराउन थालेका छन्। चुनावमा भाग लिनेहरू त्यसैको तयारीमा लाग्लान्। भाग नलिनेहरू बहिष्कार गर्न बिथोल्न सक्रिय होलान्। ( यी पंक्तिहरू लेख्दा नेकपा—माओवादीको बन्दमा मुलुक ककर्किएको छ।) यी दुवैथरीले जनताकै नाममा जनतालाई नै सास्ती दिनेछन्। जनतालाई गाँस काटेर 'चन्दा’ दिन बाध्य पारिनेछ। अहिलेसम्मको अनुभवले यसै भन्छ।
यसो त नेताहरू सधैँ नै पार्टीकै कुनै न कुनै गतिविधिमा संलग्न रहेकै हुन्छन्। तिनले जे गर्यो त्यही पार्टीको काम ठानिने चलन जो छ। सञ्चार माध्यममा पनि तिनैको चर्चा हुन्छ। पार्टीमा नवप्रवेशीलाई सिन्दुर हालेर भित्र्याउने काम नेतालाई बढी नै मन पर्नेमध्येको तमासा हुन पुगेको छ। त्यसका लागि उनीहरूले जसरी पनि समय निकाल्छन्। केही दिन यता अर्काे पार्टीका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्ने लहरै चलेको देखिन्छ। एनेकपा (माओवादी), नेकपा (एमाले), नेपाली कांग्रेस र विभिन्न मधेसी पार्टीमा प्रवेश गर्ने गराउने लहरै चलेको छ। चुनावको तिथि नतोकिँदै यसरी भित्र्याउने होड लागेको थियो भने अब त झनै बढ्ने होला। संगठन विस्तार र सुदृढीकरणका नाममा जसरी पनि अर्का पार्टी र अर्को पार्टीमा गएकालाई फर्काउने होडै जो चलेको छ। यस्तो होड पार्टीहरूबीच मात्र हैन पार्टीभित्रैका प्रतिस्पर्धीबीच पनि चलेको देखिएको छ।
नाम चलेका नेता पार्टीमा हुलेर प्रभाव देखाउने पार्टीहरूले संगठन विस्तारका लागि पुग्नुपर्ने समूहतिर भने ध्यान दिएका छैनन्। आजको युवा पुस्तामा राजनीतिको नामै सुन्न नचाहने वितृष्णा जागेको छ। तीमध्येका एक जना तरुणलाई आकर्षण गर्न सके सय जना कथित नेता भित्र्याएभन्दा पार्टी र देशको राजनीतिलाई बढी लाभ हुन्छ। नेतालाई भाउ दिए पुग्छ भन्नेे सोच मध्ययुगीन सामन्ती संस्कारकै उपज हो। दलका नेताको सोच पञ्चको भन्दा पटक्कै प्रगतिशील र उदार देखिएन। नयाँ समुदायमा जाने प्रयासै नगर्ने, पार्टीमा अडिएर रहेकालाई बेवास्ता गर्ने तर लाभको राजनीतिमात्रै गर्ने र पार्टी चाहार्दै हिँड्ने ठालुलाई धेरै भाउ दिने तिनको यस्तो व्यवहारले जनताको मन जित्न सत्तै्कन। विशेषगरी नयाँ पुस्तामा सैद्धान्तिक विचलनका पर्याय बनेका बासी अनुहारप्रति पटक्कै रुचि देखिँदैन। सामाजिक सञ्जाल नियाल्ने हो भने यो घृणा छर्लंगै हुन्छ।
कम्युनिस्ट पार्टीहरूभित्र सायद पुराना नाम चलेका नेता हुनुको विशेष अर्थ छ। नेपालका कम्युनिस्ट पार्टीहरूमा जनतालाई देखाउन सकिने अनुहार थोरै भएकाले हो कि सुरुदेखि नै थपनाका नेता खोज्ने गरेको देखिएको छ। नेपाली कांग्रेसमा भने नेता धेरै भएर धानिनसक्नु थियो। कांग्रेसमा २००७ साल पहिलेदेखि नै नेताले पार्टी छाड्ने वा टुक्य्राउने गर्दा पनि नेताको खाँचो कहिल्यै भएन। तैपनि, अर्को पार्टीका कार्यकर्ता वा संकटका बेला पार्टी छाडेर अन्तै ओत लागेकाहरूको अबीर जात्रा गरिरहेकै देखिएको छ।
अहिलेका पार्टी चाहार्दै हिँड्ने 'तिहुन चखुवा’बाट निर्वाचनमा फाइदा हुने ठानेर महत्व दिने शैली पंचायत कालमा चुनावका बेला भोट माग्दा अपनाइने 'जिम्मुवाली प्रवृत्ति’कै पुनरावृत्ति हो। गाउँको कुनै ठालुले त्यहाँको सबै भोटको जिम्मा लिन्थ्यो। उसैलाई भेट्यो, हुनेले पैसा दियो, नहुनेले मानमनितो भाउ दियो। त्यतिकै भरमा त्यस गाउँको भोट आउँछ भन्ने ठानिन्थ्यो। हुनत, कतिपय गाउँमा त्यसरी भोट पनि आउँथ्यो। तर अहिले कुनै नेता भनिएका मान्छे पार्टीमा आउँदैमा त्यही परिवारको भोट पनि पाइने निश्चित् हुँदैन। ठालुहरूलाई भोटको जिम्मावाल नियुक्त गर्नु एक्काईसौँ शताब्दीका जनताको चेतनालाई जिस्क्याउने काममात्र हो।
यस्तो प्रवृत्तिलाई प्रोत्साहन गरेर पार्टीलाई पनि फाइदा हुने हैन। यी 'आयाराम गयाराम’ को त चर्दै हिँड्ने बानी नै परेको हुन्छ। कांग्रेस सत्तामा गएका बेला शरदसिंह भण्डारी, केशरबहादुर विष्टलगायत धेरै जना पंच पार्टीमा आएका थिए। तिनीहरूबाट पार्टीलाई कति फाइदा भयो त? यसैले कांग्रेसजस्तो जनाधारित उदार दलले संगठन विस्तारको अभ्यास र सोचलाई समय सापेक्ष परिमार्जन गर्नु आवश्यक तथा उचित हुन्थ्यो। सक्रिय कार्यकर्ता बनाउने बेला सकेसम्म कसैले थाहै नपाउन् भन्ने मानसिकता राखेर पनि कतै जनाधारित दलको संगठन विस्तार हुन्छ?
नेपाली कांग्रेसको जनाधारमा अरू दलको जस्तो खासै घटबढ हुँदैन। यसको कारण मूलतः पारिवारिक संलग्नता र समर्पण हो। किनभने, गर्भे कांग्रेसहरू मात्रै भए पनि जति थपिएका छन् ती कांग्रेसै छन्। कारण, जति नै चित्त नबुझे पनि तिनले जान मिल्ने ठाउँ नै छैन। मदेसमा पक्कै पनि अगिल्लो चुनाव ताका मताधार खुम्चिएको थियो तर त्यसमा परिवर्तन हुन नसक्ने होइन। अहिले नै मधेसमा कांग्रेसप्रति पुरानो जनसमर्थन देखिन थालेको दाबी नेताहरूले गर्न थालेका छन्। तिनले दाबी गरेजत्तिकै नहोला तर कांग्रेसका नेता जाँदा मधेसमा देखिएको उपस्थितिले स्थिति बदलिन थालेको देखिन्छ। मधेसी पार्टीहरू सिद्धान्तहीन स्वार्थीहरूको जमघट प्रमाणित भएकाले पनि पुराना कांग्रेसहरू मातृ संस्थामै फर्केका हुनसक्छ। अर्को, एमाले, माओवादी वा राप्रपामा आउनेजाने ठाउँ छ र लाजै नमानी सिद्धान्तको, नेताको क्रियाशीलताको जेको पनि दुहाइ दिएर आउन जान मिल्छ। पार्टीमा नरहे पनि कांग्रसजनमा अचम्मको पार्टी प्रेम हुन्छ। आफूले जति गाली गरे पनि अरूले कांग्रेसको आलोचना गरेको उनीहरू सुन्नसम्म पनि सत्तै्कनन्। यही बाध्यताले का.ग्रेसका नेतालाई अल्छी, घमण्डी र असान्दर्भिक बनाइराखेको छ। तिनले गर्भे कांग्रेसहरूको बाध्यताको अनुचित लाभ जो लिएका छन्।
नेपाली कांग्रेसले आफ्नो पार्टीलाई जनाधारित (मास बेस्ड) भन्ने गरेको छ। प्रायः कम्युनिस्ट र फासिस्ट पार्टीहरू कार्यकर्तामा आधारित हुन्छन्। त्यस्ता पार्टीमा कार्यकर्तालाई सरुवा बढुवा गर्दै लैजाने परिपाटी हुन्छ। धेरैजसो जनाधारित उदार दलहरूले भने आफ्नो सिद्धान्त स्वीकार गर्नेलाई पार्टीमा आउने ढोका सधैँ खुला राख्छन्। यसैले पार्टीमा कोही आउनु खासै उत्सवको विषय पनि बन्दैन। जनतामा आधारित दलमा सकेसम्म धेरै जनालाई सदस्य बनाउने प्रयास गरिन्छ। प्रायः करिस्मा भएको नेताले जनतालाई आकर्षित गर्छ। नत्र पार्टी संयन्त्रले नै जनतालाई समर्थक, कार्यकर्ता नेता बनाउने उपाय अपनाउँछ। जनतामा आधारित संसारका धेरै उदार दलले संगठन विस्तारका लागि गर्ने अभ्यास यस्तै हो।
संगठनमा के काम गरे कुन हैसियत बन्छ भन्ने पारदर्शी आधार बनाएर पार्टीले सदस्यता वितरण गर्छ। पार्टीका विभिन्न तहका अधिवेशन र चुनावका बेलामात्र सीमित हुने संगठन विस्तार कार्यलाई बाहै्र महिना निरन्तर चल्ने अभियान बनाउनुपर्छ। नेपाली कांग्रेसमा अहिले अनुहार हेरेर नेता बनाउने चलन छ। फलानाको छोरा भएकाले यो कांग्रेसै हो वा हैन भन्ने मानसिकताले संगठन बलियो र फराकिलो हुँदैन।
जनाधारित दलमा बढुवा भएर नेता हुने हैन विचार र कार्यक्रमका आधारमा नेतृत्वगर्ने अवसर दिइनु आवश्यक छ। विचारका आधारमा पार्टीमा समर्थन हासिल गर्ने अवसर हुँदैन थियो भने बेलायतको लेबर पार्टीमा टोनी ब्लेयर, अमेरिकाको डेमोक्य्राटिक पार्टीमा बाराक ओबामा नेतृत्वमा पुग्न सत्तै्कन थे। यसैले नेपाली कांग्रेस प्रतिस्पर्धामा टिकिरहन चाहन्छ भने नेताहरूले यस्ता विषयमा ध्यान दिनु आवश्यक छ। अब २००७, १५, ४८ भन्दा पनि साँगुरो कार्य शैली र व्यवहारले संगठन सुदृढ हुँदैन, समयअनुसारको नयाँ शैली अपनाउनु पर्छ। जनतालाई पार्टीप्रति आकर्षित गर्ने कांग्रेसको उपाय उदार लोकतन्त्रवादी दलको जस्तो हुनुपर्ने हो।
पहिले सरल, मितव्ययी, सहिष्णु, संयमी र सिद्धान्तनिष्ठ र संघर्षशील गुण हुनुपर्थ्यो कांग्रेसका नेतामा। कांग्रेस एउटा संस्कार बनेको थियो। अहिले, सिद्धान्त र व्यवहारमा कांग्रेस हुनुको अर्थ के हो? कांग्रेसजनको आचार र व्यवहार कस्तो हुनुपर्छ? कांग्रेसको सिद्धान्त के हो? अनुशासन कस्तो हुन्छ? भन्ने जस्ता विषय स्पष्ट पारेर ( यसमा सकेसम्म भातृ भगिनी संगठनको सहयोगसमेत लिएर) सार्वजनिक आह्वान गरे पार्टीप्रति आकर्षण भए नभएको पनि सायद थाहा हुन्थ्यो।
बेलायतका उपप्रधानमन्त्री र लिबरल पार्टीका नेता निक क्लेगले साप्ताहिक पत्र लेख्छन् कार्यकर्ता र समर्थकका नाममा। साताभरका बहस, विवाद र काम बारे जानकारी दिएर राय एवं सहयोग माग्छन्। त्यस्तो पत्र कांग्रेसका नेताले पनि त पठाउन सक्थे। कांग्रेसका सबै कार्यकर्तालाई इलोक्ट्रोनिक पत्र पठाउन नसके पनि जतिलाई सकिन्छ त्यतिलाई मात्रै पठाउने गरे तिनमा नेता र पार्टीप्रति समर्थन र प्रतिबद्धता बढ्छ। पार्टीको सैद्धान्तिक अडान कार्यकर्ताले सहजै थाहा पाउँछन्। कार्यकर्तासँग संवाद स्थापित हुन्छ। गोप्य संगठन र संरचना नभएका लोकतान्त्रिक दलले जिम्मुवाली शैली छाडेर युगअनुसार उदार र आधुनिक हुनु आवश्यक छ।

No comments:
Post a Comment