Sunday, June 7, 2009

जोखिममा ज्यान..

.


गोंगबुबाट रानीबारी, लाजिम्पाट हुँदै लैनचौर पुग्दासम्म पनि सोमबारको बन्द निकै चर्को भएको थाहा पाइसकेको थिएँ । पहिलेका बन्दहरूमा मोटरसाइकल, सफा टेम्पो, साइकल र रिक्सा चल्थे । लाजिम्पाटदेखि उता बन्द समर्थकहरूको झुण्ड देखिन थालेको थियो । लैनचौर चौबाटोमा पुग्दा दुई जना बालक साइकल लिएर आए । बन्दमा काठमाडौंका बालबालिका रमाउँछन् होला । एक त, आफूभन्दा गरुंगो भारी बोकेर विद्यालय जान नपर्ने, अर्को सडकमा ढुक्क भएर खेल्न पाइने । काठमाडौंमा भित्री भागमात्र हैन नयाँ बस्तीहरूमा पनि खेल्ने ठाउँ छैनन् । यसैले सडक नै उनीहरूको खेल मैदान हो । साइकल चलाउँदै आएका बालकलाई बन्द समर्थक किशोरहरूले देखे । रोके र साइकलको हावा खुस्काई दिए । बालकहरू रुनमात्र सकेनन् । एउटा उद्दण्ड किशोरले त साइकलमा एक लात हान्यो पनि । साइकलको पांग्राभित्रका डण्डीहरू बाँगिए । बालकहरू साइकल डोर्‍याएर बाटो लागे । भनुन् पनि कसलाई ? घरमा भने उल्टै किन गएको त बन्दका दिन साइकल लिएर भन्ने गाली खाइन्छ । यस्ता बालक धेरैजसो बदलाको भाव लिएर हुर्कन्छन् रे । ठूलो भएपछि क्रुर र हिंस्रक हुन्छन् रे ।


बालकहरू बाटो लागेपछि क्यामरा नल्याएकोमा थकथक मान्दै म पनि अगाडि बढेँ । ती बालकका ठाउँमा अपांगता भएका हि्वलचेयर प्रयोगकर्ता भएको भए के हुन्थ्यो भन्ने लाग्यो । विचारै नगरी तिनको हि्वलचेयरको हावा खुस्काइदिन बेर थिएन । त्यस अवस्थामा कति सास्ती हुन्थ्यो होला ? अनि मैले आफैलाई त्यस्तो भएको भए के हुन्थ्यो भनेर कल्पना गर्न थालेँ । पहिलो त, म बसेको ठाज़बाट हि्वलचेयर लिएर ठमेल, लाजिम्पाट, कान्ति अस्पताल वा नारायण गोपाल चोक कतै पनि हि्वलचेयरमा निस्कन सकिएला जस्तो लाग्दैन । कारण कुनै पनि बाटो बनाउादा हि्वल चियरमा हिँड्ने पनि हुन्छन् भन्ने सोचिएजस्तो देखिँदैन । अर्को, बन्दको उपद्रोलाई अपवाद मान्ने हो भने पनि सबारी चलाउनेहरू र सडकको हेरचाह गर्नेहरू कोही पनि अपांगता भएकाहरूको आवश्यकताप्रति संवेदनशील छैनन् । यस्तै संवेदनहीनता नीति निर्माता, कार्यक्रम कार्यान्वयनकर्ता, सञ्चारकर्मी र व्यापक जनसमुदायमा छ । यसैले अपांगता हुनेहरूलाई अपांगताले भन्दा समाजको मानसिकता र भौतिक संरचनाले बढी अशक्त बनाएको छ ।


पैदल हिँड्दै जाँदा मैले हि्वलचियरमा हिँड्नेलाई लाजिम्पाटबाट नागरिक दैनिकको कार्यालयसम्म पुग्दा कति अप्ठेरो पर्ने रहेछ भनेर विचार गर्न थालेँ ।- डर देखाएर, विध्वंश गरेर जबर्जस्ती गराइने बन्द जनसमर्थनको हैन राज्यको निरिहताको मापक हो । बन्द आयोजकहरूले पनि नबुझेका हैनन् होला । बुझ पचाएपछि के गर्ने? ) सडकका पेटीहरू हि्वलचियर हिाडाउन मिल्ने गरेर बनाइएका छैनन् । भित्री सहरमा त पेटी नै छैनन् । यसैले मोटरहरूसागै मिसिएर हिँड्नै पर्‍यो । मोटर साइकल र माइक्रोबस चलाउने अधिकांशले सबारी नियम उल्लंघन गरिरहेका हुन्छन् । उछिनापाछिनका क्रममा उनीहरूले सबारी घुइँक्याउदा हि्वलचियरमा हिँड्नेको मन कति डराउँछ होला? भूपिले लेखेजस्तै 'मृत्य' नजिकैबाट घुइँकिएर गयो' उनीहरूले सधैँ भोग्छन् ।


( यस्तो अनुभूति मैले पनि एक पटक गरेको छु । जापान अध्ययन कार्यक्रममा गएका बेला आओमोरी प्रान्तको सानो सहर किजुकुरीमा हि्वलचेयर मेलामा भाग लिएको थिएँ । म पाहुनाका रूपमा सहभागी भएको थिएँ भने सहरमा मेयर, प्रशासक, सहकारीका अध्यक्षलायत स्थानीय गण्यमान्यले पनि भाग लिएका थिए । हि्वलचियर प्रयोगकर्ताका समस्या र सास्तीका बारेमा संवेदना जगाउन मेला आयोजना गरिएको थियो । व्यस्त सहरको मध्य भागसम्म हि्वलचेयरमा जानुपथ्र्यो । मोटरहरू आइरहेका छन् । हुनत, हर्न कसैले बजाउँदैन थियो तैपनि डर लागिरहने । कतै पछाडिको गाडीले ठक्कर दिने पो हो कि? अनि बाटो सजिलो थियो । सडक पार गर्ने सजिला ठाउा बनाइएको थियो । चौबाटाहरूमा सडक पार गर्न ध्वनि र प्रकाश दुवै प्रकारका संकेत थिए । कान नसुन्नेका लागि बत्तीले जनाउ दिन्थ्यो भने आँखा नदेख्नेले एक प्रकारको संगीत सुनेर बाटो काट्न हुने थाहा पाउँथे । करिब एक घन्टा लामो त्यो यात्रा निकै रोमाञ्चक, भयावह र शिक्षाप्रद रÞयो । जापानीहरू ट्राफिक नियम राम्रै पालन गर्छन् भन्ने थाहा पाउँदा पाउँदै पनि मलाई लाग्नु अत्यास लागेको थियो । काठमाडौंका सडकमा हि्वलचियरमा हिँड्नेलाई कति डर लाग्दो हो ? र कति सास्ती हुँदो हो ?)


लाजिम्पाटबाट कान्तिपथ हुँदै पैदल हिँड्दा केशरमहलको चौबाटोमा बाहेक हि्वलचियरमा हिँडेनेले बाटो काट्ने ठाउँ रहेनछ । जमलबाट मोटरजस्तै घन्टाघरतिर लाग्ने कि सोझै भोटाहिटी तिर लाग्ने ? जता जान खोजे पनि हि्वलचियर सजिलै लैजाने ठाउँ छैन । सबारी चालकको सुविधा र पैदल यात्रीको सुरक्षाका लागि आकासे पुल बनाइएको छ बाटो काट्नका लागि । आकासेपुलमुनि जेब्रा क्रसिङ हुने कुरा पनि भएन । टुँडिखेलको दायाँ बायाँ सडक एकतर्फी छ । कति मुस्किल हुन्छ होला उनीहरूलाई ? केशरमहलपछि त एकैचोटी थापाथलीमा मात्रै पेटी र सडकमा हि्वलचियर ल्याउन सकिने बाटो छ । अर्थात् बीचमा मान्छेले ज्यानको माया मारेर र ट्राफिक नियम मिचेर जहाँबाट मन लाग्यो वा मिल्यो उहीँबाट बाटो काट्नु पर्‍यो । यस्तै विचार गर्दै नागरिक दैनिकको कार्यालय रहेको जेडीए कम्प्लेक्स पुगेँ । त्यहाँ पनि लिफ्ट बन्द थियो । हि्वलचियरमा गएको भए जागिर खान घस्रेर वा अरूको बुइमा जानुपर्थ्र्यो ।


(अपांगता भएका नागरिकका लागि पनि मर्यादित जीवन यापनका लागि सुविधा जुटाउने दायित्व राज्यको हो । यहाँ त, सुविधा थप्नु त परै जाओस् नयाँ भौतिक संरचना निर्माण गर्दा अपांगता हुनेको समस्यालाई उपेक्षा गरिन्छ र उनीहरूको पहुँच कम गरिन्छ । राज्यले गर्ने यही पक्षपात र अन्यायले अपांगता हुनेहरूको अशक्तता बढ्छ । सरकारी संयन्त्रमा रहेका अधिकांश जिम्मेवार व्यक्तिहरू स्रोतको अभाव भएको रेडिमेड उत्तर दोहोर्‍याउँछन् । संवेदनशील हुने हो भने राज्यले धान्नै नसक्ने खर्च लाग्दैन । भत्ता दिएर परनिर्भर बनाउन तयार हुने तर अवरोध हटाएर आत्मनिर्भर हुन नसघाउने अचम्मको सामन्ती मानसिकता छ राज्यका हर्ताकर्तामा ।)


यसो त, पैदल हिँड्ने अरूका लागि पनि राजधानीका सडक सुविधाजनक र सुरक्षित छैनन् पेटीमा पसल हुन्छ । पैदल यात्री सडकमा नहिँडी सुखै पाउँदैनन् । सबारी चालकले नियम र मर्यादा ख्याल राख्दैनन् । हर्नको आवाज सुनिसक्नु हुन्न । सडकमा कुन बेला कता के हुने हो सधैा त्राहीमाम हुनुपर्छ । ट्राफिक प्रहरीले पैदल यात्रुको पीरमर्काको ख्याल गरेको बिरलै भेटिन्छ । जेब्रा क्रसिङको सेतो धर्को धेरैजसो ठाउँमा देखिँदैन । अन्दाज गरेर काट्नुपर्छ । यसैले पैदल यात्रुले मन लागेका ठाउँबाट बाटो काट्छन् र सबारी चालकले जेब्रा क्रसिङ नजिक आइपुगेपछि सबारीको गति बढाउँछन् । विशेषगरी माइक्रोबसको उछिनपाछिन र मोटरसाइकलको हतारले पैदल यात्रुको ज्यान सधैँ जोखिममा हुन्छ । पाका र अशक्तहरूका लागि त बाटो काट्दा ज्यानकै बाजी राख्नुपर्छ । एकाध भलाद्मी सबारी चालकले पैदल हिँड्नेलाई बाटो दिन गाडी रोके भने पछाडिबाट आउनेले सिध्याउला कि भन्ने डर हुन्छ । अधिकांश चालकहरू जेब्रा क्रसिङमा अगाडिको सबारी किन रोकियो भन्ने विचारै नगरी उछिन्न हतार गर्छन् ।
पैदल हिँड्नेको सुविधा र सुरक्षा पनि ट्राफिक प्रहरीको कर्तव्य हो । उनीहरूको तालिममा नै सिकाइँदैन कि कुन्नि अत्यन्त कम मात्र अपांगता भएका र अरू पैदल यात्रुप्रति संवेदनशील भएको देखिन्छ ।


पैदल हिँड्नेलाई तुच्छ जीव ठान्ने सामन्ती मानसिकता राज्यका हर्ताकर्तामा रहुन्जेल स्थिति बदलिने आशा पनि त गर्न सकिन्न । यसैले काठमाडौंका पैदल यात्रुले ज्यान जोखिममा राखेरै हिँड्नु विकल्प छैन । भाग्य बलियो भए गन्तव्यमा अवश्य सकुशल पुगिएला ।

जोखिममा ज्यान...


गोंगबुबाट रानीबारी, लाजिम्पाट हुँदै लैनचौर पुग्दासम्म पनि सोमबारको बन्द निकै चर्को भएको थाहा पाइसकेको थिएँ । पहिलेका बन्दहरूमा मोटरसाइकल, सफा टेम्पो, साइकल र रिक्सा चल्थे । लाजिम्पाटदेखि उता बन्द समर्थकहरूको झुण्ड देखिन थालेको थियो । लैनचौर चौबाटोमा पुग्दा दुई जना बालक साइकल लिएर आए । बन्दमा काठमाडौंका बालबालिका रमाउँछन् होला । एक त, आफूभन्दा गरुंगो भारी बोकेर विद्यालय जान नपर्ने, अर्को सडकमा ढुक्क भएर खेल्न पाइने । काठमाडौंमा भित्री भागमात्र हैन नयाँ बस्तीहरूमा पनि खेल्ने ठाउँ छैनन् । यसैले सडक नै उनीहरूको खेल मैदान हो । साइकल चलाउँदै आएका बालकलाई बन्द समर्थक किशोरहरूले देखे । रोके र साइकलको हावा खुस्काई दिए । बालकहरू रुनमात्र सकेनन् । एउटा उद्दण्ड किशोरले त साइकलमा एक लात हान्यो पनि । साइकलको पांग्राभित्रका डण्डीहरू बाागिए । बालकहरू साइकल डोर्‍याएर बाटो लागे । भनुन् पनि कसलाई ? घरमा भने उल्टै किन गएको त बन्दका दिन साइकल लिएर भन्ने गाली खाइन्छ । यस्ता बालक धेरैजसो बदलाको भाव लिएर हुर्कन्छन् रे । ठूलो भएपछि क्रुर र हिंस्रक हुन्छन् रे ।


बालकहरू बाटो लागेपछि क्यामरा नल्याएकोमा थकथक मान्दै म पनि अगाडि बढेा । ती बालकका ठाउामा अपांगता भएका हि्वलचेयर प्रयोगकर्ता भएको भए के हुन्थ्यो भन्ने लाग्यो । विचारै नगरी तिनको हि्वलचेयरको हावा खुस्काइदिन बेर थिएन । त्यस अवस्थामा कति सास्ती हुन्थ्यो होला ? अनि मैले आपैFmलाई त्यस्तो भएको भए के हुन्थ्यो भनेर कल्पना गर्न थालेा । पहिलो त, म बसेको ठाउाबाट हि्वलचेयर लिएर ठमेल, लाजिम्पाट, कान्ति अस्पताल वा नारायण गोपाल चोक कतै पनि हि्वलचेयरमा निस्कन सकिएला जस्तो लाग्दैन । कारण कुनै पनि बाटो बनाउादा हि्वल चियरमा हिाड्ने पनि हुन्छन् भन्ने सोचिएजस्तो देखिादैन । अर्को, बन्दको उपद्रोलाई अपवाद मान्ने हो भने पनि सबारी चलाउनेहरू र सडकको हेरचाह गर्नेहरू कोही पनि अपांगता भएकाहरूको आवश्यकताप्रति संवेदनशील छैनन् । यस्तै संवेदनहीनता नीति निर्माता, कार्यक्रम कार्यान्वयनकर्ता, सञ्चारकर्मी र व्यापक जनसमुदायमा छ । यसैले अपांगता हुनेहरूलाई अपांगताले भन्दा समाजको मानसिकता र भौतिक संरचनाले बढी अशक्त बनाएको छ ।


पैदल हिाड्दै जाँदा मैले हि्वलचियरमा हिँड्नेलाई लाजिम्पाटबाट नागरिक दैनिकको कार्यालयसम्म पुग्दा कति अप्ठेरो पर्ने रहेछ भनेर विचार गर्न थालेा ।- डर देखाएर, विध्वंश गरेर जबर्जस्ती गराइने बन्द जनसमर्थनको हैन राज्यको निरिहताको मापक हो । बन्द आयोजकहरूले पनि नबुझेका हैनन् होला । बुझ पचाएपछि के गर्ने? ) सडकका पेटीहरू हि्वलचियर हिाडाउन मिल्ने गरेर बनाइएका छैनन् । भित्री सहरमा त पेटी नै छैनन् । यसैले मोटरहरूसागै मिसिएर हिाड्नै पर्‍यो । मोटर साइकल र माइक्रोबस चलाउने अधिकांशले सबारी नियम उल्लंघन गरिरहेका हुन्छन् । उछिनापाछिनका क्रममा उनीहरूले सबारी घुइाक्याउदा हि्वलचियरमा हिाड्नेको मन कति डराउाछ होला? भूपिले लेखेजस्तै 'मृत्य' नजिकैबाट घुइाकिएर गयो' उनीहरूले सधैा भोग्छन् ।


- यस्तो अनुभूति मैले पनि एक पटक गरेको छु । जापान अध्ययन कार्यक्रममा गएका बेला आओमोरी प्रान्तको सानो सहर किजुकुरीमा हि्वलचेयर मेलामा भाग लिएको थिएा । म पाहुनाका रूपमा सहभागी भएको थिएा भने सहरमा मेयर, प्रशासक, सहकारीका अध्यक्षलायत स्थानीय गण्यमान्यले पनि भाग लिएका थिए । हि्वलचियर प्रयोगकर्ताका समस्या र सास्तीका बारेमा संवेदना जगाउन मेला आयोजना गरिएको थियो । व्यस्त सहरको मध्य भागसम्म हि्वलचेयरमा जानुपथ्र्यो । मोटरहरू आइरहेका छन् । हुनत, हर्न कसैले बजाउादैन थियो तैपनि डर लागिरहने । कतै पछाडिको गाडीले ठक्कर दिने पो हो कि? अनि बाटो सजिलो थियो । सडक पार गर्ने सजिला ठाउा बनाइएको थियो । चौबाटाहरूमा सडक पार गर्न ध्वनि र प्रकाश दुवै प्रकारका संकेत थिए । कान नसुन्नेका लागि बत्तीले जनाउ दिन्थ्यो भने आाखा नदेख्नेले एक प्रकारको संगीत सुनेर बाटो काट्न हुने थाहा पाउाथे । करिब एक घन्टा लामो त्यो यात्रा निकै रोमाञ्चक, भयावह र शिक्षाप्रद रÞयो । जापानीहरू ट्राफिक नियम राम्रै पालन गर्छन् भन्ने थाहा पाउादा पाउादै पनि मलाई लाग्नु अत्यास लागेको थियो । काठमाडौंका सडकमा हि्वलचियरमा हिाड्नेलाई कति डर लाग्दो हो ? र कति सास्ती हुँदो हो ?)


लाजिम्पाटबाट कान्तिपथ हुादै पैदल हिाड्दा केशरमहलको चौबाटोमा बाहेक हि्वलचियरमा हिाडेनेले बाटो काट्ने ठाउा रहेनछ । जमलबाट मोटरजस्तै घन्टाघरतिर लाग्ने कि सोझै भोटाहिटी तिर लाग्ने ? जता जान खोजे पनि हि्वलचियर सजिलै लैजाने ठाउा छैन । सबारी चालकको सुविधा र पैदल यात्रीको सुरक्षाका लागि आकासे पुल बनाइएको छ बाटो काट्नका लागि । आकासेपुलमुनि जेब्रा क्रसिङ हुने कुरा पनि भएन । टुाडिखेलको दायाँ बायाँ सडक एकतर्फी छ । कति मुस्किल हुन्छ होला उनीहरूलाई ? केशरमहलपछि त एकैचोटी थापाथलीमा मात्रै पेटी र सडकमा हि्वलचियर ल्याउन सकिने बाटो छ । अर्थात् बीचमा मान्छेले ज्यानको माया मारेर र ट्राफिक नियम मिचेर जहाँबाट मन लाग्यो वा मिल्यो उहीाबाट बाटो काट्नु पर्‍यो । यस्तै विचार गर्दै नागरिक दैनिकको कार्यालय रहेको जेडीए कम्प्लेक्स पुगेा । त्यहाा पनि लिप\mट बन्द थियो । हि्वलचियरमा गएको भए जागिर खान घस्रेर वा अरूको बुइमा जानुपथ्र्यो ।


-अपांगता भएका नागरिकका लागि पनि मर्यादित जीवन यापनका लागि सुविधा जुटाउने दायित्व राज्यको हो । यहाँ त, सुविधा थप्नु त परै जाओस् नयाा भौतिक संरचना निर्माण गर्दा अपांगता हुनेको समस्यालाई उपेक्षा गरिन्छ र उनीहरूको पहुाच कम गरिन्छ । राज्यले गर्ने यही पक्षपात र अन्यायले अपांगता हुनेहरूको अशक्तता बढ्छ । सरकारी संयन्त्रमा रहेका अधिकांश जिम्मेवार व्यक्तिहरू स्रोतको अभाव भएको रेडिमेड उत्तर दोहोर्‍याउाछन् । संवेदनशील हुने हो भने राज्यले धान्नै नसक्ने खर्च लाग्दैन । भत्ता दिएर परनिर्भर बनाउन तयार हुने तर अवरोध हटाएर आत्मनिर्भर हुन नसघाउने अचम्मको सामन्ती मानसिकता छ राज्यका हर्ताकर्तामा ।)


यसो त, पैदल हिाड्ने अरूका लागि पनि राजधानीका सडक सुविधाजनक र सुरक्षित छैनन् पेटीमा पसल हुन्छ । पैदल यात्री सडकमा नहिँडी सुखै पाउादैनन् । सबारी चालकले नियम र मर्यादा ख्याल राख्दैनन् । हर्नको आवाज सुनिसक्नु हुन्न । सडकमा कुन बेला कता के हुने हो सधैा त्राहीमाम हुनुपर्छ । ट्राफिक प्रहरीले पैदल यात्रुको पीरमर्काको ख्याल गरेको बिरलै भेटिन्छ । जेब्रा क्रसिङको सेतो धर्को धेरैजसो ठाउामा देखिादैन । अन्दाज गरेर काट्नुपर्छ । यसैले पैदल यात्रुले मन लागेका ठाउाबाट बाटो काट्छन् र सबारी चालकले जेब्रा क्रसिङ नजिक आइपुगेपछि सबारीको गति बढाउाछन् । विशेषगरी माइक्रोबसको उछिनपाछिन र मोटरसाइकलको हतारले पैदल यात्रुको ज्यान सधैा जोखिममा हुन्छ । पाका र अशक्तहरूका लागि त बाटो काट्दा ज्यानकै बाजी राख्नुपर्छ । एकाध भलाद्मी सबारी चालकले पैदल हिाड्नेलाई बाटो दिन गाडी रोके भने पछाडिबाट आउनेले सिध्याउला कि भन्ने डर हुन्छ । अधिकांश चालकहरू जेब्रा क्रसिङमा अगाडिको सबारी किन रोकियो भन्ने विचारै नगरी उछिन्न हतार गर्छन् ।
पैदल हिाड्नेको सुविधा र सुरक्षा पनि ट्राफिक प्रहरीको कर्तव्य हो । उनीहरूको तालिममा नै सिकाइादैन कि कुन्नि अत्यन्त कम मात्र अपांगता भएका र अरू पैदल यात्रुप्रति संवेदनशील भएको देखिन्छ ।


पैदल हिाड्नेलाई तुच्छ जीव ठान्ने सामन्ती मानसिकता राज्यका हर्ताकर्तामा रहुन्जेल स्थिति बदलिने आशा पनि त गर्न सकिन्न । यसैले काठमाडौंका पैदल यात्रुले ज्यान जोखिममा राखेरै हिाड्नु विकल्प छैन । भाग्य बलियो भए गन्तव्यमा अवश्य सकुशल पुगिएला ।

Wednesday, June 3, 2009

सुजाताई हालको बकस

… भन्दिभइन् कैकयी
रामलाई वनवास भरत कन त राज माग्छु म चाँडो गई ।’

'भानुभक्तकृत भाषा रामायण’अनुसार रामको राज्याभिषेक हुनै लागेका बेला मन्थराद्वारा उक्साइएकी कैकेयीले दशरथसँग छोरालाई राज्य मागिन् । दशरथले 'सत्यवादी’ हुन राममाथि अन्याय गरे । राजकाज यस्तै रहेछ क्यारे । राष्ट्रिय सहमति र सहकार्यको नारा लगाएर नथाक्ने गिरिजाप्रसाद कोइरालाले पनि पार्टीका पानीमरुवा नेताहरुको रुन्चे अनुनय पन्छाएर अन्ततः छोरीलाई राज मागे । रामलाई वनवास पठाउँदा दशरथको देहावसान भएको थियो। छोरी सुजाता मन्त्री होलिन् न होलिन् पिता गिरिजाप्रसाद कोइरालाको नाक र उनको पार्टी नेपाली कांग्रेसको साख चाहिँ यही निर्णयले समाप्त भएको छ । अर्को अर्थमा कांग्रेस र कोइरालाको आत्माको अवसान भएको छ । जीवनका सुख सुविधा र सम्भावना सबै छाडेर कांग्रेसको आदर्श र विश्वेश्वरप्रसाद कोइरालाको आकर्षणमा राजनीतिमा होमिएका साथीहरुको अवस्था कस्तो भयो होला भन्ने सम्झँदा मन गरुंगो हुन्छ । यद्यपि, बेलैमा राजनीति छाडेर अहिले त्यो पीडा खप्न नपरेकोमा आनन्द पनि लागेको छ ।
नेपाली कांग्रेसको विनिर्माण हुनसक्छ भन्ने लागेको थियो । यसका सभापति गिरिजाप्रसाद कोइरालाको पछिल्ला निर्णयहरु र वरिष्ठ नेताहरुको लोभ पाप र लाछी स्वभाव हेर्दा अब कांग्रेसको विघटनबाहेक अरु विकल्प देखिँदैन । कांग्रेस अहिलेको नेतृत्व र नीतिका भरमा अगाडि बढ्न सक्तैन । नयाँ नेतृत्व स्थापित हुने ढोका पनि लगभग बन्द छ । सबैभन्दा निराशाजनक त दोस्रो तेस्रो वा चौथो पंक्तिसम्म एकाधबाहेक आशा लाग्दो नेतृत्व देखिएकै छैन ।
यथार्थमा दोस्रो जनआन्दोलनपछि कांग्रेस निरन्तर ओरालो लागेको छ । आधा दशकबढी मुलुकको राजनीतिको केन्द्रमा रहेको आन्दोलनको सफल नेतृत्व गरेपछि झन् ओरालो लाग्नु सामान्य र सहज भने होइन । तर यसका सभापति कोइराला र केही नेताका व्यक्तिगत स्वार्थ एवं महत्वाकांक्षाले गर्दा नेपाली जनताले धेरै पटक पत्याएको र नेतृत्व स्वीकार गरेको मध्यमार्गी पार्टी अवसानको संघारमा पुग्यो । केही वर्ष जसोतसो सत्तामा टाँसिन सके पनि कांग्रेसको मौलिक पहिचान र मान्यता समाप्त भइसकेको छ । अब कांग्रेससँग हिङ छैन, टालोको बास्ना धेरै टिक्दैन ।
कांग्रेस ओरालो लाग्ने कारण केलाउने हो भने मूलतः उसको माओवादी तुष्टीकरणको नीति जिम्मेवार देखिन्छ । भन्न त यसलाई मुलुकमा शान्ति कायम गर्न लिएको नीति भनेर ढाकछोप गर्न खोजिएला तर यो कोइराला र उनका चाटुकारको स्वार्थमा लिइएको नीति थियो । माओवादी तुष्टीकरणले मुलुकलाई निकै जटिल अवस्थामा पुर् याएको छ । अहिलेका धेरै समस्या माओवादीलाई कानुन मिच्न दिइएका अनुचित छुटका परिणाम हुन् । कोइरालालाई एमाले तहलगाउने सजिलो उपाय माओवादी उक्साउनु लाग्यो । अनि माओवादीलाई उचाल्न थालियो । फलस्वरुप निर्वाचनमा मध्यमार्गी र लोकतन्त्रका पक्षधर शक्ति तथा व्यक्ति अधिकांश पराजित भए । त्यसको परिणाम के भयो यहाँ लेखिरहनु पर्दैन ।
त्यसपछि कोइराला पार्टी राजनीतिबाट पन्छिएर पहरेदार बनेका भए पनि आजको अवस्था आउने थिएन । तर उनलाई त राष्ट्रपति हुने मोह जाग्यो । त्यसैको मोलतोल गर्दागर्दै संविधानसभाको निर्वाचन र गणतन्त्रको घोषणा गराएको इतिहास र इज्जत मेटिएको पनि कोइरालाले चेत पाएनन् । माओवादीले मात्र हैन नियतिले पनि उनलाई गणतन्त्र नेपालको प्रथम राष्ट्रपति हुन दिएन । उनैका नाममा रामवरण यादव राष्ट्रपति भए । यति भएपछि उनले विश्राम लिएको भए पनि उनको साख केही जोगिन्थ्यो । इतिहासले दिएको सबै जस खोस्ने निर्णय नियतिले गरेको थियो सायद । उनले सक्रिय राजनीति छाडेनन् । उनमा बार्धक्यसँगै धृतराष्ट्र प्रवृत्ति थपिँदै गयो । पोखरा महाधिवेशनमा सुजाताको उम्मेदवारी खारेज गराउने कोइराला अन्ततः अहिलेको जटिल घडीमा उनलाई कांग्रेसको नेतृत्वमा स्थापित गराउन लोकलाज त्यागेर लागे ।
सरकारमा कांग्रेस सुजाताको नेतृत्वमा जाने र उनलाई परराष्ट्र मन्त्री बनाउने काम भयो भने सम्भवतः नेपाली कांग्रेस र गिरिजाप्रसाद कोइरालाकै पनि इतिहासमा सबैभन्दा गलत र दुर्नाम कमाउने निर्णय साबित हुनेछ । सुजातालाई नेतृत्व दिने र त्यसमा पनि परराष्ट्र मन्त्री बनाउने निर्णय अव्यवहारिक असैद्धान्तिक अनुपयोगी छ । (यद्यपि, सुशील कोइरालाले सुजातालाई कांग्रेसको नेतृत्त्व गराई छाड्ने हो भने राजीनामा गर्ने घुर्की लगाएका छन्। पर्खौँ ।)
सुजाता पछिल्ला दिनमा माओवादीकै सरकारमा जाने तरखरमा थिइन् । अर्थात् नयाँ समीकरणका पक्षमा थिइनन् । गठबन्धनको प्रमुख घटककै नेतृत्व समीकरण विरोधीले गर्दा सुरुदेखि नै विश्वासको संकट उत्पन्न हुन्छ । सरकारले राम्ररी काम गर्न सक्तैन । सुजातालाई सरकारमा नेतृत्वदायी भूमिकामा पठाउनु गठबन्धनको आयु छोट्याउनु हो । यसैले यो व्यावहारिक छैन ।
सुजाता जर्मन नागरिककी पत्नी हुन् । उनका पति र सन्तान विदेशी हुन् । यसैले कतै न कतै विदेश नीति र कामकाजमा उनको स्वार्थ मिसिन सक्छ । त्यस्तो स्वार्थ राष्ट्र हितविपरीत पनि हुनसक्छ । यसैले उनलाई परराष्ट्र मन्त्रालयको जिम्मा दिनु प्रशासनिक दृष्टिबाट खतरनाक मात्र हैन नैतिक दृष्टिबाट अनुचित पनि हुन्छ ।
नेपाली कांग्रेसको मूलधार उदार मध्यमार्गी हो । सुजाता सधैँजसो अतिवादी देखिएकी छिन् । यसैले उनले कांग्रेसको सैद्धान्तिक प्रतिनिधित्व पनि गर्न सक्तिनन् । कोइराला वंशी हुँदैमा पुग्थ्यो भने त प्रकाश कोइराला नै सबैभन्दा ठूला नेता हुने थिए नि।
यस आत्मघाती निर्णयका लागि गिरिजाबाबु र सुजाता त मूल दोषी हुँदैहुन् सुशील कोइराला र रामचन्द्र पौडेल पनि कम दोषी छैनन् । केन्द्रीय समिति वा संसदीय समितिबाटै निर्णय गरेको भए गिरिजाबाबुले निर्णय गर्नै पाउने थिएनन् । केन्द्रीय समितिलाई पन्छाएर सभापतिबाट आफूले खोजेजस्तो निर्णय गराउन उनीहरुले चलेको चाल 'बुमर् याङ’ भएपछि पानीमाथि ओभानो हुन खोज्नुको अर्थ छैन । रहे शेरबहादुर देउवा । देउवा आफ्ना गुरु गिरिजा कोइरालाका पक्का चेला हुन् । लोकतन्त्र उनका लागि आएको हो । कांग्रेस सकिए पनि आफूलाई नाफा भए हुन्छ भनेर नै उनले पार्टी फुटाएका थिए भन्ने धेरैले बिर्से होलान् तर सबैले बिर्सेका छैनन् ।
कांग्रेसका समितिहरु निकम्माहरुको क्लब साबित भए । निर्णय गर्न पाउनुपर्छ भन्छन् तर निर्णय गर्न सक्तैनन् । सबै लोभी र पापी भएपछि यस्तै हुन्छ । यस्तो क्लबको सदस्य भइरहन नरहरि आचार्य, गगन थापालगायतलाई लाज लाग्नुपर्ने हो ।
कांग्रेस र नयाँ सरकार बचाउने हो भने कोइरालालाई उनको गलत निर्णय फिर्ता गर्न प्रधानमन्त्री माधवकुमार नेपाललगायतले सल्लाह दिनुपर्छ । कांग्रेसका अरु नेताले दबाव दिनुपर्छ । र, उनले पनि सच्याउनुपर्छ । सबैभन्दा राम्रो त यति भएपछि सुजाताले नै हठ छाड्नुपर्छ । नत्र सरकार चल्ने छैन, अराजकता अन्त्य हुने छैन ।  अस्थिरता र अराजकता झन् बढ्नेछ । र, इतिहास नेपाली कांग्रेसको आत्मघातको साक्षी बस्नेछ ।

Sunday, May 17, 2009

रमाइलो सास्ती


न्युजरुममा तन्देरीहरूका कुरा सुन्दै काम गर्न रमाइलो त हुन्छ उनीहरूसँगै जोतिन खोज्दा उमेर ढल्केको ज्यानलाई सास्ती पनि उत्तिकै हुने रहेछ । धान्न धौ धौ नै पर्ने ।
अन्नपूर्ण पोष्ट छाड्दा (२०६३ जेठ )सोचेको थिएँ अखबारमा कामचाहिँ अब गर्दिन । बाल अधिकारका क्षेत्रमा नै पूरै समय दिएँ करिब ३ वर्ष। स्वयंसेवीका रूपमा संलग्न संस्थामा काम गरेबापत पैसा लिनुहुन्न भन्ने आफैँले उभ्याएको पर्खाल नाघ्ने कुरा भएन । ठूला मध्ये गनिने युसेप र रगमार्क नेपालको संस्थाको अध्यक्ष भएर ठूलाठूला कुरा गरे पनि हातमुख जोर्न टाकनटुकन बनीबुतो गर्नैपर्ने । धन्न, साथीहरूको सहयोगले जागिर खाँदाजस्तै कमाइ भइरयो । केही नयाँ काम थालियो । कतै डोब छाडियो । कतै डुंगा भइयो । विपश्यनादेखि अयोध्यासम्म पुगेँ । जुम्लादेखि जर्मनीसम्म गएँ । नातिको साथी भएर बसेँ । 
एक प्रकारले फुक्का थियो दिनचर्या । अझ फुक्का हुने रहरले युसेप छाडेँ ।  रगमार्कको पदावधि सकियो । यत्तिकैमा कान्तिपुरका साथीहरूले नयाँ अखबार सुरु गर्ने समाचार सुने । कुन्नि किन तरुणहरूको हुलमा मिसिएर काम गर्ने रहर लाग्यो । नारायणजीलाई भने । दैनिकीमा पुगेपछि म पनि मिसिएँ । साथीहरू थपिए । अनलाइन सुरु भयो । झन् रमाइलो र रोमाञ्चक पनि । आधारातमा पनि समाचार/विचार अपलोड गर्ने जाँगर चल्ने । आफूले नसके साथीहरूसँग इमेल गुहार माग्ने । दैनिकीमा गाली पनि सबैभन्दा धेरै खाएँ । लेखको अर्थ नै नबुझी खनिए पाठकहरू । नयाँ विधाको अनुभव नमजा चाहिँ लागेन । अनि नेपाली अनलाइन पत्रकारिता ब्लग संस्कृतिबाट थालिएकाले त्यसैको सेरोफेरोमा रुमल्लिएको छ । पाठक पनि पत्रकार पनि । अखबार ब्लग होइन बुभ\mन - बुझाउन अझै सकिएको छैन । 
यस्तैमा पत्रकारको टोली नै नागरिकमा आयो । आधुनिक र उदार विचारको तर गम्भीर प्रस्तुति नागरिकको विशेषता बनाउने सल्लाह भएको छ । पाठकको भने चटपटे खोज्ने बानी छ । सम्पादकको अखबारलाई जीवनसँग जोड्ने चाहना छ । पाठकहरूको आआफ्नै अर्थ र अपेक्षा छ । यथार्थमा  अखबारलाई सम्पूर्ण पत्रिका बनाउन खोजिएको छ । र यो सबैलाई पत्रकार बनाउने प्रयास पनि हो । अभिव्यक्तिको अवसर उत्तरदायित्वको भारी पनि हो ।
वर्णाश्रम पछ्याउने हो भने त उमेरले घरबार छाड्ने बेला भएको हो । जागिर खाने धेरै दौँतरीले उहिल्यै पेन्सन पाइसके । आफूले यौवनको ऊर्जा खर्चेको राजनीतिमा नै पनि रमाएर बस्नेले कमाएकै देख्छु । खेतीपाती नै गरेर बसेको भए पुर्खौली जमिन बाँकी हुन्थ्यो । अब उमेर पुग्यो बसीबसी खान्छु भने पनि बेच्दै खाँदै गर्न केही वर्षपुग्थ्यो । केही वर्षो गर्जो र्टार्न सकेको भए भइहाल्थ्यो । सन्तान हुर्किइसके । पीर नमाने पनि पाप नलाग्ने र गाल नपर्ने भइसक्यो ।  नाम र दाम कमाउने रहर पनि छैन । दामको लोभ कहिल्यै लागेन । नामको भोक पनि नमेटिँदै टरेर गयो । यसैले यो सास्ती किन रमाइलो लागेको हो बुझेको छैन - र कुन दिन दिक्क लाग्ने हो त्यो पनि ठेगान छैन । 

भर नभएको राजनीति




भर नभएको राजनीति

सरकार गठनको टुंगो अझै लागेको छैन । नेपाली कांग्रेसको समर्थनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीका लागि प्रस्तुत गरिएको छ । उनका पक्षमा बहुमत जुटाउने प्रयास भइरहेको छ । मौसमभन्दा पनि भर पर्न नसकिने नेपालको राजनीतिबारे यसै भन्न त सकिन्न तर उनका पक्षमा बहुमत जुट्ने सम्भावना अझै बलियो नै छ ।
प्रधानमन्त्री हुने सम्भावना नेपालको भए पनि चर्काको केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नै देखिन पुगेका छन् । दाहालले कोइरालालाई लगाएको आरोप र गरेको गाली तथा कोइरालाका जवाफ सम्झने हो भने यी दुईबीच भेट र वार्ता त के जुनीभर बोलचाल हुँदैन होलाजस्तो लाग्थ्यो । तर राजनीति गर्नेहरूले जनतालाई सुनाउन एउटा कुरा र आफ्नो फाइदाका लागि अर्कै कुरा गर्दा रहेछन् । नेताहरू यस्तो दुई जीब्रे भएकाले नेपाली जनतालाई सधैँ धोका हुने गरेको छ । 
एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले नेपाललाई प्रधानमन्त्री हुन दिँदैन भन्ने र कांग्रेसले अर्को कुनै खेलका लागि नेपाललाई र्समर्थन गरेको हुनुपर्छभनेर ठान्ने धेरैले भने नेपाल यस पटक पनि प्रधानमन्त्री हुनेमा सन्देह गरेका छन् । एमालेभित्रै पनि नेपाललाई प्रधानमन्त्री बनाएर फेरि केन्द्रमा आउन दिने पक्षमा अध्यक्ष झलनाथ खनाल नै छैनन् भन्ने हल्ला छ । खनालको 'राष्ट्रिय सहमतिको सरकार’ मोह प्रकारान्तरले नेपाललाई तह लाउने उपाय पनि हुनसक्छ । कतै खनाल महाभारत युद्धका शल्यको भूमिकामा त छैनन् - 
मदेसी जनअधिकार फोरमको र्समर्थनमा माओवादीकै नेतृत्वमा अर्को सरकार गठन हुने अनुमान पनि गरिएको छ । अर्कातिर माओवादीको र्समर्थनमा फोरम वा अरू सकैको नेतृत्वमा सरकार गठन हुने अनुमान पनि छ । 
माओवादी र मदेसवादी मिले भने नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छैन भनेर भारत पनि पानीमाथि ओभानो हुन पाउनेछ । कांग्रेस र एमालेको 'सत्ताको साँचो’ पनि ढोका नखोल्दै भाँचिनेछ । भन्न त प्रधानमन्त्री दाहाललाई हटाउन मात्रै यो प्रपञ्च भएको हो, बाबुराम भट्टर्राईको नेतृत्वमा सबैलाई मिसाएर सरकार गठन हुन्छ भन्नेहरू पनि छन् । जेहोस्, मदेसवादी दलको सरकार बनाएर केही लिने अनि त्यसैलाई निहुँ बनाएर सरकार गिराउने खेल भारत र माओवादी मिलेर खेल्न सक्ने सन्देहमा पनि दम चाहिँ छ ।
माओवादीले भारतको विरोधमा चर्का कुरा गर्न थालेका छन् । राजनीतिमा अन्तरंग सम्बन्ध लुकाउन बढी गाली गर्ने चलन छ । चर्का भारत वा अमेरिका विरोधी देखिनेहरू नै तिनबाट बढी पोसिएका छन् । पञ्चहरूको भारत विरोध र भक्ति तथा भारतको पञ्चायतलाई सहयोग यसको साक्षी जो छ । माओवादी स्वयं पनि यसको उदाहरण हो ।
कोइराला र दाहाललाई नजिक बनाउनेहरू फेरि टेलिभिजनको पर्दा र अखबारका पानामा देखिन थालेका छन् । कांग्रेसमा कृष्णप्रसाद सिटौला र अमरेश सिंहहरूको सक्रियता र उपयोगिताको रहस्य खोतल्न खोज्नेहरू शंका गर्छन् - कतै रामवरण यादवलाई हटाएर राष्ट्रपति हुने कोइरालाको धोको पुर्‍याउने खेल त भइरहेको छैन - यादवलाई हटाउन त के छ र- माओवादीले आन्दोलन गरिरहेकै छ । निकास खोल्न राजीनामा गर भनेर कोइरालाले भने उनले आनाकानी  पनि नगर्लान् । मानेनन् भने संसद्मा प्रस्ताव लगे भयो । निकास खोल्न प्रयास गरेको जस पनि पाइने । 
माथिका कुनै पनि आशंका र तर्क सही नभए हुन्थ्यो । तर नेताहरूको अपारदर्शी व्यवहार र बोलीको कुनै ठेगान नभएकाले शंका गर्नु/हुनु अस्वाभाविक होइन । विशेषगरी कोइरालाका सर्न्दर्भमा पारदर्शिता अत्यन्त कम छ । उनको उमेर र स्वास्थ्यले धेरै सक्रिय हुन दिँदैन भने कोइराला राजनीतिमा सक्रिय नभएको भए बेस हुन्थ्यो । हुने नै हो भने उनले आफ्ना सबै कुरा पारदर्शी बनाउनुपर्छ। प्रत्येक भेटपछि लिखित जानकारी गराए हुन्छ । अहिले त उनलाई भेटेर आउनेले जे भने त्यही पत्याउनुपर्ने अवस्था छ । त्यसरी भेट्नेले आफ्ना कुरा त सत्य नै भन्लान् तर कोइरालाका धारणा त उनीहरूले आफ्नो अनुकूलजति मात्रै भन्छन् । रह्यो, कोइरालाका पार्टी  कार्यकर्ताले दिने जानकारी,  त्योपनि व्यक्तिपिच्छे बेग्लैबेग्लै हुन्छ । माओवादीका बारेमा सिटौला वा सिंहले बताउने कोइरालाका धारणा रामचन्द्र पौडेल वा रामशरण महतले बताउने भन्दा बेग्लै हुन्छन् । कसका कुरा पत्याउने- कोइरालाका आफ्ना कुरा ती सबैभन्दा बेग्लै पो छन् कि?
जेहोस्, नयाँ सरकार गठन नगरी त सुख छैन । अर्को सरकार पनि विफल भयो भने मुलुकमा अनिष्ट हुनसक्छ । माओवादी सरकार विफल हुनुको कारण उसैको काम गराइ हो । सामान्यतः कुनै व्यक्ति वा संस्था बाहिरी कारणले विफल हुँदैन । गर्नुपर्ने काम नगरी नगर्नु पर्ने काममा केन्द्रित भएकाले यो सरकार विफल भएको हो । आउने सरकार शान्ति प्रक्रिया र संविधान निर्माणमा केन्द्रित होस् । सेना समायोजन, सत्य निरोपण, विस्थापितको सम्पत्ति ससम्मान फिर्ता र बेपत्ता नागरिकको खोजी  गर्ने कार्यलाई प्राथमिकता दिएर शान्ति प्रक्रियाप्रति इमानदार हुनुपर्छ। संविधान निर्माणले प्राथमिकता पाउनुपर्छ। संविधानको मस्यौदादेखिनै सकेसम्म धेरै नेपालीका भनाइ सुन्ने र मान्ने अभ्यास भए नागरिकमा अपनत्व बढ्नेछ । अराजकता र दण्डहीनताको अन्त्य सरकारको पहिलो कर्तव्य हो । त्यो पूरा गर्नुपर्छ । 
सरकारले धर्म छाडेन भने धर्मले नै सरकारको रक्षा गर्ने छ । अनि विदेशी प्रभुलाई दूत पठाउन गुहार्न र बिन्ती बिसाउने मौका नदिएको भन्दै धारे हात लाउन पर्दैन ।
 साभार www.nagariknews.com

Monday, May 4, 2009

सबैले नकाम गरे

विधि कि सहमति
बालकृष्ण समको एउटा कथामा भनिएजस्तो हुन थाल्यो देशको अवस्था। परदेश गएको एउटा पात्र घरबाट आएको चिठीको अर्थ बुझ्दैन। मूलभन्दा टीका गाह्रो र टीकाभन्दा तेसको व्याख्या झन् गाह्रो भयो भन्ने गुनासो गर्छ । घरमा सबै अनर्थ मात्रै भएको हुन्छ। 
जेभयो सबै गलत भयो। माओवादीले 'नागरिक सर्वोच्चता'को नाम लिएर आफ्नो सर्वसत्तावाद लाद्ने निर्णय गरे।  अरू दलले लोकतन्त्रको नाम लिएर संसदीय लोकतन्त्रको मर्ममा प्रहार गर्न राष्ट्रपतिलाई उक्साए। राष्ट्रपतिले संविधानको रक्षा गर्न भन्दै त्यसैलाई संकटमा पारे। सबैले नकाम गरे।
सरकार, दलहरू वा राष्ट्रपतिमध्ये एकले मात्रै पनि बाटो र धर्म नछाडेको भए मुलुक आजको अवस्थामा आउने थिएन। अरूबाट त हैन राष्ट्रपतिबाट लोकतन्त्रको मर्यादा राखिने अपेक्षा थियो। राष्ट्रपति सरकारका सबै अंगका संरक्षक हुन् तर उनका सल्लाहकार राज्यका अंगहरू नै हुनुपर्छ। राष्ट्रपतिको प्रमुख सल्लाहकार प्रधानमन्त्री नै हुन्।
राष्ट्रपतिको पत्रको भाषा रकमी छ। कानुनविद्को मस्यौदा होला। पत्रमा दुई अनुच्छेद छन् र वाक्य पनि २ वटा नै छन्। पहिलो वाक्यमा के भन्न खोजिएको हो स्पष्ट नै बुझिदैन। अर्को अनुच्छेद वाक्य पनि स्पष्ट छैन। 'अलग'  लेख्नुपर्नेमा 'अलगत'  लेखिएको छ । पत्रको हैसियत के हो? राजनीतिक हो कि कानुनी? नेपालको अन्तरिम संविधान, २०६३ को कुन धाराको उल्लंघन भयो र कुन धाराले राष्ट्रपतिलाई यो पत्र लेख्ने अधिकार दियो भन्ने पत्रबाट देखिँदैन। तजबिजमा केही गर्ने अधिकार त राष्ट्रपतिलाई अवश्य पनि छैन। ज्ञानेन्द्रले धारा १२७ को व्याख्या गरेकैजस्तो भयो। राष्ट्रपतिको यस गल्तीले माओवादीका सबै अपराध छोपिने भए। 
शासन सहमतिमा हैन विधिअनुसार हुनुपर्छ। प्रधान सेनापति हटाउन दलहरूबीच सहमति भए मिल्ने र सहमति नभएकाले नमिल्ने अर्थ उनको पत्रमा छ। सबैभन्दा मूल गल्ती नै यस प्रकरणमा यही हो। कानुनसम्मत भए सहमति नभए पनि हटाउन हुन्छ। र कानुनविपरीत भए राज्यका सबैले भने पनि हटाउन हुँदैन। राष्ट्रपतिको धर्म सबै सहमति भए असंवैधानिक काम पनि गर्न दिने त हैन होला। 
आशा गरौँ, केही समयपछि स्थिति शान्त होला। कुनै न कुनै निकास निस्कला। संविधान र लोकतन्त्रसम्मत। त्यति बेला पनि यही सहमति भट्ट्याउने मूर्खता नहोस्। विधिको शासनमात्र लोकतान्त्रिक हुन्छ। सहमतिको, प्रधानमन्त्रीको वा राष्ट्रपतिको हैन विधिको शासन कायम हुनुपर्छ। माओवादीको संयमको परीक्षा हो यो। उनीहरूको नियत सर्वसत्तावाद लाद्ने हैन भने धेरै उतर्सिनु आवश्यक छैन। शासनको सबै पक्षमा विफल माओवादीका लागि खारिने मौका हो पो दियो समयले। अब कमल थापाको संगत र भरमा सरकार चलाउने मूर्खता नगर्नु। किनबेचको वामदेव सूत्रको पछि नलागे माओवादीको सहयोगबिना संविधान बन्न त परैजाओस् सरकार पनि चल्दैन। 
अर्को पटक पनि लोकतन्त्रको लागि आन्दोलन गर्नैपर्ने भयो। सम्भवतः गिरिजाबाबुकै जीवनकालमा। यो उनको सबैभन्दा ठूलो विफलता हो।

Sunday, May 3, 2009

भागेर शान्ति भेटिन्न त !




भागेर शान्ति भेटिन्न त !
वातावरण विज्ञान तथा प्रविधि मन्त्री गणेश साहले केही दिन पहिले नै फेसबुकमार्पुत् १ मेका दिन वागमती सरसफाइ कार्यक्रममा भाग लिन सार्वजनिक आग्रह गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल सहभागी हुने सूचना उनले सगर्व गरेका थिए । माओवादीले १ मेका दिन ठूलो जुलुस निकाल्ने हल्ला केही दिनदेखि चलेको थियो । जुलुसपछिको कार्यक्रममा प्रधानमन्त्री कमरेड प्रचण्ड प्रमुख वक्ता हुने व्यापक प्रचार गरिएको थियो । 

दुवै कार्यक्रम भए तर प्रमुख अतिथि भनिएका प्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल प्रचण्ड भने उपस्थित भएनन् । उनी पुगेछन् - लप्सी फेदी देउरालीस्थित वाइल्ड लाइफ रिसोर्टमा । दलबलसहित । माओवादी लडाकुका कमान्डरहरुसहितको ६० जनाको हुल लिएर शान्ति खोज्न । उनीसँग नन्दकिशोर पुन र चन्द्रदेव खनाल रहेछन् । दाहालका पत्नी र छोरा त हुने नै भए । 

केही दिन पहिले संवैधानिक परिषद्को बैठक छाडेर वरिष्ठ मन्त्रीहरुको दलबलसहित दाहाल डकुमेन्ट्री हेर्न गएका थिए । त्यति बेला महत्वपूर्ण काम छाडेर समय खेर फालेकोमा उनको आलोचना भएको थियो । हुनत यस्ता आलोचनाले उनलाई छुँदैन । छुने भए प्रधानमन्त्री निवासका छिमेकीको गुनासो पनि उनले सुन्थे नि । प्रधानमन्त्री निवासमा बालिएको फोहोरको धुवाँले वरपर बसिनसक्नु भएको गुनासो छिमेकीहरुले एक जना सांसद मार्पुत गरेका रहेछन् र सांसदले धुवाँको मुस्लाको तस्बिरसहित प्रधानमन्त्रीलाई त्यसको जानकारी पनि दिएका थिए रे । फोहोर बाल्दा निस्केको धुवाले दमका रोगीले ज्यान जान सक्छ । तर अरुको ज्यानको माया भए त पुष्पकमल दाहाल प्रचण्ड हुनै सक्ने थिएनन् ।

यति नै बेला बाराको परवानीपुरदेखि अमलेखगन्जसम्मका वासिन्दा दिनभर बन्द र रातभर कर्पुयुको मारमा परेका छन् । कति बेला कामकाज गर्ने कुनबेला किनमेल गर्ने अरु त अरु बिरामी परे ओखतीमुलो कसरी गर्ने सरकार छ छैन उनीहरुलाई थाहा छैन । थाहा भए नै पनि काम छैन । कारण सरकारले जनताको कष्ट थप्नेबाहेक अरु काम गरेको अहिलेसम्म जनताले थाहा पाएका छैनन् । उता अनि तिनै जनताले दिएको मतबाट सत्तामा पुगेका पुष्पकमल दाहालचाहिँ ६० जनाको हुल लिएर रिसोर्टमा जान्छन् शान्ति खोज्न । कस्तो विडम्बना !

प्रधानमन्त्री दाहाल निकै तनावमा छन् रे । उनको गुनासो छ नागरिक सर्वोच्चता कायम गर्न प्रधान सेनापति हटाउन खोज्दा सबैले असहयोग गरे । अरु त अरु सत्ताका साझेदारसमेत सहमत भएनन्। उनलाई सरकारका सहयोगीले असहयोग गरे । प्रमुख विपक्षीले त झन् कामै गर्न दिएन । त्यसमाथि विदेशी शक्तिले आन्तरिक मामिलामा हस्तक्षेप गरेर थप दबाव दिए । यति धेरै दबाव परेपछि तनावमा हुनु स्वाभाविकै हो । तर त्यो तनाव उनको आपुनै आर्जन हो । यसैले कम्तीमा दाहालले गुनासो गर्ने ठाउँ छैन ।

राम्रो काम गरे तनाव हैन शान्ति हुन्छ । कर्णालीका भोकमरी पीडितलाई खाद्यान्नको बन्दोबस्त मिलाउन ध्यान दिएको भए सन्तोष हुन्थ्यो होला । रामहरि श्रेष्ठदेखि प्रचण्ड थैवसम्मका राजनीतिक कार्यकर्ता वीरेन्द्र साहदेखि उमा सिंहसम्म साचारकर्मीका हत्यारालाई न्यायको कठघरामा उभ्याएको भए मनमा केही त गरेँ भन्ने हुने थियो । मनमा यसै शान्ति हुने थियो । 

कांग्रेसमा फुट पार्नका लागि लगाएको समय र गरेको परिश्रम घरजग्गा फिर्ता गर्नमा लगाएको भए शिर ठाडो पार्ने ठाउँ हुने थियो । नेपालका प्रधानमनत्रीलाई संसारकै सबैभन्दा बढी ढँटुवा भन्ने कसैको आँट हुने थिएन । सुजातालाई सरकारमा ल्याउँदैमा कांग्रेस चूप लाग्छ भन्ने ठानेको हो भने प्रधानमन्त्री दाहाल परेर पनि नचेत्ने मूर्खको कोटीमा दरिने छन् । एमाले र फोरमले कुन पो साथ दिएको छ र विधिको शासन कायम भएमा कांग्रेसले चुँ गर्न सक्ने छैन ।

प्रधान सेनापति प्रकरण त सरकारले नै नपाकेको घाउ कोट्ट्याई कोट्ट्याई पल्टाएको सैन हो । आफैँले रचेको चक्रब्यूहमा माओवादी फसेको मात्रै हो । प्रतिपक्षी वा विदेशीलाई सरकारले नै विरोध र हस्तक्षेपको मौका दिएको हो । पहिलो त अहिले कटवालालाई कटाएर कुनै लंका जितिनेवाला थिएन । प्रधान सेनापति हटाउने सरकारको अधिकारको छ भने विपक्षीको सहमति किन चाहियो कुन ऐनमा लेखेको छ र प्रधान सेनापतिमाथि कारबाही गर्दा विपक्षीको सहमति लिनुपर्छ भनेर काम गर्ने ढंग बुद्धि र हुति चाहियो त नि । 

महंगीले बढेको छ । यसलाई नियन्त्रण गर्ने वित्तीय र अन्य उपाय अपनाए जनताले जयजयकार गर्नेछन् । लोडसेिडंग घटाए सबैले धन्य भन्ने छन् । माओवादीले विद्रोहकालमा भत्काएका कर्णालीका विभिन्न जिल्लाका झोलुंगे पुल माओवादी कार्यकर्ता नै लगाएर मर्मत गरिदिए कति राम्रो काम हुन्थ्यो । बाटो पाउनेले कति गुन मान्ने थिए 

स्वास्थ्य चौकीका लागि किनिएको औषधि कम स्तरको परेछ । कमिसन खानेलाई कारबाही गरेर गुणस्तरको औषधि दिनसके सबैले सराहना गर्नेछन् । पाठ्य पुस्तक बेलैमा पठाइदिए बालबालिका खुसी भएर प्रचण्ड अंकल जिन्दावाद भन्नेछन् । माओवादी लुटेको सम्पत्ति फिर्ता गरे उठीवास लागेका निरिह विस्थापितले जय मनाउने छन् । बाल सैनिकलाई मुक्त गरेर त हेर संसारभरका बालअधिकारवादीले स्यावास् भन्नेछन् । अन्तर्राष्ट्रिय सम्मान टक्य्राउने छन् ।

आपुनो र राष्ट्रको मर्यादा ख्यालै नगरी राजदूतहरुलाई जहिले पनि भेट्ने नगरेको भए तिनले हस्तक्षेप गर्ने आँट गर्थे र लोकतान्त्रिक मूल्य र प्रकि्रया खलबलिन नदिएमा मानव अधिकारको सम्मान गरेमा विदेशीले बोल्ने बाटै पाउने छैनन् । अनि के भनेर दिने दबाव ।

जनताको भलो गरे मनमा शान्ति हुन्छ । यसैले राम्रा काम गर । शान्ति खोज्न रिसोर्टमा जान पर्दैन । पुष्पकमल 
दाहालले अवसर पाएका छन् - आफूलाई नमिटाई सुख पाउने