Tuesday, March 12, 2013

नैतिकताको प्रश्न



महाभारतका पात्र अश्वत्थामा टाउकामा सैन पल्टेको घाउ बोकेर बाँच्न अभीशप्त चीरञ्जीवी हुन्। उनले दुईपल्ट शक्तिको दुरुपयोग गरेका छन्। द्रोणाचार्यको बधपछि नारायणास्त्र प्रहार गरेर र पाण्डव शिविरमा राति आक्रमण गरेर भाग्दा समातिएपछि ब्रह्मास्त्र प्रयोग गरेर। अश्त्र प्रयोग अपराध होइन तर त्यसलाई समन गर्न नसक्नु वा नचाहनु  अनुचित थियो। त्यसैले उनलाई शिरमा सैन पल्टेको घाउको पीडा सहेर बाँच्न श्राप दिइएको थियो। पहिलोपटक पीता द्रोणाचार्यलाई कपट गरेर मारेकाले उनले धृष्टद्युम्नमाथि नारायणास्त्र प्रहार गरेका थिए। कृष्णले नारायणास्त्रको सम्मानमा सबैलाई अश्त्र त्याग गर्न लगाएर त्यसलाई निरस्त पारिदिए। दोस्रोपटक अश्वत्थामाले ब्रह्मास्त्रलाई फिर्ता नलिई अभिमन्यु पत्नी उत्तराको गर्भमाथि प्रहार गरिदिए। यो अपराध अक्षयम्य मानियो र उनलाई श्राप दिइएको थियो। अश्वत्थामाले ब्रह्मास्त्र प्रयोग गरेजस्तै अर्जुनले पाशुपतास्त्र प्रयोग गरेका थिए। तर, उनले मुनिहरूको आग्रहमा अस्त्र फिर्ता लिएर आफैँ साम्य पारे। श्रापबाट बाँचे। शक्ति हुनेसँग विवेक भएन भने अरूको मात्र हैन स्वयं उसैको पनि भलो हुँदैन। त्यही विवेक पहिले धर्मका रूपमा स्थापित थियो। अचेल नैतिकता भनिन्छ।
यसैले नैतिकता व्यक्तिको नितान्त वैयक्तिक विषय हो। प्रधान न्यायाधीश खिलराज रेग्मीले सर्वोच्च अदालतमा विचाराधीन एउटा मुद्दाका सम्बन्धित पक्षसँग भेटेर आचारसंहिता उल्लंघन गरेको गम्भीर आरोप पूर्वप्रधान न्यायाधीशलगायतले लगाएका छन्। त्यसो त रेग्मीले प्रधान न्यायाधीशको पद छाड्न मन थिएन भने सरकारको नेतृत्व गर्न पनि नमान्नुपर्ने थियो। मुलुकलाई निकास दिने न्यायपालिकाको तत्परता निर्वाचन परिषद्को प्रमुख बनेर पनि प्रकट गर्न सकिन्थ्यो। तर, उनलाई प्रधान न्यायाधीशको पद लिएनमा राखेर प्रधानमन्त्री हुन मन लाग्यो। निष्पक्ष चुनाव हुनसके अहिलेका धेरै राजनीतिक समस्या समाधान हुने विश्वासमा उनकै सर्त मान्न पनि मुलुक तयार देखिएको हो। नागरिक समाजका केही अगुवाहरू प्रधान न्यायाधीशको 'असंवैधानिक' तत्परताका विरुद्ध देखिएका छन्। संविधानवादका दृष्टिमा तिनको विरोध उचित पनि छ। तर, राजनीतिक समाधान सधैँ संविधानभित्रै पाइँदो रहेनछ। त्यसमाथि विवादको एउटा सशक्त पक्षले नियम कहिल्यै नमानेपछि विधिलाई पन्छाएर नीतिको पछि लाग्नुपर्छ। अर्थात्, राजनीतिक दृष्टिबाट हेर्दा रेग्मीको तत्परता अनुचित देखिन्न।
तर, नैतिकताको प्रश्न भने बाँकी नै हुन्छ। प्रधान न्यायाधीशका रूपमा उनले आर्जन गरेको प्रतिष्ठा सर्वोच्च अदालतको गरिमासँग गाँसिएको छ। बालुवा हुन खोजे उनको पनि भलो हुँदैन। बालुवामा आङ्ग134नो तातो हुँदैन। घाम लागे घामभन्दा चर्को पोल्ने गरी तात्छ तर ओझेल पर्नेबित्तिकै सेलाइहाल्छ। नैतिक गरिमा जोगाउन सके रेग्मीको शक्ति बाँकी रहन्छ। न्यायाधीशकै धर्म पालना गरेनन् भने न्यायालयको कबचले उनलाई रक्षा गर्न सत्तै्कन। अश्वत्थामा हुने कि नहुने भन्ने रोजाइ अरूको नभएर रेग्मीकै हो। शकुनि र शल्यका अवतार प्रमुख दलका नेताहरूको सल्लाहमा बहकिँदै गएर राष्ट्रपति रामवरण यादवले भने कृष्ण नहुन रोजेको भान पर्न थालेको छ। हामीले त पर्खने र हेर्ने न हो !

No comments:

Post a Comment