Showing posts with label कतिन्जेल बोक्ने बखतले यो भारी ?. Show all posts
Showing posts with label कतिन्जेल बोक्ने बखतले यो भारी ?. Show all posts

Monday, November 17, 2008

समानान्तर - ७ बखतको भारीमा समाजको बोझ

बखतको भारीमा समाजको बोझ
बालक बखत विश्वकर्मा नेपालमा बाल श्रमको अवस्था र त्यसका प्रति राज्य तथा समाजमा देखिने उदासिनताको सजीव पात्र हुन् । विद्यालयको कक्षा कोठा वा खेलको चौरमा भेटिनु पर्ने बखत आफूभन्दा गरुंगो भारी बोक्दै गरेको भेटिए । त्यसमाथि अर्को विडम्बना, त्यो भारीसँग बाल अधिकारको निगरानीकर्ता संयुक्त राष्ट्र बाल कोषको सम्बन्ध देखियो । अचम्म लाग्छ ∕ त्यति कडा र स्पष्ट बाल संरक्षण नीति भएको युनिसेफको चुक कहाँ भयो - युनिसेफका कर्मचारीले गल्ती गरे - साझेदार संस्थाका पदाधिकारीले गल्ती गरे - वा ठेकेदारका हातबाट यो जघन्य अपराध भयो - जे भए पनि युनिसेफ कुनै न कुनै रूपमा मुछिएको त छ । यो कलंक उसले धुनै पर्छ ।
समाचारलाई युनिसेफ ले गम्भीरतापूर्वक लिएको देखियो । युनिसेफका नेपाल प्रतिनिधि जिलियन मेल्सप को कान्तिपुरमा छापिएको पत्रमा छानबिन थालिएको उल्लेख गरिएको छ । युनिसेफको छानबिन नेपालको सरकारी छानबिनजस्तो नहोस् । दोषी पहिल्याउने र उसलाई सजाय दिने काम होस् । अहिलेको आलोचना र्टार्न मात्र छानबिन गर्ने भनिएको हो भने त्यो सबैको दूर्भाग्य हुनेछ ।
बखतलाई भारी बोकाउने त दोषी हो नै उनलाई त्यसरी भारी बोकेर छाक टारर््र्नु पर्ने अवस्था सिर्जना गर्ने राज्य झन् बढी दोषी हो । बाल अधिकार बखतका लागि पनि हो भने त्यो परिपूर्ति गर्ने दायित्ववाला पनि कोही त हुनुपर्‍यो । उनको परिवारको त बाबुलाई मारेर माओवादीले नै बिचल्ली बनाएको रहेछ । राज्यले पनि उनलाई हेरेन । यसैले युनिसेफले बखतको उद्धार र पुनःस्थापनाका लागि राज्य र अरू सरोकारवालालाई घचघच्याउनै पर्छ । ( तै ! तै! बखतलाई पढाउने केही बन्दोबस्त मिलाउन सकिंदैन- प्रयास गरिहेर्ने हो कि - )
बखतले बोकेको भारीको बोझले त प्रधानमन्त्री पुष्पकमल दाहालको थाप्लो थिचिनुपर्ने हो । सबा लाखको पलंगमा पल्टे पनि उनलाई निद्रा नलाग्नु पर्ने हो । अरू बाल अधिकारवादी संस्था र व्यक्तिहरूलाई पनि लाज त लाग्नैपर्ने हो । कारण दायित्ववाला त सरकारका साथै अरू पनि हुन् नि ! युनिसेफको छानबिनको अनुगमन सञ्चार माध्यमले पनि गरिरहनुपर्छ । ' सिंह, हात्ती वा बाघको छोरा हैन बाख्राको छोरा बली दिने' हाम्रो प्रथाको सिको कहिं युनिसेफबाट पनि नहोस् ।
प्रमाणका रूपमा जिलियन मेल्सपको पत्र पनि सारेको छु ।
छानबिन थालियो
यही कात्तिक ३० गतेको अंकमा अछाम जिल्लाको चाल्सा गाविसका ११ वषर्ीय कामदार बालक बखत विश्वकर्माका बारेमा समाचार प्रकाशन गर्नुभएकोमा नेपालस्थित युनिसेफ धन्यवाद व्यक्त गर्न चाहन्छ । सम्पर्ूण्ा नेपाली बालबालिकाहरूका लागि एकमात्र र सर्वोत्तम विकल्पका रूपमा विद्यालय रहेको अवस्थामा कुनै पनि बालकले श्रम गर्नुपर्ने कुरा स्पष्ट रूपमा स्वीकार गर्न नसकिने विषय हो । नया" नेपालमा यस्ता प्रचलनहरूको अन्त्य गर्नका लागि बालबालिकाहरूको गलत प्रयोग भएका अथवा तिनलाई दुरुपयोग गरिएका यस्ता घटनालाई प्रकाशमा ल्याउन सम्भव सम्पर्ूण्ा प्रयासहरू गर्न सरकार, स्थानीय निकाय, सञ्चार माध्यम, गैरसरकारी संगठन, अभिभावक तथा बालबालिकालगायत सम्पर्ूण्ा पक्षलाई हामी पुनः आह्वान गर्दछौंं ।
मुलुकमा बाल अधिकारका सम्बन्धमा हामी कति र्सतर्क रहनर्ुपर्छ र बाल अधिकारलाई समग्र रूपमा कसरी हर्ेर्नुपर्छ भन्ने महत्त्वपर्ूण्ा सवाल यहा"को पत्रिकामा प्रकाशित विवरणले प्रकाश पारेको छ । यसरी बालबालिकाहरूको शिक्षाको अधिकारमा सहयोग पुर्‍याउनका लागि सञ्चालित कुनै क्रियाकलापले अरू बालबालिकाहरूको संरक्षण प्राप्त गर्ने, खेल्ने र सहज रूपमा बालापनमा रम्न पाउने अधिकारहरूमा नकारात्मक प्रभाव पार्नु हु"दैन ।
हामीले यस परिस्थितिलाई गम्भीर रूपमा लिएका छौंं र हाम्रा जिल्लाका कर्मचारीहरूले युनिसेफले चाल्सा गाविसमा वितरण गर्नका लागि बालमैत्री शैक्षिक सामग्री उपलब्ध गराएको अछामस्थित जिल्ला शिक्षा कार्यालय, जिल्लाका साझेदार तथा सरोकारवालाहरूस"ग बखत विश्वकर्माले युनिसेफका सामग्री बोकेर लैजा"दै गरेकोबारे छानबिन गर्न थालिसकेका छन् । बाल श्रमको लेसमात्र पनि हामीलाई सह्य छैन भन्ने कुराप्रति युनिसेफका कर्मचारी र हाम्रा साझेदार पर्ूण्ा रूपमा र्सतर्क रहनुपर्ने आवश्यकतामाथि पनि म जोड दिन चाहन्छु । नेपालमा बाल अधिकारको हनन सम्बन्धी र्सतर्कताका लागि यहा"को पत्रिकाप्रति पुनः एकपटक हामी धन्यवाद ज्ञापन गर्दछौं ।
- जिलियन मेल्सप
युनिसेफ प्रतिनिधि, नेपाल