Showing posts with label हामी पनी छलफल गर्ने हो की ?. Show all posts
Showing posts with label हामी पनी छलफल गर्ने हो की ?. Show all posts
Friday, November 7, 2008
समानान्तर - २
सेना समायोजनको विवाद र ओभेmलमा पारिएको विष्ायनेपाली सेना र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को ‘जनमुत्तmि सेना’को समायोजनको विष्ाय निकै लामो समयदेखि विवाद र बहसको विष्ाय बने पनि मानव अधिकार र मानवीय द ृष्टिकोण्ाबाट महत्वपूर्ण्ा विष्ायहरू ओभेmलमा पारिएका छन् । राष्टि्रय तथा अन्तर्राष्टि्रय मानव अधिकार समुदायसमेत माओवादी लडाकुका शिविरमा राखिएका र संयुत्तm राष्ट्र संघीय मिसनåारा प्रमाण्ाीकरण्ा भइसकेका बालसैनिकहरूको तत्काल मुत्तmि र पुन:स्थापनाको विष्ायलार्इ प्राथमिकताका साथ उठाउन तथा माओवादी लडाकुहरूमध्ये ‘ मानव अधिकारको गम्भीर उल्लंघन’ मा संलग्न भएकाहरूलार्इ सेनामा समावेश गर्न नहुने अडान राख्न नरुचाएको देखियो । राजनीतिक रूपमा प्रशिक्ष्ाित माओवादी ‘छापामार’ लार्इ राष्टि्रय सेनामा समावेश गर्न नसकिने धारण्ाादेखि ‘जन मुत्तmि सेना’लार्इ समाहित गरेर मात्र नेपाली सेना राष्टि्रय सेना बन्नसक्ने सम्मका अतिवादी धारण्ााहरू अभिव्यत्तm भएका छन् । आपूmले सरकारको नेत ृत्व गरेका बेलामा टुंग्याउनु पनर्े विष्ायहरू थाती राख्ने र अहिले अडंगो थाप्ने प्रव ृत्त िपूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायतका नेपाली कांग्रेसका नेताहरूले देखाएका छन् भने माओवादी नेताहरू आप्mनो हात माथि परेको दम्भ पालेर ‘ मेरो गोरुको बाह्रै टक्का ’ भन्न थालेका छन् । यसैबीच प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)को भनाइ भन्दै परराष्ट्र मन्त्री उपेन्द्र यादवले ‘ प्रधानमन्त्री सेना समायोजनको पक्ष्ामा छैनन्’ भन्ने सार्वजनिक अभिव्यत्तmि दिएका छन् । रक्ष्ाा मन्त्री रामबहादुर थापा (बादल)ले माओवादी लडाकुसबैलार्इ सोभैm लगेर नेपाली सेनामा भर्ती गरिदिने भन्ने अर्थ आउने धारण्ाा व्यत्तm गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मौकाअनुसारको स्पष्टीकरण्ा दिने गरेका छन् भने प्रधान सेनापतिले समायोजनको प्रश्न राजनीतक विष्ाय भएको स्वीकार गर्न थालेका छन् । श्यामसुन्दर गुप्तालेसमेत माओवादी लडाकुलार्इ नेपाली सेनामा समायोजन गरिए विद्रोह हुने चेतावनी दिएका छन् । यस प्रसंगमा भन्न त धेरै जनाले धेरै कुरा भनेका छन् तर अरूको भनाइलार्इ महत्व दिनु आवश्यक छैन । दु:खको कुरा अन्तर्राष्टि्रय समुदायमा कलंक मानिने ‘बाल सैनिक’ र ‘दण्डहीनता’का सम्बन्धमा यी कसैले पनि केही बोलेका छैनन् । सम्भवत: उनीहरूले यी विष्ायलार्इ महत्वहीन ठानेका छन् । नेपाल बाल सैनिक भएका मुलुकका रूपमा संयुत्तm राष्ट्र संघको सूचीमा रहेको छ । यसैगरी अन्तर्राष्टि्रय समुदायले नेपाललार्इ दण्डहीनताको संस्क ृति भएको मुलुक ठान्ने गरेको छ । निश्चय पनि यस्तो परिचय कुनै पनि सभ्य मुलुकका नागरिकका लागि पि्रय हुँदैन । त्यति मात्र हैन यी दुबै चिनारी मानव अधिकार उल्लंघनका चरमअवस्थाको परिचायक पनि हुन् । अर्थात् सभ्य समाज र राष्ट्रका लागि यो लाजमर्दो र आपत्तजिनक अवस्था हो । अहिलेसम्म कुनै राजनीतिक नेताहरूले पनि सेना समायोजनको प्रसंगमा बाल सैनिक र मानवताविरोधी अपराधीका विष्ायमा चर्चा नै नगनर्ुले नेपाली राजनीतिकर्मीहरूको बौद्धिक स्तर र संवेदनशीलताको पनि पोल खोलेको छ ।माओवादी लडाकुलार्इ सेनामा समायोजन गर्न हुँदैन भन्नेहरूले ‘छापामारहरू’ निश्चित राजनीतिक सिद्धान्तप्रति प्रतिबद्ध भएको निहुँ बनाएका छन् । सेनामा प्रवेश गरेपछि दलगत राजनीतिक संलग्नताबाट माथि उठ्नुपर्छ भन्नुको अर्थ सेनामा भर्ती हुने बेलामा राजनीतिक संलग्नताविहीन हुनुपर्छ भन्ने किमार्थ होइन । राजनीतिक भुmकाव नै नभएको सेनामा भर्ती हुने उमेरमा पुगेका नेपाली युवा भेटिने सम्भावना बिरलै होला । यसैले माओवादी लडाकु भएकै आधारमा उनीहरूलार्इ सेनामा प्रवेश गर्नबाट छेक्न खोज्नु न्यायोचित हुँदैन । त्यस्तै माओवादी लडाकु भएकै मात्र आधारमा सेनामा भर्ती हुन पाउनु पर्छ भन्नु पनि न्यायपूर्ण्ा हुँदैन । सेनाका निश्चित मापदण्ड पूरा गनर्ेहरूलार्इ भर्ती हुने अवसर दिइनुपर्छ । साथै छलफल गनर्ुपनर्े अर्को विष्ाय माओवादी लडाकुहरूको व्यवस्थापनका लागि अपनाइने रण्ानीति पनि हो । माओवादी नेताहरूले भन्ने गरेको ‘ सुरक्ष्ाा क्ष्ोत्र सुधार ( ssr)’ को शैली अपनाउने हो कि सशस्त्र विद्रोहीहरूको व्यवस्थापनका लागि धेरैजसो प्रयोग गनर्े गरिएको ‘निशस्त्रीकरण्ा, पुनस्र्थापन र पुनर्मिलन (drr) शैली अपनाउने हो ? नेपालका सन्दर्भमा यी दुवै शैली अपनाउनु पनर्े हुन्छ । विशेष्ागरी बाल सैनिकहरूका सन्दर्भमा त निशस्त्रीकरण्ापछि पुनस्र्थापन र पुनर्मिलन (drr) कार्यत्रmम सञ्चालन गर्नैपनर्े हुन्छ । सुरक्ष्ाा क्ष्ोत्र सुधार गरेर सेना समायोजन गनर्े हो त्यस विष्ायमा व्यापक छलफल हुनु आवश्यक छ । साथै नयाँ संविधान लेखनका त्रmममा रहेको अवस्थामा दूरगामी प्रभावका निर्ण्ायहरू गनर्े कि नगनर्े भन्ने विष्ायमा पनि छलफल हुनु आवश्यक छ । दूरगामी प्रक ृतिको निर्ण्ाय नगनर्े भन्नुको अर्थ शिविरमा रहेका माओवादी लडाकुलार्इ अलपत्र पारिराख्नु हुन्छ भन्ने होइन । यी अत्यन्त असहज परिस्थितिमा रहेका यी युवाको धैर्यको सराहना गर्दै अब सकेसम्म चाँडै अनिश्चितताको अन्त्य गनर्ुपर्छ । यसका लागि सबैभन्दा पहिले मुलुकलार्इ बाल सैनिकको कलंकबाट मुत्तm गनर्ुपर्छ । अनि नयाँ नेपालमा दण्डहीनता मौलाउने छैन भन्ने सन्देश संसारलार्इ दिनका लागि मानवताविरोधी जघन्य अपराधमा संलग्न भएकाहरूलार्इ सेनामा भर्ती नगनर्े घोष्ाण्ाा हुनुपर्छ । त्यसपछि कुनै आग्रह र पूर्वाग्रह नराखी योग्यताका आधारमा माओवादी लडाकुहरूलार्इ सुरक्ष्ाा निकाय र अन्य क्ष्ोत्रमा उनीहरूको इच्छा र उपयुत्तmताअनुरूप रोजगारी दिनुपर्छ । व्यत्तmि नागरिक र राष्ट्रको हित र स्वार्थले राजनीतिक नेता वा दल विशेष्ाको स्वार्थभन्दा महत्व दिने हो भने सत्ता वा प्रतिपक्ष्ाले यसलार्इ मञ्जुर नगनर्ुपनर्े कारण्ा देखिंदैन ।
Subscribe to:
Posts (Atom)