महाभूकम्पको महिना दिनपछि जारी एउटा सरकारी निर्देशिका हेर्दा नेपाल हाइटी हुनैसत्तै्कन भन्ने आफ्नै विश्वास डगमगाउन थालेको छ। अस्थायी आवासका लागि तत्काल वितरण गर्ने भनिएको प्रतिपरिवार १५ हजार रुपियाँ अहिलेसम्म अधिकांशले पाएका छैनन्।
यस्तो जुम्सो कार्यशैली र प्रवृत्तिले आकस्मिक विपत्तिमा काम चल्दैन उल्टै राज्यप्रति वितृष्णामात्र उत्पन्न गराउँछ। वर्षा लाग्ने बेला भइसक्यो। दुर्गम गाउँमा खानेकुरा पुर्यानउन निकै कठिन हुनेछ। तर अहिलेसम्म खाद्यान्न भण्डार कहाँ र कसरी गरिँदैछ भन्ने जानकारी दिइएको छैन। राज्य चलाउने कारिन्दा तथा कार्यकर्ताको प्रवृत्ति र कार्यशैली यस्तै रहने हो भने सायद देशलाई हाइटी हुनबाट जोगाउन सकिँदैन। (हाइटीमा भूकम्पपछि अर्बौं डलर सहायता आयो तर पुनर्निर्माण र पुनःस्थापना हुनसकेन। आकस्मिक सहायता पनि राम्ररी नपुगेका करण भूकम्पपछिको हैजाले करिब ७ हजारको ज्यान लियो। अमेरिकी रेडक्रसको काम सायद हाइटीको सटीक उदाहरण हो। हेर्नुस् : नागरिकका जेठ २२ र २४ का अंक)
अर्कातिर यही अवधिमा सरकारले हतोत्साहित गर्न खोज्दाखोज्दै पनि समाजसेवी समूहमा स्वःस्फूर्त युवा संलग्नता र अग्रसरता देख्दा भने नेपाल हाइटी हुनैनसक्ने विश्वास झन् बलियो हुन्छ। यस देशका लाखौँ युवा स्वयंसेवीले देखाएको स्वार्थरहित लगनशीलता, समर्पण तथा सुझबुझबाट संसारले नै सिक्नसक्छ।
स्वःस्फूर्त स्वयंसेवी
सुरक्षाकर्मी उद्धारमा संलग्न भए पनि राज्यका अरू अंग भूकम्पको विनाशपछि ट्वाल्ल परेर बिजोग हेर्दैथिए। अन्तर्राष्ट्रिय ठूला गैरसरकारी संस्था नेपालको भूकम्पका नाममा चन्दा सङ्कलन गर्न रणनीति बनाउँदै थिए। हजारौं स्वयंसेवी युवा भने जे भेटिन्छ त्यही लिएर पीडितलाई सहायता गर्न कुदिहाले। विदेशमा पनि स्वःस्फूर्त स्वयंसेवी समूहहरू सहयोग संकलनमा लागिसकेका थिए। सहरमा हुर्केका र विदेशमा पढेर आएका युवा आमाबाबुलाई ढाँटेर पनि सामान्य अवस्थामा भए कहिल्यै नपुग्ने बारपाक वा सिन्धुपाल्चोकको विकट गाउँमा ज्यान जोखिममा राखेर पुगे। यस्ता युवा स्वयंसेवी र तिनलाई सहायता सामग्री सहयोग गर्ने ससाना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संस्था नभएका भए भूकम्पपछिको अवस्था अकल्पनीय हुनेथियो। पीडितलाई खानेकुरा र ओतको प्रबन्ध त हुनैसत्तै्कनथ्यो। तिनले साता दिनमा गरेको काम गर्न पनि कम्तीमा महिना दिन लाग्ने थियो। सरकारले तत्काल दिने भनेको १५ हजार रुपियाँ त महिना दिन बितिसक्ता पनि दिएको छैन। अरू सहयोगको त कुरै के भयो र? सुरक्षाकर्मीलाई सहायता वितरणको पनि सबै भार परेको भए तिनले पनि धान्नसक्ने थिएनन्। निजामती सेवाका अधिकांश कर्मचारी त सहायता वितरणलाई थप जटिल र कठिन बनाउनैमा व्यस्त देखिए। राजनीतिक कार्यकर्ताले टहरा बनाउन देखाएको अग्रसरता त सराहनीय छ तर धेरै ठाउँमा तिनले भागबन्डा गर्न खोजेर सहायता वितरणलाई थप अप्ठेरो बनाएका छन्। राजनीतिक कार्यकर्ताले प्रक्रियामा संलग्न हुनेबित्तिकै भाग खोज्ने र कर्मचारीको मान्छेको जीवनभन्दा नियम ठूलो ठान्ने प्रवृत्तिले सहायता वितरणलाई कठिन बनाएको छ।
परिचयपत्र र १५ हजार
भूकम्प पीडितलाई राज्यले उपलब्ध गराउने भनेको १५ हजार रुपियाँ दिने प्रक्रिया हेर्दा सरकारले भुइँचालो गएकै थाहा नपाएको भान हुन्छ। पहिले संयन्त्र गठन, त्यसपछि क्षतिको एकिन र प्रमाणीकरण, घरमूलीको पहिचान र तस्बिरसहितको परिचयपत्र वितरण अनि पैसा दिनुभन्दा पहिले अन्यत्र आवास भए नभएको किटान गर्ने प्रक्रिया पूरा गरेपछि मात्र १५ हजार दिने भनिएको रहेछ।
यी परिचयपत्र बनाउन र पैसा लिन पीडित नै गाउँ विकास समिति वा नगरपालिकाको वडामा आउनुपर्ने होला। फोटो पीडितले नै खिचाउनु पर्ने होला। तिनमा पनि अशक्तहरू त गाविस वा वडामा पुग्नै सत्तै्कनन्। यस्तो अमानवीय र अव्यवहारिक प्रक्रिया निर्धारण गर्ने को होला? यति लम्मेतान र जटिल प्रक्रिया अपनाउन खोजेकाले नै अहिलेसम्म पैसा वितरण हुन नसकेको हो। क्षतिको विवरण संकलन गर्न स्थलगत निरीक्षण गर्दा नै यीमध्ये धेरै औपचारिकता पूरा गर्र्न सकिन्छ। एउटा रजिस्टरमा सम्बन्धित ठाउँमा नै पीडितको व्यक्तिगत विवरण तयार गरेर पैसा पाउने व्यक्तिलाई तत्कालै १५ हजार दिएर आउन सकिन्थ्यो। यसो गरिएको भए बढीमा ९ दिनमा गाविसका सबै वडामा रकम वितरण भइसक्थ्यो। पीडितले गाविसमा धाइरहनु पनि पनर्ेे थिएन। परिचयपत्र बनाउन १५ हजार दिँदा तस्बिर खिच्न र कार्यालयमा फर्केपछि फोटो टाँसेको परिचयपत्र प्रिन्ट गर्न सजिलै सकिन्थ्यो।
नियत खोटो नभए १५ हजार वितरण गर्न यति ढिलो गर्नुपर्ने थिएन। यो १५ हजार वितरणमा गरिएको ढिलाइका कारण ओतमा बस्न नपाएर कसैको मृत्यु भयो भने नैतिक जिम्मेवारी सरकारको नेतृत्व गनेकै हुन्छ। त्यस अवस्थामा सत्तामा बसिरहने नैतिक अधिकार पनि हुँदैन।
होचोलाई घोचो!
अहिले नै भूकम्पका नाममा सरकारको भन्दा राष्ट्रसंघको कोषमा धेरै रकम भएको सुनिएको छ। नेपाल सरकारले भने पीडितका लागि थोरै खर्चमा धेरै काम गर्ने साना संस्था र स्वयंसेवी समूहलाई निरुत्साहित निर्देशिका जारी गरेको छ।
अहिले गुगलले दिनहुँ पठाउने सूचना 'नेपाल इन न्युज' मा ससाना समूहले नेपालका लागि पैसा उठाएको समाचार भरिएको हुन्छ। त्यस्ता सबै समूहलाई रोक्नै खोजेको हो भने सरकारले घोषणा नै गरिदिए हुन्छ। तर त्यसो गर्नु भूकम्प पीडित नेपालीका हितमा हुनेछैन। सरकारले यस्तो सहयोग समानरूपमा सबैतिर पुगोस् अझ बढी आवश्यक भएका ठाउँमा पुगोस् भनेर समन्वय गर्न खोजेको हो भने ढंग पुर्या उनु पर्योर। पीडितको हितलाई सबैभन्दा बढी प्राथमिकता दिनु पर्योे। र पैसा उठाउने वा लिएर आउनेलाई चित्त बुझाएर सरकारले तोकेको वा प्राथमिकता दिएको ठाउँमा सहयोग गर्न प्रेरित गर्नु पर्योन। सत्ताको अहङ्कार देखाएर वा तर्कहीन मुढेबलका भरमा कसैले पनि सरकारले भनेको ठाउँमा सहयोग गर्दैन। यहाँ अप्ठेरो धेरै बनाए कि त संसारभरका उदारमना दाताहरूले नेपालका लागि पैसा दिन वा उठाउन छाड्छन् नभए सरकारका आँखा छल्छन्। सरकारका आँखा छल्न त नेपालमा मन्त्रीहरूले नै सिकाउने र सघाउने गर्छन्। यी दुवै उपाय नअपनाउनेले ठूला संस्थालाई पैसा बुझाउनेछन्। त्यसो भएमा अन्ततः पीडितले पाउने पैसा विदेशी कर्मचारीको तलब भत्ता र विलासमा सकिन्छ। सरकार यथार्थमै समन्वय गर्न चाहन्छ भने सबैले स्वीकार गर्ने उपाय अपनाउनुपर्छ।
कामको विवरण
सबैभन्दा पहिले गाविस वा नगरपालिकाको वडामा पुनःनिर्माणका काम के हो भन्ने किटान गर्ने। कति घर बनाउनु छ? बस्ती सार्नुपर्ने भए कहाँ सार्ने? विद्यालय, स्वास्थ्य चौकीजस्ता सामुदायिक संरचना र सेवा कति प्रभावित भएको छ? पुनःस्थापनाका लागि के गर्नुपर्छ? कति पैसा जति लाग्ला? व्यक्तिगत र सरकारी स्रोत, जनशक्ति कति उपलब्ध छ? जस्ता प्रश्नको सकेसम्म सही उत्तर खोज्ने।
सामान्य जीवन सुरु गर्न कठिन भएका ठाउँमा खाद्य पदार्थलगायत अरू आवश्यकता के छ? विशेष आवश्यकता भएका व्यक्ति अपाङ्गता भएका, सुत्केरी, काखमा बच्चा भएकी आमा, गर्भवती, दीर्घरोगी, बूढापाका, अशक्त कोही छन् छैनन्? तिनको विशेष आवश्यकता के हुन्? कसरी सम्बोधन हुनसक्छ?
प्राथमिकता निर्धारण र मापदण्ड
कुन काम पहिले गर्ने? पुनःस्थापना तथा पुननिर्माणका काममा स्पष्ट प्राथमिकता तोके भएको जस्ता पनि नबाँड्दैमा खिया लाग्ने अवस्थामा पुर्याकउन पर्नेछैन। पानी जम्न थाल्यो भने जस्तामा तुरुन्तै खिया लाग्छ। विशेषगरी सुत्केरी, गर्भवती, अपाङ्गता भएका व्यक्ति, अशक्त, एकल महिलाजस्ता व्यक्ति भएका परिवारलाई प्राथमिकता दिएमा थोरै सहयोग पनि राम्ररी सदुपयोग हुनसक्छ।
सहयोग र सहजीकरण
यस्ता परियोजनामा सहयोग गर्न चाहने व्यक्ति वा संस्थालाई सरकारले कसरी सहजीकरण गरिदिन्छ भन्ने पनि स्पष्ट जानकारी दिने। पैसामा कर छुट दिन सकिएला, तोकिएको खातामा जम्मा भएको पैसा दाताले रोजेको ठाउँ र काममा प्रयोग गर्न स्थानीय निकायसम्म पुर्यालउन सकिएला। निर्माणका लागि आवश्यक प्राविधिक सहायता उपलब्ध गराउन सकिएला। सरकारले आंशिक खर्च गर्दैछ भने बाँकी काम पूरा गर्छौँ भन्न सकिएला। यस्ता सबै सहजीकरणका अभ्यासले दातालाई प्रेरणा र प्रोत्साहन हुन्छ।
सूचना र सहजीकरणको राम्रो व्यवस्था मिलाउने हो भने अब कुनै व्यक्ति वा संस्था नेपाल आउन पर्दैन। पैसा पठाइदिन सक्छन्। योजना कार्यान्वयनका लागि सरकारी वेबसाइटमा सके सम्पर्क व्यक्ति समेत तोक्ने। समाज कल्याण परिषद् यसका लागि उपयुक्त कानुनी अधिकार र व्यावहारिक दक्षता भएको संस्था हो। परिषद्को कुनै खातामा रकम जम्मा गर्र्न भन्ने र स्थानीय निकायको सिफारिसमा परिषद्ले योजना कार्यान्वयन गर्न बनेको समितिको खातामा पैसा पठाइदिने, स्थानीय निकायले त्यसको सुपरिवेक्षण गर्ने। धेरै गाविसमा यी सबै काम अनलाइन नै गर्न सकिन्छ। नसकिने ठाउँमा दक्ष कर्मचारी र इन्टरनेटको व्यवस्था गर्ने। नेपाल टेलिकमले यसको व्यवस्था सहजै मिलाउन सक्छ।
सरकारसँग यति काम गर्ने दक्ष जनशक्तिको अभाव छ भने युवा स्वयंसेवीलाई परिचालन गर्नसकिन्छ। एउटा ल्यापटप लिएर ४ जना युवा प्रभावित क्षेत्रका गाविसमा गए भने तिनले २ दिनमा सामान्य विवरण तयार गर्न सक्छन्। कल्पनाशील त हुनु पर्योव नि सरकारमा बस्नेहरू। शासन भनेको व्यक्तिलाई नियन्त्रण गर्नु हो भन्ने राणाकालीन मान्यतामा दीक्षित कारिन्दाबाट निर्देशित र राजनीतिलाई पद, पैसा र प्रभाव सजिलै पाइने 'ग्लामरस' पेसा ठान्ने कार्यकर्ताबाट परिचालित हुँदासम्म नीतिमात्र हैन व्यवहार पनि जनमुखी हुँदैन। जनमुखी भएन भने त्यसले लोकतन्त्र र राष्ट्रियताको पनि गर्दैन।
ठूलाको पक्षमा
ठूला अन्तर्राष्ट्रिय गैससहरू अझै पनि पैसा थुपार्नैमा व्यस्त छन् भने सरकारले तिनैका लागि सजिलो हुने नीति नियम बनाउँदै छ। ससाना स्वयंसेवीहरू वैशाख १२ देखि नै सहायता पुर्यालउन जुटेका छन्। अनि सरकार चाहिँ तिनलाई अप्ठेरो पार्न खोज्दैछ। संसारभरका यस्ता सबै संस्थाले उठाएको पैसा तिनैले हिनामिना गरे भने पनि राष्ट्रसंघ, दुई पक्षीय र बहुपक्षीय दाता तथा ठूला गैरसरकारी संस्थाको 'ओभरहेड' खर्च जति पुग्दैन। कामको हिसाब गर्ने हो भने अहिले नै पनि तिनले गरेका खर्च र त्यसबाट पुगेको सहायताको लाभ लागत विश्लेषण' गरे / गराए स्पष्टै देखिन्छ साना स्वयंसेवी संस्थाहरू कति कम मूल्यमा सञ्चालित हुँदारहेछन् भन्ने। हाइटीमा उठेको पैसा हिनामिना ससाना स्वयंसेवी समूहले गरेको कतै पढेको छैन। तर ठूला संस्था विशेषगरी अमेरिकी रेडक्रस र संयुक्त राष्ट्रसंघ प्रणालीमा गएको पैसा खेर गएका प्रतिवेदनहरू इन्टरनेटमा थुप्रै उपलब्ध छन्।
गलत निर्देशिका
नेपाल सरकारको अर्थमन्त्रालयले हालै जारी गरेको 'राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सहयोग परिचालन निर्देशिका, २०७२ ' सैद्धान्तिक र व्यावहारिक दुवै दृष्टिबाट गलत छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई एउटै वर्गमा राख्न सिद्धान्त र व्यवहार दुवै आधारमा मिल्दैन। राष्ट्रिय संस्थालाई रकम उठाउन बन्देज लगाउँदा ठूला अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र संयुक्त राष्ट्रसंघका निकायले थप पैसा पाउँछन्। ठूला संस्थाले काम भने स्थानीय संस्थालाई नै गराउँछन्। दुई पक्षीय दाताबाहेक अरूले आफ्नै कोषबाट रकम जुटाउने हैन। सबैले सरकारी सहायता वा वैयक्तिक चन्दा संकलन गर्ने हो। सरकारी निर्देशिकाले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई नेपालका लागि तोकिएको रकम उतै हात पार्न रोत्तै्कन। निर्देशिकाको अभिप्राय नेपाललाई तोकिएको रकम गैससले नलिऊन् भन्ने हुनसक्छ तर त्यसमा लेखिएका शब्दले त्यो अभिप्राय पूरा हुँदैन, न दुईपक्षीय सहयोग दातालाई अगैससलाई पैसा दिनै बन्देज लाग्छ। विडम्बना, भ्रष्टाचार र दुरुपयोग धेरै हुने गरेको बहुपक्षीय र दुई पक्षीय सहयोगलाई भने निर्देशिकाले छाडा छाडेको छ।
यसैगरी निर्देशिका बनाउनेले यसपटकको प्रवृित्त थाहा नपाएको देखियो। संसारभरका ससाना सहयोगी समूह आआफ्नै साथीसहयोगीमार्फत् झन्झटमा नपरीकन तत्कालै काम फत्ते गर्न चाहन्छन्। यस निर्देशिकाले तिनलाई बाधा पार्छ।
भूकम्पका कामका लागि अलग्गै र अर्कै निकायसँग सम्झौता गर्नुपर्ने निर्देशिकाले निर्देश गरेको छ। सम्झौतापछि के सुविधा हुन्छ? स्थानीय तहमा सबैसँग सामाजिक संस्थाले नै समन्वय गर्नुपर्ने हो भने सरकारसँग सम्झौता गर्नुको उपादेयता के? यस्तै प्रयोजनका लागि कानुनले तोकेको समाज कल्याण परिषद् छ। प्रभावकारी नभए कानुन वा व्यक्ति फेर्नुपर्छ तर कानुन मिच्ने अभ्यास सिद्धान्त र व्यवहार दुवै दृष्टिबाट उचित होइन। यो लोकतान्त्रिक त झन् होइन।
प्रचलित कानुनसँग बाझिने गरी यो निर्देशिका जारी गर्ने अधिकार मन्त्रिपरिषद्लाई कुन ऐनले दिएको हो? विधिको शासनमा त सबै काम कानुनअन्तर्गत हुनुपर्छ। अर्थ वा गृह मन्त्रालय 'सुपर मिनिस्ट्री' होइनन्। हुन खोज्नु पनि हुँदैन। समाज कल्याण ऐन, २०४९ खारेज नहुँदासम्म यसरी मिच्ने काम गर्नु अधिनायकवादी प्रवृत्ति हो। अधिनायकवाद तोप पड्काएर आउने हैन बरु यस्तै अभ्यासहरूबाट त्यसले जरो गाड्दै जाने हो।
Can we stop Nepal from becoming Haiti?
There are many things the government can do to improve relief efforts, but issuing directives on aid activities is not one of them
When I look at a government directive issued a month after the April 25 earthquake, my faith that Nepal won’t turn into Haiti is badly shaken. The 15,000 rupees per family that was supposed to be distributed as immediate relief for constructing temporary shelters still hasn’t reached the majority of people affected.
Such sloth won’t help at a time of crisis; it will only create resentment toward the state. The monsoon is nearly upon us. It will become very difficult to bring food to remote villages. Yet no information has been made public regarding where and how food is being stored. If the attitude of bureaucrats and cadres who run the state remains unchanged, perhaps we won’t be able to save Nepal from turning into Haiti. (Billions of dollars in aid money poured into Haiti after the earthquake there, but reconstruction and rehabilitation efforts failed. The mismanagement of the American Red Cross is a pertinent example of inefficiency and waste.)
On the other hand, the spontaneous and proactive participation by youth in social service groups—in spite of being discouraged by the government—fortifies my faith that Nepal will never turn into Haiti. The entire world can learn from the selfless dedication, sacrifice, and thoughtfulness shown by the hundreds of thousands of volunteers across this country.
Spontaneous volunteers
Although the security forces were involved in rescue efforts, other sections of the state were frozen into helpless inaction after the destruction wrought by the earthquake. Large INGOs were busy formulating strategies to raise funds by using the Nepal quakes. But thousands of young volunteers grabbed whatever they could and jumped into action to assist the affected. In other countries, too, volunteer groups mobilized to collect relief materials and funds. Young people who had grown up in the cities and returned after studying abroad lied to their parents to risk their lives and rush to places like Barpak in Gorkha or a remote village in Sindhupalchowk—places they wouldn’t have ventured to under normal circumstances. If such youth volunteer groups and the small local and international social organizations that helped them with material assistance didn’t exist, the situation immediately after the earthquake would have been unimaginably dire. It would have been impossible to distribute food and tarps to the affected. It would have taken at least a month to accomplish what they did in a week. The government hasn’t managed to distribute in a month the 15,000 rupees it said it would distribute immediately. Let’s not even mention other forms of assistance.
If the security forces had been tasked with all the responsibility of distributing assistance, they too would have been overwhelmed. Most civil servants appeared very busy trying to make the distribution of relief material more complicated and difficult. The initiative shown by political cadres in building temporary sheds should be appreciated, but they too are making the distribution of relief supplies more difficult by demanding their share of the loot. The attitude of political cadres to rent-seek the moment they enter the process, and of the bureaucrats to give more importance to petty rules than to the lives of the citizens, has made the process of distributing relief material difficult.
Identification papers and 15,000 rupees
Examine the process of distributing the 15,000 rupees that the government said it would disburse to people affected by the earthquakes and you realize that the government is in fact not even aware that there have been devastating earthquakes. These are the steps the process requires before people can receive the money: An assessment mechanism will be created; the damage caused by the quakes will be assessed and verified; the head of the household for each family will be identified; a photo-ID will be distributed; and then, finally, after ascertaining that the family doesn’t have another house elsewhere, 15,000 rupees will be provided.
Very likely, those affected will have to go to the village development committee (VDC) or ward office of the municipality to have identification papers made and to collect the money. Likely, the affected will have to get photographs taken for the ID themselves. Among them, the disabled and injured, and those incapacitated in other ways, will not be able to reach the VDC office or the ward office. Who created such an inhumane and impractical process? The money still has not been distributed successfully because this is such a lengthy and complicated process. Many of these formalities could have been completed during on-site inspections to collect data on damage caused by the quake. It could have been possible to use a single record to collect all the personal information about an affected person and immediately hand over the allocated 15,000 rupees. If this process had been established, in nine days at the most the money could have been distributed to all the wards of a VDC. Photographs could have been taken while handing over the 15,000 rupees, and identification papers with photographs could have been printed upon returning to the office.
If the intention were not malicious, it shouldn’t have taken this long to distribute the moneyIf the intention were not malicious, it shouldn’t have taken this long to distribute the money. If anybody loses their life because they are deprived of a shelter due to delay in distributing this money, the moral responsibility for that lost life will be with those who are leading this government. If such a day comes, they will no longer have the moral right to continue leading the government.
The weak get bullied
We’ve heard already that the UN has collected more funds in the name of the quakes than the Government of Nepal. But the Government of Nepal has issued a directive that discourages smaller organizations and volunteer groups that work with minimal costs to serve people affected by the quakes.
The daily alert from Google titled “Nepal in News” contains news about numerous small groups that are raising funds for Nepal. If it is the intention of the government to stop all such groups, it should issue a formal declaration. But to do so would not be in the interest of the people affected by the quakes. If the government’s intention is to coordinate in order to ensure that assistance reaches everywhere uniformly or reaches places that have greater needs, then it should show better sense about it. It should prioritize the good of those affected above all else. And it should encourage those who raise funds or bring funds to direct them toward areas that have been prioritized by the government. If the government insists on being high-handed or if it thinks it can persuade through illogical stubbornness, it will find that nobody will help where the government wants. If it creates more obstacles, either the generous donors around the world will stop donating or they will have to find ways to circumvent the government. And, in Nepal, government ministers often instruct and assist in circumventing government scrutiny. Those who want to avoid both of these situations will donate to large organizations. If that happens, the funds that should have reached those affected by the quakes will be spent in paying for the salaries and privileges of foreign employees. If the government really wants to coordinate the relief effort, it must adopt a process that is acceptable to everybody.
What needs to be done?
First, determine what rebuilding means in the context of the VDC or municipality ward. How many houses have to be built? If relocation is necessary, where will the settlement be relocated? How have schools, health posts, and other social services and structures been affected? What needs to be done for rehabilitation? How much funding will be necessary? How much of that is available as personal and government resources and labor? Find answers to these questions as best as possible.
What are the needs in terms of food and other requirements in places where it is difficult to restart normal routines? Are there people with special needs, such as people with disabilities, new mothers, pregnant women, people with chronic illness, elderly, etc.? What are their particular needs? How can they be addressed?
Determining priorities and criteria
What needs to be done first? If clear priorities are formulated regarding rehabilitation and rebuilding, it will not be necessary for CGI sheets to languish to the point of rusting. CGI sheets rust quickly if they’re left in the open collecting rainwater. If new mothers and pregnant women, people with disabilities, widows and divorced women, and incapacitated individuals are given priority, even a small amount of assistance may be sufficient.
Assistance and facilitation
Provide clear information on how the government will facilitate processes for people and institutions wanting to support such projects. Taxes could be waived on funds, and money deposited in appointed accounts could be channeled to the local government to be used in the specific locality and for the specific purpose designated by the donor. Necessary technical assistance could be provided for construction. If the government is committing only a part of the funds required, supporting institutions could pledge to provide the remaining amount. All these practices provide encouragement and motivation to the donors.
If the flow of information and facilitation is well coordinated, no individual or institution will need to come to Nepal to help. They can just send money. If possible, civil servants can be appointed as contact people for implementing specific projects, and their contact details can be posted on government websites. The Social Welfare Council is the appropriate institution for this: it has the required legal jurisdiction, and it has practical expertise. Donors could be asked to deposit money in an account with the Council, and the Council, at the recommendation of a local body, could transfer the money to the account of the local committee formed to implement specific projects. The local bodies could supervise and monitor the implementation on the ground. In most VDCs, all of this could be done online. In VDCs where this isn’t possible, civil servants with necessary skills could be deployed and an internet connection could be set up. Nepal Telecom can easily manage this process.
if policies and attitudes aren’t people-oriented, it won’t serve the interest of democracy or the nationIf the government lacks enough skilled workers to accomplish these objectives, young volunteers could be deployed. Four young volunteers deployed to an affected VDC with a laptop can prepare a basic database in two days. People leading the government have to have imagination! But as long as everything is directed by civil servants schooled in the Rana-era dictum that governing means the control over individual citizens, and is executed by political cadres who believe that politics is a glamorous profession that affords them access to wealth, position, and influence, neither policies nor attitudes will become people-oriented. And if policies and attitudes aren’t people-oriented, it won’t serve the interest of democracy or the nation.
Favoring big fish
Just when large INGOs are busy amassing funds, the government is set to create rules and regulations to make things easier for them. Smaller organizations and volunteers have been busy procuring and providing relief right from April 25. Even if all the small organizations and volunteer groups across the world embezzle all the funds they have collected for Nepal, the amount will pale in comparison to the overhead costs of UN organizations, bilateral and multilateral donors, and large INGOs.
If we examine the efficacy of their work, if we compare the cost and benefit of the work they have done against the funds they have spent, it will be clear how little small volunteer groups need in operational funds, and how effective they have been. I’ve never read anywhere that small and volunteer organizations embezzled the funds raised for Haiti. But reports about the funds wasted by large INGOs—especially the American Red Cross and UN organizations—are available widely online.
Wrong directive
The Directive for Mobilization of National and International Aid, 2015 issued by the Government of Nepal’s Ministry of Finance is wrong both in principle and in practice. Neither principles nor pragmatism allow for national and international non-governmental organizations to be put in the same category.
When local organizations are barred from raising funds, large INGOs and UN organizations receive more funds. But these large organizations deputize their jobs to local organizations anyway. Apart from bilateral donors, no other organization procures funds from its own resources. Everybody else collects government aid or personal donations. The government’s directive doesn’t bar INGOs from appropriating for themselves the funds allocated for Nepal. The intention of the directive might be to stop local NGOs from appropriating funds intended for Nepal, but the wording of the directive doesn’t help clarify that intention. Nor does it stop bilateral donors from allocating such funds to large INGOs. It is ironic that the directive gives free rein to multilateral and bilateral aid agencies, which are rife with corruption and misuse of funds.
This shows that the people who formulated the directive are blithely unaware of the trends in aid collection and spending this time around. Small volunteer organizations all across the world want to avoid red tape and immediately accomplish their relief objectives by relying upon friends and trusted partners on the ground. This directive creates obstacles for them.
This directive mandates that organizations enter separate agreements with a different entity if they want to assist people affected by the quakes. What are the benefits of entering such an agreement? If, at the local level, social organizations have to facilitate all coordination, what is the utility of entering an agreement with the government? The Social Welfare Council is just such an entity, already established according to the laws of the land. If the Council has been ineffective, then change the laws or change the people in charge of the organization. But to circumscribe established laws isn’t appropriate in principle or in practice. It certainly isn’t democratic in any sense.
Which established law of the land gives the cabinet of ministers the right to issue this directive, which directly contradicts established laws? Under the rule of the law, everything must adhere to established laws. The Finance Ministry and the Home Ministry aren’t “super ministries,” and they shouldn’t attempt to be such either. Until and unless the Social Welfare Act, 2049 is annulled, any attempt to supersede it, as has been done here, is totalitarian. Totalitarianism doesn’t always announce its arrival aloud; it grows incremental roots through practices like this.
:::::
This article originally appeared on June 8, 2015 in the Nepali language newspaper, Nagarik. It was translated by Prawin Adhikari and Thakur Amgain
No comments:
Post a Comment